NP EN

प्रधानमन्त्री ओलीलाई जन्मोत्सवको शुभकामना

काठमाण्डौ ,११ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मोत्सवमा पार्टी स्थायी समितिले आज शुभकामना व्यक्त गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा पार्टीका तर्फबाट ‘वर्थ डे केक’ काटेर कार्यलय सचिब कृष्ण गोपाल श्रेष्ठले प्रधानमन्त्री ओलीलाई खुवाउनु भएको थियो । 

यसैगरी प्रधानमन्त्री ओलीको सुस्वास्थ्य,दीर्घायुको कामना गर्दै बरिष्ठ नेता माधव कुमार नेपालले फूलको बुकी प्रदान गर्नुभएको छ । यसैगरी उपमहासचिब विष्णु पौडेल,प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोख्रेल लगायतले पनि फूलको बुकी प्रदान गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीलाई  चीन र भारतका राजदुतहरुले पनि  जन्मदिनको अवसरमा बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको आठराई इवामा जन्मनु भएको थियो ।

यसैगरी साँझ बालुवाटारमा आयोजित कार्यक्रममा साँसदहरु,मूखय सचिब,विभिन्न मन्त्रालयका सचिब,प्रहरीका उच्च अधिकारी लगायतले शुभकामना वयक्त गरेका थिए । यूवा संघ नेपाल,अनेरास्ववियू,प्रेस चौतारी नेपाल,अनेम संघ, झापा काठमाण्डौ सम्पर्क मञ्च,विभिन्न कलाकार सम्बद्ध संघसंस्था,सर्वसाधरणले पनि प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । 

यसैगरी जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओली र श्रीमती राधिका शाक्यले बालुवाटार परिसरमा बोधचित्त र रुद्राक्षको विरुवा रोपण गर्नुभएको छ ।

















सम्बन्धित