NP EN

‘हेलो सरकार’ संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

२८ साउन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरूपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिनुभएको हो । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाउनुभयो । 
‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका–२०७८’  बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले सङ्घीय निजामति ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो ।

सम्बन्धित