NP EN

क्षेत्रवासीलाई धन्यवाद दिंदै ओली : देशको बिकास र जनताको सेवाबाहेक मेरो केही काम छैन

काठमाडौं, २६ मंसिर – एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको बिकास र जनताको सेवाबाहेक आफ्नो अर्को कुनै काम नभएको भन्दै एकताबद्ध भएर नयाँ सोचका बिकासमा जुट्न सबैमा आब्हान गर्नुभएको छ । 

आफ्नो निर्वाचन क्षेत्र अन्तगर्त गौरीगञ्जमा बिहिबार आयोजित बिजयसभालाई संवोधन गर्दै उहाँले वामपन्थीको पक्षमा बहुमत आएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको र नयाँ युग बिकासको युग हुने बताउनु भएको हो ।

‘मेरो अरु केही काम छैन, बिकास नै गर्ने हो, जनताका लागि काम गर्ने हो । अरु पार्टीका जस्तो कस्को काम गर्ने, कसका कुरा सुन्ने भन्ने मेरो हुँदैन होइन’ ओलीले भन्नुभयो,‘अव कोही छैन पराई, अव साम्प्रदायिक कुरा बन्द गरौं, तराइ÷पहाडका कुरा बन्द गरौं, जातजातका कुरा बन्द गरौं । अव बिकास गरौ । यसका निम्ती जातजातको कुराको के मतलब ? साम्प्रदायिक कुराको के मतलब ?’

देशभरीमा सबैभन्दा बढी मत दिएर जिताउने झापा क्षेत्र न. ५ का जनतालाई बिशेष आभार प्रकट गर्दै उहाँले निर्वाचनपछि अव सबै जातीय, साम्प्रदायिक र भूगोलका कुरा छाडेर सिंगो नेपालको बिकासमा केन्द्रित हुनुपर्ने बताउनु भयो । ‘म तपाईहरुलाई बधाई भन्न र धन्यवाद ज्ञापन गर्न आएको हुँ । मलाई तपाईहरुले देशभरिमा सबैभन्दा बढी मत दिएर जिताउनु भयो । म तपाईहरुको सम्मान गर्न चाहान्छु । तर अझै किन अरुतिर भोट गयो ? यसमा बिचार गरेर तपाई अव सबैलाई एकभएर बिकासमा अघि बढ्नुपर्छ’ ओलीले भन्नुभयो ।

एमालेको अगुवाईमा देशमै वामपन्थी सहकार्यको लहर आएको र त्यसले संसद र प्रदेशमा बहुमत आउने अवस्था आएको भन्दै त्यसमा आम जनताको बिशेष योगदान रहेको बताउनु भयो । निर्वाचनमार्फत जनताहरुले असाधारण लोकतान्त्रिक अभ्यास गरेको भन्दै अव बिकासमार्फत उक्त असाधारण अभ्यासको कार्यान्वयन गरिने बताउनु भयो । उहाँले वामपन्थी सरकारबिरुद्ध चलाएका अफवाह र हल्लाका पछि नलाग्न भन्दै त्यसमा केही प्रष्ट पार्नु नपर्ने बताउनु भयो । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित