NP EN

निर्वाचन क्षेत्रमा ओली : तपाईहरु सूची दिनुहोस, म विकास दिन्छु

काठमाडौं, २७ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ का बिभिन्न चुनावी कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँलाई क्षेत्रवासीले भब्य स्वागत गरेका छन् । 

सोमबार बिहानैदेखि चुनावीसभा र कार्यकर्ता भेटघाट भइरहेको छ । स्कूलचौन स्कुलमा आयोजित कोणसभालाई संवोधन गरेपछि उहाँ बालुवथानमा आयोजित अर्को चुनावीसभामा सहभागि हुनुभयो । त्यसपछि गौरादह नगरपालिकाभित्रकै चप्रामारीमा पनि वाम गठवन्धनका संयुक्त चुनावीसभालाई संवोधन गर्दै वाम गठवन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गर्नुभयो । चप्रामारीमा अन्य पार्टी त्याँगेर ठूलो समुह एमाले प्रवेश गर्यो, प्रवेशीहरुलाई उहाँले अभिर लगाएर स्वागत गर्नुभयो ।

अध्यक्ष ओलीसँग उक्त क्षेत्रकै एमाले पोलिटव्युरो सदस्य अग्नी खरेल, प्रदेश उम्मेद्वार हिक्मत कार्की, माओवादी नेता रामनारायण बिडारी लगायतका झापाका नेताहरु पनि सभा, भेटघाट र अन्तक्रियामा सहभागि भइरहनु भएको छ । कोणसभाहरुलाई संवोधन गर्दै अध्यक्ष ओलीले आफूले उक्त क्षेत्रको बिकासका लागि थुप्रै कार्यक्रम अघि बढाएको भन्दै थप के के गर्नुपर्ने त्यसको विवरण उपलव्ध गराउन आग्रह गर्नुभयो । पक्की सडक, नदी नियन्त्रणका लगायतका कामहरु भइरहेको भन्दै निर्वाचनपछि बन्ने प्रगतिशिल र लोकतान्त्रिक सरकारले बिकासको नेतृत्व लिंदै नेपाललाई समृद्धितर्फ अघि बढाउने बताउनुभयो ।

बिकास गर्न नचाहनेहरु, बिकासको दृष्टिकोण र अठोट नभएकाहरुले पैसा नभएर बिकास गर्न नपाएको भन्ने गरेको भन्दै त्यस्तो अवस्था नरहेको उहाँले बताउनुभयो । ‘मेरो नेतृत्वमा सरकार बनाएपछि देश बिकासतर्फ अघि बढ्यो । मलाई बिकास गर्न पैसाको अभाव भएन । विकासको सोच हुने हो भने  लगानी चीन, जापान र दक्षिण कोयिाबाट ल्याउन सकिन्छ । अन्य थुप्रै लगानी ल्याउन सकिन्छ’ ओलीले भन्नुभयो । मरुभूमीका देश बिकास भएको उदारण राख्दै उर्वर नेपालको बिकास दु्रत विकास सम्भव भएको बताउनुभयो । 

कांग्रेसले २०४८ र २०५६ सालमा बहुमत ल्याएपनि मुलुकलाई स्थायित्व र स्थिरता दिन नसकेको र वामपन्थी दलहरुले वहुमत नपाउँदा काम हुन नसकेको ओलीले बताउनुभयो । ‘अव यस अवस्थालाई अन्त्य गर्नुपर्छ । स्थायित्व भएन भने, स्थिर सरकार भएन भने बिकास हुँदैन । अव कांग्रेसबाट यो सम्भव छैन । अव एमालेको नेतृत्वमा, एमालेसहितको वाम सरकारले बिकास गर्छ’ उहाँले भन्नुभयो ।  

वाम दलहरुको नेतृत्वमा बन्ने जनपक्षीय प्रगतिशिल सरकारले नेपालमा बिकासको लहर सृजना गर्ने उहाँले बताउनुभयो । ‘अव बन्ने हाम्रो सरकारले सन्तुलित अन्तराष्ट्रिय सम्बन्ध बनाउनेछ, छिमकीसँग बराबरको साझेदारका रुपमा फाईदा लिनेछ । हाम्रो यो तालमेल त्यसैका लागि हो ।’

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित