NP EN

प्रधानमन्त्रीद्वारा ग्याल्बो ल्होसारको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथाविदेशमा रहनु भएका सम्पूर्ण समुदायलाई  शुभकामना व्यक्त गर्नुभएको छ । 

एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले शेर्पा समुदायले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा परिचितगर्न खेल्नुभएको भूमिकाप्रति धन्यवाद पनि दिनु भएको छ । प्रधानमन्त्रीले नेपाल बहुजाती ,बहुसाँस्कृतिक,बहुभाषिक देश भएको उल्लेख गर्दै नेपालको यस प्रकारको मौलिक विविधता हाम्रो राष्ट्रिय एकताको आधार रहेको बताउनुभएको छ । 

पूधानमन्त्री ओलीले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनपछि देशमाआधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको उल्लेख गर्दै भन्नुभएको छ, ‘यही निर्वाचनको परिणाम अनुसार देशले नयाँ प्रधानमन्त्री पाएको छ । अब चाँडै नै सरकारले पूर्णतापाउने विश्वास म यहाँहरुलाई दिलाउछु ।’

प्रधानमन्त्रीले अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताउनुभएको छ ‘प्राकृतिक स्रोत,साधन र मानवीय स्रोतले नेपाल उन्नत ठाउँ हो । अब सरकारले प्राकृतिक स्रोत साधनको अधिकतमउपयोग गर्दै रोजगारीकाअवसरहरु सृजना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्नेछ । देशको यो मुलप्राथमिकतामा सम्पूर्ण शेर्पा समुदायको साथ सहयोग रहनेछ भन्ने विश्वास मैले लिएको छु,’ शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्र, राष्ट्रियता, स्वभिमान, शान्ति र लोकतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले संविधानले निर्दिष्ट गरेका मौलिकहकको प्रत्याभूतिका लागि सरकार सधैं प्रतिवद्ध रहने बताउनुभयो । ‘सुखी नेपाली,समृद्ध नेपालको चाहनालाई पुरा गर्न सरकारले चालेका कदमहरुप्रति यहाँहरु सबैको साथ र सहयोग प्राप्तहुनेछ भन्ने विश्वास मैले लिएको छु,’ शुभकामना सन्देशमा लेखिएको छ ।
 

सम्बन्धित