NP EN

अबको नेपालमा भ्रष्टाचारमा भनसुन चल्दैन



काठमाण्डौ ८ फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण  वर्तमान सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । ‘सरकार भ्रष्टाचार निर्मूल गर्न प्रतिवद्ध छ । स्वच्छता र पारदर्शीता र जवाफदेही ढंगले काम गर्नुपर्ने परिपाटी हामी कायम गर्छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अबको नेपालमा भ्रष्टचारमा भनसुन चल्दैन । भ्रष्टचारी दण्डित हुन्छन् ।’



नेपाल उद्योग तथा व्यावशायी महासंघको पदाधिकारी मण्डलको बधाइ तथा शुभकामना ग्रहण गर्दै आज प्रधानमन्त्री ओलीले जनताले वामगठबन्धनलाई दिएको जिम्मेवारी पुरा गर्न आफू प्रतिवद्ध भएको बताउनुभएको छ । सरकारको एजेण्डा अब विकास र समृद्धि भएकोले यसको प्राप्तीको लागि पनि सुशासन र स्वच्छतालाई विशेष ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालको आधुनिकीरणका लागि उद्योगहरुको स्थापना,संरक्षण,विकास,प्रवद्र्धन समृद्धिकोे बाटो भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उद्योगी व्यावशायीहरुलाई ढुक्क हुन आग्रह गर्दै   प्रधानमन्त्री ओलीले सरकारले कानुनको राज स्थापना गर्ने आस्वासन दिनुभएको छ । 

 

सम्बन्धित