NP EN

​विकास निर्माणमा भएका कानुनी जटिलता खुकुलो पारिन्छ : प्रम ओली

काठमाण्डौ,१२ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताउनुभएको छ । ‘सरकारी कार्यलयका टेवलैपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुन्छ’  आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधरणका काममा ढिलाइ गरेछन् भने त्यसमा पनि उचित छानविन हुन्छ ।’

‘कमिशनखोरीका भरमा लाइसेन्स दिने, लिने,समयमा काम नसक्ने र विना कारण म्याद थप्ने थपाउनेलाई तत्काल कार्यवाही हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शुन्य सहनशिलताको नीति लिने बताउनु भएको छ । ‘सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुदैन । त्यसकारण स्थीर सरकारको अनुभुत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।’

 उद्योग वाणिज्य महासंघसंग सरकार सहकार्य गरेर अघि बढ्न  सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।  ‘उद्यमी व्यावशायीसँग मिलेर देश बनाउन सरकार तयार छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सरकारबाट पाउनसक्ने सहजता तपाईंहरुले पाउनु हुन्छ । विना सर्त मुलुक निर्माणमा सबै जुटौं ।’

 प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्याशायीहरुलाई आग्रह गर्नुभएको छ । नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै देशमा पनि नेपाली सामानको माग उच्च हुने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई महासंघकी अध्यक्ष राणा लगायत पदाधिकारीहरुले पुष्प गुच्छा दिएर बधाई ज्ञापन गरेका थिए । 

यसैगरी आजै बालुवाटारमा आयोजित कार्यक्रममा गैह्र आवासीय नेपाली संघ(एनआरएनए)को बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलाइ समृद्ध र नेपालीलाई सुखी बनाउने बाहेक आफ्नो अरु कुनै उद्धेश्य नरहेको स्पष्ट पार्नु भएको छ । ‘जनताको विश्वासलाई सार्थक बनाउने मेरो  एक मात्र उद्धेश्य हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘देश विकासका लागि गैह्र आवासीय नेपालीको भुमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।’

प्रधानमन्त्रीको प्रस्तावमा आफुहरु सकारात्मक रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले बताउनुभयो । 

 

सम्बन्धित