NP EN

​संसदीय दलको नेतामा सर्वसम्मत चयनपछि ओली : देशको हितलाई सर्वोपरी राखेर काम गर्छु

काठमाडौं, ३ फागुन – नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन हुनुभएको छ ।

एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको पहिलो बैठकमा एमालेका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य माधबकुमार नेपालले अध्यक्ष ओलीलाई संसदीय दलको नेतामा निर्वाचित गर्न प्रस्ताव राख्नु भएको थियो । नेता नेपालको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । 

संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै दलका नेता एवं नवनियुक्त प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादित भएर संसद बैठकमा प्रस्तुत हुन र संसदमा उठाउने विषयहरुमा पर्याप्त जानकारी राख्न निर्देशन दिनुभएको प्रतिनिधिसभा सदस्य तथा  एमाले नेता भानुभक्त ढकालले जानकारी दिनुभयो । उहाँले देशको हितलाई सर्वोपरी राखेर आफूले काम गर्ने बताउनु भयो । उहाँले ४ बजे सपथग्रहण गर्दै हुनुहुन्छ । 

अध्यक्ष ओलीले राष्ट्रिय राजनीति र माओबादी केन्द्रसँग हुने पार्टी एकताका बारेमा पनि बैठकलाई जानकारी गराउनुभएको थियो । बैठकमा वरिष्ठ नेता नेपालले एमाले र माओबादी केन्द्रबीचको एकताका बारेमा विस्तृतमा जानकारी गराउनुभएको थियो ।

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित