NP EN

​एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

काठमाडौं, ३ फागुन – एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिने कार्यक्रम छ ।

​<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित