NP EN

किसुनजीको जन्मोत्सवमा ओलीको प्रशंसा, किसुनजीका गुण ओलीसँग छन्– स्वामी अरुण

काठमाडौं, ८ पुस– ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले एक्लै हुँदा पनि सत्यप्रति अडिक रहने कृष्णप्रसाद भट्टराईका गुण एमाले अध्यक्ष केपी शर्मा ओलीमा रहेको वताउनु भएको छ । कांग्रेस संस्थापक तथा पूर्व सभापति किसुनजीको ९४ औं जन्मजयन्तीको अवसरमा ललितपुरको बाँडेगाउँमा आयोजित समारोहलाई सम्बोधन गर्दै स्वामी अरुणले किसुनजीले लोकप्रियता नभएर सत्यताको जीवन अंगालेको वताउनुभयो । 

‘नेपालको राजनीतिमा किसुनजीको देहावसानपछि सत्य, न्याय र निष्ठाको राजनीति नै मर्यो भन्ने लागेको थियो’ स्वामी अरुणले भन्नुभयो, ‘तर, हाम्रो मरेको आशालाई केपी शर्मा ओलीले जगाइदिनुभयो । उहाँमा किसुनजीका धेरै गुण मैले देखेको छु ।’ ओलीको नेतृत्वमा किसुनजीले देखेका सपना पूरा हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो । 

समारोहमा वरिष्ठ पत्रकार युवराज घिमिरेले किसुनजीले देशको विकास सत्ता र राजनीति भन्दा बाहिर रहेर पनि गर्न सकिने मान्यता राख्ने गरेको वताउनुभयो । 
कांग्रेस संस्थापक नेता तथा पूर्व सभापति किसुनजीको ९४ औं जन्मजयन्तीमा कांग्रेसका शीर्ष नेताहरु भने सहभागि भएनन् । कांग्रेसका शीर्ष तहका नेताहरुलाई पनि निम्तो पठाइएको प्रतिष्ठानकी संस्थापक तथा किसुनजीकी सहयोगी अमीता कपालीले वताउनुभयो । प्रतिष्ठानले एमाले अध्यक्ष ओलीलाई कार्यक्रमको प्रमुख अतिथि निम्त्याइएको हो । 

कांग्रेसका तर्फबाट पूर्व महामन्त्री प्रकाशमान सिंह, किसुनजी नेतृत्वको अन्तरिम सरकारमा गृहमन्त्री रहनु भएका योगप्रसाद उपाध्याय र दमननाथ ढुंगाना कार्यक्रममा सहभागि हुनुहुन्छ । प्रतिष्ठानका अध्यक्ष पीएल सिंह हुनुहुन्छ । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित