NP EN

पार्टी एकता कसिलो पार्ने ओली–दाहालको निर्णय

काठमाडौं, १ पुस– चुनावी परिणामको समीक्षा, नयाँ सरकार गठन र पार्टी एकता सम्बन्धी विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार काठमाडौंमा भेट भएको थियो । बवरमहल रिभिजिटेडमा दुई नेताबीच मात्र भएको उक्त बैठकमा पार्टी एकता अझ कसिलो पारेर जाने निर्णय भएको छ । 

बाह्य शक्तिहरु एमाले र माओवादी बीचको एकतालाई भाँड्न सक्रिय भएका बेला ओली र दाहालबीच पार्टी एकता र सरकार गठनका विषयमा छलफल भएको हो । पार्टी एकताको संवेदनशील विषयमा एकतामा नकारात्मक असर पुग्ने अभिब्यक्ति नदिन ओली र दाहालले दुवै पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । 

एमाले र माओवादी बीच बनेको वाम गठबन्धनले चुनावी सफलता पाएपछि चुनावमा पराजित भएको नेपाली कांग्रेसका केही नेताहरुले एमाले माओवादी सहकार्य टुटाएर माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बन्ने प्रस्ताव राखेका छन् भने एमाले र माओवादीका केही नेताहरुबाट एकतालाई बल नपुग्नेगरी टिप्पणीहरु भइरहेका छन् । यस्तो बेला ओली र दाहालबीच डेढ घन्टा छलफल भएको थियो । छलफलमा सरकार गठन र पार्टी एकताको कार्ययोजना निर्माण एकैपटक गर्ने निर्णय भएको छ । दुवै नेताले पार्टी एकतालाई जनमतले समेत अनुमोदन गरेकाले यस विषयमा नकारात्मक टिप्पणी नगर्न दुवै पार्टी पंक्तिलाई आग्रह गरेका छन् । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित