NP EN

बिजयसमामा सहभागि हुन ओली झापा जाँदै

काठमाडौं, २५ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली बिजयसभामा सहभागि हुन तथा जिल्ला, र क्षेत्रबासीलाई संवोधन गर्न अहिले गृहजिल्ला झापा जादै हुनुहुन्छ ।

ओलीका प्रेस संयाजक चेतन अधिकारीका अनुसार, उहाँले प्रतिनिधिसभा सदस्यमा बिजयी भएको प्रमाणपत्र ग्रहण गरेपछि ११ बजे भद्रपुरमा आयोजित बिजयसभालाई संवोधन गर्नुहुनेछ । त्यसपछि धुलाबारी, बिर्तामोड, सुरुङा र दमकमा बिजय र्याली तथा सभामा सहभागि हुनुहुनेछ ।

मंगलबार भने आफ्नो निर्वाचन क्षेत्र न. ५ का बिभिन्न ठाउँमा आयोजित बिजयसभालाई  ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ । गौरादह, गौरीगञ्ज, स्कूलचौनलगायतका स्थानमा बिजय र्याली तथा सभा हुँदैछ । ओलीले आफ्ना प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतले पराजित गर्नुभएको छ । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित