NP EN

ईश्वर पोखरेलको क्षेत्रमा ओलीको घोषणा– कांग्रेसको उद्धेश्य खाउँखाउँ लाउँलाउँ मात्र

– बिनु पोखरेल

काठमाडौं, २१ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग विकास गर्ने लक्ष्य नै नभएकाले बाम गठबन्धनले देश विकासको लक्ष्य अघि सार्दा तर्सेको वताउनुभयो काठमाडौं क्षेत्र नं ५ को चुनावी अभियानमा सहभागि हुन वसुन्धरा पुग्नुभएका ओलीले ‘कांग्रेस नेताहरुको खाउँ खाउँ र लाउँ लाउँ’को एकमात्र अभियानलाई जनताले साथ दिनु आवश्यक नभएको वताउनुभयो । 

‘जनतालसँग पटक पटक बहुमत लिएर देशलाई यो हालतमा पुर्याउने कांग्रेसका नेताहरुको कुनै उद्धेश्य छैन, भ्रमको जालो बोकेर अधिनायकवाद आउनलाग्यो भनेर कुद्या देखिन्छ’ ओलीको भनाई थियो, ‘सधैं खाउँ खाउँ र लाउँ लाउँ मात्रैको उद्धेश्य बोकेको पार्टीका नेतालाई किन भोट दिने ?’ ओलीले दुई महिनापछि बन्ने बामपन्थीको सरकारले सुशासन र लोकतन्त्र भनेको कस्तो हुन्छ देखाइदिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

‘सरकार कस्तो हुन्छ, सुशासन कस्तो हुन्छ, विकास कस्तो हुन्छ, अव २ महिनापछि बन्ने बामपन्थीको सरकारले देखाउनेछ’ ओलीको भनाई थियो, ‘आफ्नो भविश्य वर्वाद पारेर केही नेताको खाउँलाउँका लागि किन पछि लाग्ने ? बामपन्थी सरकार बनाएर मुलुकमा विकासको लहर चलाउँ ।’ ओलीले आजै बामदलको संयुक्त घोषणापत्र चुनावी घोषणा पत्र नभएर देश निर्माणको दस्तावेज भएको वताउनुभयो । उहाँले बामपन्थी दल विरुद्ध कांग्रेसले लगाएको भ्रमको जालो कमजोर रहेकाले आफैं च्यातिने वताउनुभयो । ‘हामी देश निर्माणको घोषणा गर्छाैं’ ओलीले भन्नुभयो, ‘खाउँ लाउँ मात्र भन्ने उद्धेश्य राख्नेहरु त्यसैले तर्सेका हुन् र भ्रम फिंजाएका हुन् ।’ 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित