NP EN

अपरान्ह ४ बजे ओलीले प्रधानमन्त्रीको सपथग्रहण गर्ने

काठमाडौं, ३ फागुन– राष्ट्रपति कार्यालयले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको छ । वाम नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी संसदमा बहुमत सहितको समर्थन ओलीलाई रहेको जनाउ दिएपछि प्रधानमन्त्री नियुक्तिको तयारी गरिएको हो । 

बुधवार बिहान एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा ओलीको पक्षमा बहुमत रहेको दावी प्रस्तुत गर्दै राष्ट्रपतिसमक्ष पुगेका थिए । स्रोतका अनुसार राष्ट्रपति कार्यालयले ओलीलाई  प्रधानमन्त्री नियुक्तिको तयारी गरेको छ । 

आजै दिउसो ४ बजे ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथग्रहण गर्ने सम्भावना रहेको छ । तर, सपथग्रहणको समय औपचारिक रुपमा तोकिएको छैन । त्यसअघि एमालेले दिउसो १ बजेका लागि संसदीय दलको बैठक दलको कार्यालय सिंहदरवारमा बोलाएको छ । 

​​<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित