NP EN

ओलीको प्रष्टिकरण–पार्टी एकता चुनावपछि, मंसिर ९ गते होइन

निर्वाचन अभियानका क्रममा गृहजिल्ला झापामा रहनु भएका ओलीले वाम तालमेलबिरोधी शक्तिहरुले योजनाबद्ध रुपमा त्यस्तो भ्रामक प्रचार गरेको भन्दै त्यसमा विश्वास नगर्न समेत आग्रह गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत गौरादहमा आइतबार बिहान भएको कार्यक्रममा बोल्दै मंसिर १० गतेदेखि एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले नै ९ गते एकताको हल्ला चलाएको उहाँले बताउनु भयो ।  

‘एकता गर्ने घोषणा गर्नेहरु हामी आ–आफ्नो निर्वाचन अभियानमा छौं । म झापामा छु, प्रचण्डजी चितवनमा हुनुहुन्छ । हामीहरुबीच मंसिर ९ गते एकता गर्ने बारे कुरा भएको छैन’ ओलीले भन्नुभयो, ‘हामीले असोज १७ गते नै घोषणा गरेका छौं, निर्वाचनमा तालमेल र त्यसपछि पार्टी एकता हुन्छ ।’

वाम गठवन्धनबाट हतास भएकाहरुले गठवन्धनबिरुद्ध यस्ता गलत प्रचार गरिरहेको र त्यसलाई वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिले बुझेको समेत बताउनु भयो । ‘आज बिहान मेरो प्रचण्डजीसँग टेलिफोन वार्ता भएको थियो । ९ गते पार्टी एकिकरण भन्ने निराधार हल्ला हो । यो गठवन्धनबिरुद्धको योजनाबद्ध प्रयास हो भन्नेमा हाम्रो छलफल भयो’ उहाँले भन्नुभयो । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित