NP EN

भावी सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार: अध्यक्ष ओली

काठमाडौं– नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष ओलीले भावी सरकार निजी क्षेत्रसँग समन्वय गर्न तयार रहेको बताउनुभएको । नेपाल चेम्बर अफ कमर्शको ६७ औं महाधिवेशनबाट विजयी भएकाहरु पदाधिकारीहरुलाई १५ माघमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत तथा बधाइ ज्ञापन गर्दै अध्यक्ष ओलीले देशमै रोजगारी सृजना गरेर युवाहरु पलायन हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ ।

अध्यक्ष ओलीले भन्नुभयो ‘हामी निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छौं, संरक्षण गर्न चाहन्छौं,अवसर दिन चाहन्छौं ।’ सरकारी ढिलासुस्तीलाई अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताउदै ओलीले भन्नुभयो ‘एउटा आयोजनाको फाइल बोकेर पाँचबर्षसम्म धाउनु पर्ने प्रथाको अन्त्य आगामी सरकारले गर्छ ।’

विगतमा सरकारले  निजी क्षेत्रसँग सहकार्य गर्ने नाममा  देशमा भएका अधिकांस उद्योग बेचेको आरोप लगाउनुभयो । ओलीले भन्नुभयो ‘भएभरका सबै उद्योग बेचेर देशमा बेरोजगारी सृजना गर्ने काम भयो । त्यसको परिणाम अहिले लाखौं युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् ।’

संविधानको गलत व्याख्या गरेर जनताबाट अस्विकृतहरुले जवरजस्ती आफूलाई  स्विकृत गराउन खोजेको बताउनुभएको छ । अध्यक्ष ओलीले जनताबाट तिरस्कृतहरुलाई जवरजस्ती प्रतिनिधिको रुपमा उभ्याउने प्रयास भएकोमा आपत्ति जनाउनुभएको छ । संविधानको जतिसुकै अपब्याख्या गरेर सत्तामा बसिरहने चाहने गरे पनि  जनमत गुमाएपछि त्यो चाहना  पुरा नहुने बताउनुभएको छ ।

एक अर्को प्रसंगमा अध्यक्ष ओलीले  छिमेकी मुलुकसाग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाा मान्यताका साथ सुमधूर सम्बन्ध राख्ने बताउनुभएको छ ।  ओलीले भन्नुभयो, ‘कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वाधिनताका आधारमा अघि बढिरहेकाले नेपालीले राष्ट्रको स्वाभिमानका प्रति गौरव गर्नुपर्दछ ।’

सम्बन्धित