NP EN

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार स्थानान्तरण

काठमाण्डौ ६ फागुन प्रधानमन्त्री केपी शर्मा ओली आज निजी निवास सूर्यविनायक नगरपालिका २  बालकोट भक्तपुरबाट सरकारी निवास काठमाण्डौ महानगरपालिका वार्ड नं ४ बालुवाटार स्थानान्तरण हुनुभएको छ । फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनु भएका ओली आज सपरिवार बालुवाटार स्थानान्तरण हुनुभएको हो ।

साँझ साढे ६ बजे बालुवाटार प्रवेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नेकपा एमालेका नेता कार्यकर्ता लगायत सरकारी कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको गरेको थियो । 

बालुवाटारमा प्रथम महिला राधिका शाक्यलाई सहरी विकास मन्त्रालयका सचिब दिपेन्द्रनाथ शर्माले प्रधानमन्त्ती निवासको मुल गेटको चाबी हस्तान्तरण गर्नुभएको थियो । 

सम्बन्धित