NP EN

​केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, फागुन ३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २०७४ फागुन ३ गते विहिवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले वहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेकपा (एमाले)का १२१ र नेकपा (माओवादी–केन्द्र) का ५३ जना गरि जम्मा १७४ जना प्रतिनिधिसभाका सदस्यको समर्थन सहित राष्ट्रपति कार्यालय समक्ष आज समर्थनको पत्र बुझाइएको थियो ।

सम्बन्धित