NP EN

प्रदीप गिरिको भाषणः किसुनजीलाई सम्झंदा ओलीलाई विर्सन सकिंदैन

काठमाडौं, ८ पुस– सन्दर्भः कांग्रेस संस्थापक तथा पूर्व सभापति कृष्णप्रसाद भट्टराईको जन्म जयन्ती । तर, जिवित नेतालाई स्वर्गीय सन्त नेतासँग तुलना गर्दै प्रशंसा गर्ने कार्यक्रम बन्न पुग्यो बाँडेगाउँमा किसुनजीको ९४ औं जन्मजयन्ती । 

समारोहमा वक्ता रहेका कांग्रेस नेता प्रदीप गिरिले आफ्नो मन्तब्यको सुरुवात नै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गरे । ‘यो किसुनजीका सादगी गुणहरुको सम्झना गर्ने कार्यक्रम हो, तथापि म आजको समयका सर्वाधिक शक्तिसाली नेता नेपाल कम्युुनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर हेरेर मेरा कुरा सुरु गर्छु’ गिरिले भने, ‘उहाँ अवको नेपालमा श्री ३ जतिकै शक्तिसाली नेता त हुँदै हो, उहाँसँग म किसुनजी र गणेशमानजीका धेरै गुणहरु देखिरहेको छु ।’ 

गिरिले वेष्टन चर्चिलको भनाई उद्धृत गर्दै ओलीले लामो समय जेल बस्दा धेरै अध्ययन गरेको वताए । कुशल प्रशासक र अध्यात्मका दुवै गुणहरु भएकाले ओलीको दिग्विजय भएको पनि वताए । चुनाव अघि कम्युनिस्ट पार्टीले जिते अधिनायकवाद आउँछ भन्ने कांग्रेसका नेताहरुले भाषण गरिरहेका बेला आफूले त्यसको प्रतिवाद गरेको वताउँदै गिरिले ओलीलाई फूलजस्तो कोमल ब्यवहार गर्न सुझाव दिए । ‘आजको समयका सवैभन्दा अग्ला नेता ओलीजीलाई म सोध्न चाहन्छु– अव कांग्रेसप्रति तपाईंको ब्यवहार कस्तो हुन्छ ?’ गिरिले भने, ‘हामी त प्रतिपक्षमा बस्छौं, तपाईंका काम हेर्छाैं । मलाई लाग्छ तपाईंसँग कुशलता छ, त्यो हेरिरहन्छौं ।’ 

यसअघि बोल्ने वक्ता वरिष्ठ संस्कृति विद् जगमान गुरुङले पनि किसुनजीको भन्दा ओलीकै बढि चर्चा गरे । गुरुङले ओली अव कुनै पार्टी विशेषको नेता नभई राष्ट्रको नेता भएको वताए । यसअघिका वक्ता स्वामी आनन्द अरुणले पनि किसुनजीको जन्मजयन्तीमा ओलीको प्रशंसा गरेका थिए ।   

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित