NP EN

स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल

२८ साउन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । 
प्रधानमन्त्री ओलीले जाडो समय अगावै निर्वाचन सम्पन्न हुने गरी मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गर्नुभएको थियो । मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिक गर्नका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।

सम्बन्धित