NP EN

विराटनगरमा ओलीको सम्बोधन– चुनावपछि बन्ने सरकारले मुलुकका बेथिति हटाउँछ

विराटनगर, ४ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुुलुुक नयाँ ढंग र दृष्टिकोणका साथ अघि वढने वताउनुु भएको छ । वाम गठबन्धनद्वारा सोमवार विहान विराटनगरमा आयोजित चुुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि वाम गठवन्धनको नेतृत्वमा सरकार वन्ने वताउनुभयो । 

उहाँले राजनीतिक स्थायित्व र तीब्र आर्थिक विकासका लागि वाम गठवन्धन गरिएको वताउँदै निर्वाचन लगत्तै एमाले र माओवादीबीच एकता हुने वताउनुभयो ।  स्वास्थ्य, शिक्षा र समग्र मुुलुुकको  आर्थिक विकासका दीर्घकालीन र अल्पकालीन योजना आफूहरुले ल्याएको त्यसलाई पूरा गर्न वाम गठबन्धनको सरकार आवश्यक भएको वताउनुभयो । 

अध्यक्ष ओलीले  आफुू प्रधानमन्त्री भएका बेला मधेशमा सिंचाई, सडक पुुलपुुलेसा, शिक्षा स्वास्थ्य लगायत मधेश र मधेशी जनताको हितमा ल्याइएका कार्यक्रमवारे चर्चा गर्नुभयो । 

ओलीले नेपाली कांग्रेसले पटक पटक बहुमतको सरकारको नेतृत्व गरे पनि जनताका लागि केही गर्न नसकेर मुलुक आर्थिक विकासको बाटोमा अघि बढ्न नसकेको वताउनुभयो । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित