NP EN

सज्जन र गुणवान मान्छे उत्पादन गरौंः प्रधानमन्त्री

१० भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मुर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरूले काम गर्नुपर्ने बताउनुभएको छ । 
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुुदूूरपश्चिम विश्वविद्यालयको १२औं सभामा विश्वविद्यालयका कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुुपर्ने बताउनुभएको हो ।  
प्रधानमन्त्री ओलीले भन्नुभयो– गुरुहरूले ऋषिमन र भावका साथ काम गर्नुपर्छ  । त्यसो भएमा चेलाहरूले गुरुहरूलाई मान्छन् । विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ, नत्र समाज अनुकूूल शिक्षा हासिल भएको मान्न सकिँदैन ।
सुुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको स्मरण गर्दै उहाँले सुदूरपश्चिमको संस्कृति र सुदूरपश्चिमपन भल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई आग्रह गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी सभामा उपकुुलपति प्रा.डा. हेमराज पन्तले  विश्वविद्यालयको समग्र अवस्था र रजिष्ट्रार प्रा. यज्ञराज पाठकले कार्यक्रम तथा बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित