NP EN

विद्यार्थीसँग अन्तरसंवादः देश बनाउने कसले !


 
उद्घोषिका बहिनीलाई धेरैधेरै धन्यवाद !

म ७१ वर्ष पूरा हुन लागेँ । मैले इच्छा गरे पनि, मैले राम्रो गरे पनि धेरै वर्ष राम्रो गरिरहन अब मौका पाउँदिनँ । त्यसपछि यस देशलाई राम्रोसँग चलाउन, राम्रो मनका, राम्रो विचारका, राम्रो भावनका कर्मठ नेतृत्वको आवश्यकता पर्छ । 

नेतृत्व भनेको राजनीति भन्ने मात्रै बुझ्नु हुँदैन । नेतृत्व भनेको प्रधानमन्त्री हुने, मन्त्री हुने मात्रै बुझ्नु हुँदैन । राजा त भवितव्यले नै भइहाल्छ । केही गर्नै पर्दैन । राजतन्त्र भएका ठाउँमा राजाको छोरो भएर जन्मियो भने राजा भइहाल्छ । जस्तो भए पनि उसले केही गर्नै पर्दैन । राजनीति गर्न पनि एउटा लहडमा वातावरण सिर्जना गरेर चुनाव जितिहाल्यो भने उ सांसद् हुन्छ । अहिलेजस्तै अस्थिर टुक्राटाक्री जोड्नु पर्ने स्थिति भयो भने अलिकति तरिका मिलाएर मन्त्री पनि भइहाल्न बेर लाग्दैन । तर, नेता हुन सजिलो छैन । नेता हुने भनेको विचारले नेतृत्व गर्ने कुरा हो । त्यसका निम्ति विद्वान हुनुपर्छ । ह्विम सिर्जना गरेर चुनाव जितेको जसरी विद्वान हुन सकिंदैन । त्यसकारण विद्वता बेग्लै कुरा हो । नाम चलाउने पनि बेग्लै कुरा हो । नाम त जसोतसो चलिहाल्छ । आवधिक, क्षणिक हिसाबले नाम चलाउन गाह्रो हुँदैन । कहिले कहिले कुनै मानिसले स्टन्ट गरेर नाम चलाइदिन्छ, चर्चामा आइदिन्छ । तर, त्यसले लिड गर्दैन । त्यसकारण हामीले समाजको चौतर्फी नेतृत्व गर्नु पर्छ । 

नेतृत्व शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, खेलकुदको क्षेत्रमा र अरु अनेक क्षेत्रमा गर्नु पर्छ । खेलाडीहरुले खेलको नेतृत्व गर्दा तयारी गर्छन् । तयारीभन्दा अगाडि वार्मअप गर्छन्, अनि अभ्यासमा जान्छन् । अभ्यास गर्दै गएर राम्रा खेलाडी हुन्छन् । त्यस्तै अहिले तपाईंहरु नेताको रुपमा विकास हुन वार्मअपबाट अभ्यासको चरणमा प्रवेश गर्नु भएको छ । अथवा तपाईंहरु लिडर हुने एउटा टर्निङ प्वाइन्टमा हुनुहुन्छ । तपाईंहरु कतिपयलाई चार्टर्ड एकाउन्टेन्ट हुने मन छ, किनभने तपाईंहरु व्यवस्थापन पढिरहनु भएको छ । सिइओ (प्रमुख कार्यकारी) हुने मन छ । तपाईंहरु व्यवस्थापन पढ्दै हुनुहुन्छ, व्यवस्थापनका क्षेत्रमा दक्षता राख्न चाहनु हुन्छ र लिडर हुन चाहनु हुन्छ । म तपाईंहरुलाई सुझाव दिन चाहन्छु, सफलता प्राप्त गर्नुस् । सफल हुँदै जानुस्, तर घमण्डी नहुनुस् । 

आज अंग्रेजी सम्मत अथवा ग्रोगेरियन क्यालेण्डरको सन् २०२३ को पहिलो दिन । जनवरी फस्ट, नयाँ वर्षको दिन हो । यस अवसरमा म तपाईंहरु सबैलाई ह्याप्पी न्यू इएर भन्न चाहन्छु । नयाँ वर्षको शुभकामना भन्न चाहन्छु । सन् २०२३ तपाईंहरुका लागि भविष्य निर्माणको अत्यन्त महत्वपूर्ण विन्दु बन्न सकोस् । यसले तपाईंहरुको जीवनलाई नयाँ उचाइतर्फ जाने केही निश्चित आधारहरु प्रदान गरोस् । तपाईंहरुमा सुस्वास्थ्य, सुख, समृद्धि, सफलता प्राप्त होस् । सबैमा नयाँ वर्षको शुभकामना !

एउटा प्रसङ्गको चर्चा गरौं । एकपटक मसँग दुई जना युवाहरु काम खोज्न आए । मैले उनीहरुलाई कहीं पढाउने काम छ, त्यो गर भनें । उनीहरुले त्यो त सक्दैनौं भने । अर्को ठाउँमा अस्पतालले कार्डियोलोजिस्ट खोजेको छ, न्युरोलोजिस्ट पनि खोजेको छ, अर्थोपेडिक डक्टर पनि खोजेको छ, जान्छौ भनेँ । उनीहरुले भने– हाम्रो योग्यता मिल्दैन । खोज्दै खोज्दै जाँदा मैले सोल्टी होटलमा राम्रो सेफको पनि माग छ भनेँ । त्यो पनि जान्दैनौं– उनीहरुले भने । श्रेष्ठ टेलरिङमा सुटको कपडा काट्ने काम छ, राम्रो तलब आउँछ, त्यहाँ जाने त सोधें । उनीहरुले त्यो पनि आउँदैन भने । नन्दराम ठाकुरले राम्रो तलबका साथ एउटा राम्रो बारवर खोजेको छ भनें । उनीहरुले त्यो पनि आउँदैन भने । अनि मैले तिमीहरुलाई के आउँछ त भनें । उनीहरुले काम त केही पनि आउँदैन भने । काम के चाहिँ गर्न आउँछ त भन्दा काम त केही गर्न आउँदैन । कति पढेको छ भन्दा मास्टर डिग्री गरेको छ । मास्टर डिग्री पास गरेकै हो, तर साक्षरभन्दा बढी केही पनि भएको छैन । अहिले हाम्रोमा बेरोजगारी किन छ ? किनभने हामीले जीवनसँग जोडेर शिक्षा प्रदान गरेनौं । यथार्थमा जीवनसँग शिक्षा जोडिएकै छैन । मास्टर गरेको छ, काम नगर्ने सरकारी अड्डामा काम लाग्छ, अन्त काम लाग्दैन । त्यस्तोे शिक्षाबाट जीवनसँग जोडिएको शिक्षातर्फ बल्ल हामी जाँदैछौं । जस्तो व्यवस्थापन । इन्जिनियरिङ, मेडिसिन, नर्सिङ, कृषि, वनविज्ञान आदि विभिन्न विधामा व्यवस्थापन जोडिएका हुन्छन् । तपाईं हामीले आपूmलाई समाजसँग र आफ्नो शिक्षालाई जीवनसँग जोड्नु पर्छ । त्यस्तो खालको शिक्षातर्फ बल्ल हामी जाँदैछौं । तपाईंहरु सिक्नुस्, सफल हुनुहोस् ।
 
कोही कोही मान्छे अलिकति सफल भएपछि हौसिन्छ, उत्ताउलिन्छ । दूध उम्लिएजसरी उम्लिन्छ, अनि पोखिन्छ । हाम्रो मस्तिष्कमा दुईवटा चिज अटाउने ठाउँ हुन्छ । तर मस्तिष्कमा घमण्ड पस्यो भने त्यसले ज्ञान, शिक्षा केही पनि पस्नै दिंदैन, बस्नै दिंदैन, ढोका नै बन्द गरिदिन्छ । घमण्डले म ! जान्दछु, म ! भन्ने अहमता आउँछ । यो मस्तिष्कमा पसेपछि ज्ञानका लागि त्यहाँ ठाउँ नै हुँदैन । 

अस्ति मेरो एउटा भनाइ भाइरल भएको थियो । एकजना पढेलेखेको बाबु मसँग आउनु भयो । मैले पीएचडी गरें भन्नु भयो । मैले भनें– बहुत राम्रो, बधाई छ । तर बल्ल तपाईंको सिक्ने आधार बन्यो । एउटा विषयमा तपाईंले केही रिसर्च गर्नु भयो, केही पढ्नु भयो । एउटा सानो विषय नै पढिन्छ । सानो विषय पढ्नु भयो, संसार जान्न बाँकी छ । संसार भनेको ज्ञानको अथाह सागर हो । जेसुकै विषय पढे पनि यसबाट हामी अलिकति मात्रै सिक्न सक्छौं । त्यसकारण म यस्तो जान्ने भएँ भनेर घमण्ड दिमागमा पसाउनु भयो भने तपाईं केही पनि सिक्न सक्नु हुन्न । ज्ञान भनेको खोलाको पानी जस्तै हो । तपाईंले बगिरहेको खोलाको पानीमा हात चोप्नुस्, त्यो पानी बगेर जान्छ । अर्को पटक पानीमा हात चोप्दा त्यही पानीमा तपाईं हात चोप्न सक्नुहुन्न । अर्कै पानी माथितिरबाट आइपुग्छ । ज्ञान त्यस्तै हो । हिजोसम्म मैले यति धेरै समाचार पढेको छु, सामाजिक सञ्जाल हेरेको छु, टिकटक हेरेको छु, अब किन पढ्ने, किन थाहा पाउने ? अब मैले किन थाहा पाउनु प¥यो भनें भने आजको कुरा त म थाहा पाउदिनँ । आजको कुरा मैले थाहा नपाएपछि म पछि परिहाल्छु । 

अघि एउटी छोरीले यहाँ मलाई विमानस्थलमा दुईजना विदेश गएका युवाबारे प्रश्न सोधिन् । सामाजिक सञ्जालमा आएको विषयमा मलाई थाहा भएन, समाचार नहेरी आएँ भनें भने मबाट सही जवाफ आउन सक्दैनथ्यो । चप्पल लगाएका, कपडाको बाउला फाटेका ती दुई युवाका बारेमा सोधेको हो भन्ने बुझ्न मलाई गाह्रो हुन्थ्यो । मैले कसको बारेमा सोधेको हो भन्नु पथ्र्याे । त्यसकारण मैले सूचनामा ‘अप–टु–डेट’ हुनु पर्दछ । ज्ञानमा ‘अप–टु–डेट’ हुनु पर्दछ, आफ्नो ज्ञानलाई अद्यावधिक गरिरहनु पर्दछ । 

डाक्टर त्यो मात्रै हुनसक्छ, जसले आजका नयाँ नयाँ प्रयोग र तिनका परिणामहरु हेरिराखेको छ । कुन औषधि प्रयोगबाट के ‘इफेक्ट’ देखिएको छ, त्यसको विभिन्न ठाउँमा कस्तो ‘रिसर्च’ भइराखेको छ, त्यसका कस्ता ‘फाइन्डिङ’ आइराखेका छन् भन्ने विषयमा आपूmलाई अपडेट राख्यो भने मात्रै डाक्टर, डाक्टर हुनसक्छ । ४० वर्ष अगाडिको मेडिसिनको विकासको स्तरमा पढ्नु भएको प्रोफेसरले मलाई पढाउनु भयो, उहाँले आपूmलाई अद्यावधिक गर्नु भएन भने त्यही कुरा पढाउनु हुन्छ । आफूलाई अद्यावधिक गरिनँ भने म पनि उही बेलाको हुन्छु । त्यस बेलाको कुराले आज काम चल्छ ? चल्दैन । आज हामी तीब्र विकास भएको जमानामा छौं । विकासको गति इतिहासमा कहिल्यै भन्दा बढी तीब्र छ । मोवाइलको भर्सन चेन्ज गर्छ नि ? हो, हामी त्योभन्दा छिटो विकासको क्रममा छौं । 

आज तपाईंहरु यस्तो राम्रो स्थापित कलेजमा अध्ययन गर्दै हुनुहुन्छ । यति राम्रा, सक्षम, दक्ष शिक्षकहरुबाट, कलेक्टिव खालका होइन– सेलेक्टिब खालका शिक्षकहरुबाट तपाईंहरु शिक्षा लिंदै हुनुहुन्छ । तपाईंहरु ‘गुड क्वालिटी अफ एडुकेशन’ प्राप्त गर्दै हुनुहुन्छ । तर, यी सबै कुराले तपाईंलाई शालीन बन्नबाट घमण्डी बन्नेतिर लग्यो भने तपाईं बर्बाद हुनुहुन्छ । अर्को एउटा विद्यार्थीलाई तपाईंले सडकमा भेट्नु भयो भने ‘ए तँ कहाँको ? थाहा छ, म को हुँ ? ग्लोबल कलेजमा पढ्छु, ग्लोबल ! तँ कुन कलेजमा पढ्छस् ?’ भन्ने घमण्ड तपाईंको दिमागमा घुस्यो भने तपाईं ज्ञानी बन्न सक्नुहुन्न । विभिन्न कारणहरुले गर्दा तपाईंले यहाँ पढ्न पाउनु भयो, अर्कोले यहाँ पढ्न पाएन, अर्काे चप्पल लगाएर विदेश जाँदैछ । त्यसकारण म तपाईंहरुलाई पहिलो सुझाव दिन चाहन्छु, शालीन बन्नुस् घमण्डी बन्न हुन्न ।

प्रश्न गर्ने छोरीले मेरो ध्यानकर्षण गराएको ठीक छ । किनभने म राजनीति गर्ने मान्छे, मेरो विषय नै त्यही हो । जब म बालबालिका भोका नाङ्गा देख्छु, कमजोर देख्छु, दुःख पाएको देख्छु, मेरो मन कटक्क खान्छ । जब राम्रो कलेजमा पढ्न पाउनु पर्ने युवाहरुले राम्रो शिक्षा नपाइरहेको, पढ्नै नपाइरहेको अवस्था देख्छु, मेरो मन कटक्क खान्छ । जब म दुर्गम ठाउँहरु जान्छु, त्यहाँ मेरो मन कटक्क खान्छ । तर, मैले एकैचोटी दुर्गमलाई सुगम बनाउन सक्दिनँ । मैले सडक त थुप्रो बनाएको छु र अहिले प्रायः दुर्गम ठाउँहरुलाई सुगममा परिणत गराएको छु । तर, फेरि पनि तत्काल अवस्थामा परिवर्तन ल्याउन सकिँदैन । व्यवस्थामा परिवर्तन आयो, अवस्थामा परिवर्तन आएन भन्ने एउटा भनाइ छ । व्यवस्थामा परिवर्तन एउटा आन्दोलनले ल्याउन सक्छ । अवस्थामा परिवर्तन एउटा आन्दोलनले ल्याउन सक्दैन । १९ दिनको आन्दोलनले व्यवस्थामा परिवर्तन ल्यायो, १९ दिन देशभरिका मान्छेले आन्दोलन गरे पनि अवस्थामा परिवर्तन ल्याउन सकिंदैन । अवस्थामा परिवर्तन ल्याउन समय लाग्छ । अवस्थामा परिवर्तन ल्याउने कुरा व्यवस्थामा परिवर्तन ल्याउनेजस्तो झट्कावाला कुरा होइन । यो नवजात शीशु जन्मेर हुर्केजस्तै हो । यसका सुक्ष्म प्रक्रिया हुन्छन् ।

आन्दोलनले, बलिदानले व्यवस्थामा परिवर्तन ल्याउन सक्छ तर कुनै मुभमेन्टले तत्काल प्रणालीमा ल्याउने परिवर्तन जस्तो अवस्थामा भिन्नता ल्याइहाल्न सक्दैन । त्यसका लागि हामीले दीर्घकालीन, योजनावद्ध, सुविचारित, बहुआयामिक, ‘इफोर्ट’ लगाउनु पर्छ । तसर्थ म युवा साथीहरुलाई भन्न चाहन्छु कि तपाईंहरुले दुईवटा कुरा छुट्याउनु पर्दछ । गर्व गर्नु र घमण्डी हुनुमा के भिन्नता छ, छुट्याउनु पर्छ । हाम्रा पूर्खाहरुप्रति र हाम्रो भूगोलप्रति गर्व गर्नु पर्दछ । हाम्रो भूगोल नै स्वर्ग जस्तो छ । हाम्रा पूर्खाहरुलाई बहादुर गोर्खाली भनेर बहुत हल्ला चलाइएको छ । हामी बहादुर कम, विद्वान बढी हौं । हाम्रा पूर्वजहरु विद्वान थिए । त्यो कुरालाई छोप्नका लागि ‘गोर्खाज आर व्रेव ! व्रेव पिपुल, वारलाइक पिपुल, दे आर भेरी वारियर’ जस्ता कुरा भन्ने गरिन्छ र हामीलाई अलिक मूर्खमूर्ख बनाउन खोजिन्छ । कहीं झगडा प¥यो भने हामीलाई अगाडि सार्न खोजिन्छ । फोक्ल्याण्डसँग हाम्रो के लिनुदिनु थियो र लड्न जानु ? तर गइयो । मर्न आँटियो भने पनि हामी बहादुर भन्ने तक्मा यस्सो सम्झिन्छौं । त्यो बहादुर भन्ने तक्मा झर्ला कि भनेर बरु गोली खान तयार हुन्छौं । तर बहादुर भन्ने तक्मा छोड्दैनौं । कहिले कहिले केका लागि लड्दै छौं, थाहा पाउँदैनौं । हाम्रा पूर्वजहरु, अग्रजहरु बहादुर हुन्, बहादुर छन् । त्यसमा कुनै सन्देह छैन । तर एउटा कुरा के हो भने हामी बहादुर मात्रै होइन, हाम्रा पूर्खा अत्यन्तै ठूला विद्वान थिए । 

मानिसले आजभन्दा २३ हजार वर्ष अगाडि कुकुरको छाउरा समातेर पाल्यो । कुकुरको छाउरा समातेर पाल्दा पाल्दा त्यो आफ्नो छोराछोरीभन्दा बढ्ता पिछा गर्ने, आफ्नो रक्षाका निम्ति बढी मरिमेट्ने खालको भएर निस्कियो । छोराछोरी आपत् प¥यो भने लुक्न जान्छन्, उ बचाउनका लागि अगाडि जान्छ । त्यसलाई समातेर ले भन्दा समातेर ल्याउँछ । त्यसलाई मार भन्दा स्वामीका लागि मारेर ल्याउँछ । यस्तो खालको स्वामीभक्ति देखिएपछि कुकुर पालनबाट अलिक वर्ष समाज चल्दै गयो । करिव करिव १७ हजार वर्ष अगाडि आइपुगेपछि गाई, घोडाहरु समाउन सुरु भयो । १५ हजार वर्ष अगाडि आइपुग्दा बल्ल मान्छे अलिकति सामाजिक ढाँचातर्फ जान थाल्यो । इशा पूर्व ९ हजार ५ सय, अर्थात् अहिलेभन्दा ११ हजार ५ सय वर्ष अगाडि मान्छेले खेतीको रुपमा गहुँ र आलुको उत्पादन सुरु ग¥यो । मानव सभ्यताको समाज भनेर हामी १० हजार वर्षलाई मान्छौं । १० हजार वर्ष अगाडिदेखिको सभ्यताको युग भन्छौं । डेढ लाख वर्ष भन्दा अगाडिदेखि मान्छे मान्छेको रुपमा आयो । मान्छेहरुमा मान्छे हुने लक्षण देखिएको डेढ करोड वर्ष जति भयो होला । तर हामी सभ्यताको दश हजार वर्ष भन्छौं । सभ्यताको इतिहासको जमाना हाम्रा पूर्वजहरुले सुरु गरे । सभ्यता हाम्रा पूर्वजहरुले सुरु गरे । यो संसार के होला ? यो प्रकृति के होला ? पानी कसरी पर्ला ? घाम कसरी र कतिबेला झुल्केला ? कतिबेला अस्ताउला ? चन्द्रमा के हो ? पृथ्वी के हो ? ताराहरु के होलान् ? जीवजन्तु के हो ? वनस्पती के हो ? जन्मिन्छ किन ? हुर्किन्छ कसरी ? मर्छ किन ? यसको आफ्नो विधि छ । पृथ्वीको लय व्यवस्था के हो ? यी कुरा हाम्रा पूर्वजहरुले सोच्न थाले । आफ्ना अनुभूतिलाई उनीहरुले ज्ञानको रुपमा संगठित गर्न थाले । यही भूभागमा हाम्रा पूर्खाहरुले अनुभूतिलाई अनुभवको रुपमा र अनुभवहरुलाई संकलन गरेर ज्ञानको रुपमा संगठित गर्न थाले । त्यसकारण यस भूमिलाई ज्ञानभूमि, देवभूमि, ध्यानभूमि, तपोभूमि भनेर भनिनुको खास अर्थ छ । 

पहिलो ज्ञान रचना गरेपछि त्यस ज्ञानलाई रक्षा गर्नु प¥यो । कसरी रक्षा गर्ने ? भनेकै भरमा सम्झना गर्न गाह्रो हुन्छ । त्यसकारण हाम्रा पूर्वजहरुले त्यसलाई लयवद्ध गरे । आफ्ना अनुभवहरुलाई छन्दमा लेखे । गीत जति प्रभावकारी अरु कुरा हुँदैन । त्यो लयवद्ध हुन्छ । वेदका ऋचाहरुको रचना लय र छन्दमा हुन थाल्यो । हाम्रो संस्कृत साहित्यको रचना परम्परामा लयवद्धता, छन्दवद्धता छ । यिनै छन्द र लयहरुले साहित्यमा रसहरु सिर्जना गरे । संगीत सिर्जना भयो । संगीतमा सुरहरु, तालहरु सिर्जना भए । यसरी संगीत, सुर, स्वर र तालको रचना भयो । संगीतको हार्मोनियम विधामा ३८ वटा अलङ्कार यति मसिनोगरी कसरी आविष्कार गरे होलान् ? यो सानो कुरा होइन । ३८ वटा अलङ्कार, ठ्याक्कै तोकेर । हाम्रा पूर्वजहरुले असाधारण काम गरेका छन् । अहिले डुकी तबला बजारमा पाइन्छ । किन्यो, त्यसको गुरु भेटाइन्छ, डटटटट बजाउनुस् । सजिलो छ । तर, त्यहाँ पु¥याउन त्यसको विकास सजिलो थिएन । ठूलाठूला विज्ञानका कुरा मात्रै होइन, स–साना कुराहरु हाम्रा पूर्वजहरुले सिक्दै गए र त्यसलाई ज्ञानको रुपमा सिकाए । हरेक कुरालाई लयवद्ध गरे । लयवद्ध भएपछि बिर्सिंदैन । मैले सानो छँदा लेखनाथ पौड्यालको कविता पढें ।
 कविता यस्तो थियो ः 
बालक बबुरो द्विज शुकनामा 
हुँ म परेको छू पिँजडामा । 
मकन हरे ! शिव शान्ति र चैन
सपनाबीच पनि रतिभर छैन ।  

मैले यो बालक हुँदा पढेको हुँ । तर म अहिलेसम्म पनि किन सम्झन्छु ? कसरी सम्झिन्छु ? म २०२७ सालमा काठमाडौं आएँ । त्योभन्दा २÷३ वर्ष अगाडि मैले अगमसिंह गिरीको कविता पढेको थिएँ । कवि अगमसिंह गिरी काठमाडौं घुमेर गएछन् । अनि उनले आपूm बास बसेका ठाउँहरुको सम्झना गर्दै एउटा कविता लेखेछन् ः  
चित्लाङ मार्खु भीमफेदी कुलेखानी गाउँमा 
नमस्कार छ भन्दिनु है बास बसेको ठाउँमा ।

त्यो कविता मैले एकपटक पढें । ‘चित्लाङ मार्खु भीमफेदी कुलेखानी गाउँमा, नमस्कार छ भन्दिनु है बास बसेको ठाउँमा’ कति सजिलो छ सम्झिन । त्यो सायद ५५ वर्षभन्दा बढी भयो, तर अहिलेसम्म सम्झिराखेको छु । किनभने यसमा लय छ, यसमा छन्द छ । लय र छन्दका कुराहरु बिर्सिंइनन् । त्यसैले हाम्रा अग्रजहरुले, पूर्वजहरुले ज्ञान दिंदा उनीहरुले लयवद्ध बनाएर दिए । जसबाट हामी सम्झन सक्छौं । यदि हामीले पढेका कुराहरु ज्यामितिका सुत्र, अल्जेब्राका सुत्र, गणितका सुत्र, र विज्ञानका सुत्र जस्तै भ्. mअद्द  सम्झेका छौं । किनभने यो सुत्रमा छ । यो सुत्रमा भएको हुनाले सम्झिन सजिलो छ । हाम्रा पूर्वजहरुले त्यो कुरा बुझेर नै सुत्रको सुरुवात गरेका थिए ।

पाणिनि व्याकरणको जनक भाषा के हो । कालहरु के हुन् ? अंक, लिङ्ग के हुन् ? कसरी त्यो प्रयोग हुन्छ ? सबैभन्दा पहिले पाणिनिले त्यसलाई शास्त्रको रुपमा र सुत्रको रुपमा बताए । कालिदासले नाटक पनि लेखे अभिज्ञानम् शकुन्तलम । त्यो बडा रोचक छ । अहिले म त्यसको संक्षिप्त पनि भन्न भ्याउँदिन । मेघदूत जस्ता कविताहरु लेखे, काव्यहरु लेखे । अरु विभिन्न विद्वानहरुले लेख्दै गए । २६ सय वर्ष अगाडि तक्षशीला विश्वविद्यालय खुल्यो । यो हिमवत्खण्डको कुरा हो । तक्षशीला विश्वविद्यालय विश्वको प्रथम विश्वविद्यालय हो । यो २६ सय वर्ष अगाडिको कुरा हो । त्यस विश्वविद्यालयका विद्यार्थी चाणक्य, जसले चाणक्य नीति लेखे । भाइवहिनी जस्ता युवा हुँदा असाध्यै विलक्षण प्रतिभावान् भएको हुनाले उनको नाम कौटिल्य पनि राखिएको थियो । उनले कौटिल्य अर्थशास्त्र पनि लेखे । अर्थशास्त्रको जनक को हो भनेर मैले सोधें भने तपाईंहरुले एडम स्मिथ भन्नु हुन्छ । जो १८औं शताब्दीको हुनुहुन्छ । कौटिल्यको अर्थशास्त्र चाहिँ ईशापूर्व ३ सयभन्दा अगाडिको हो । एडम स्मिथको अर्थशास्त्रसम्बन्धी लेखन १८औं शताब्दीको हो । पाँचौ शताब्दीमा नालान्दा विश्वविद्यालय खुल्यो । नालान्दा विश्वविद्यालयका आर्यभट भन्ने गणिताचार्यले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाए । पृथ्वी चेप्टो होइन, गोलो छ भने । धुलौटोमा कोरेर हिसाब गरेर गणितबाट पृथ्वीको आकार कत्रो छ, पृथ्वी र सूर्यको दूरी कति छ भन्ने नापे । अहिले विज्ञानले त्यसलाई पुष्टि गरेको छ । पृथ्वीको गोलाइ कति छ, यसको ब्यास कति छ, पृथ्वीको तौल कति छ, पृथ्वीबाट चन्द्रमाको दूरी कति छ, चन्द्रमाको तौल कति छ, यो पनि नापे ।

 गुरुत्वाकर्षणको सिद्धान्त के हो, गुरुत्वाकर्षण के हो भन्ने कुराको प्रतिपादन न्युटनले १५ औं शताब्दीमा गरे । न्युटनले रुखबाट स्याउ किन भुइँतिर झर्छ, माथितिर किन जाँदैन भनेर बडो रिसर्च गरेका  थिए । यो कुरा छैटौं शताब्दीमा आर्यभटबाट स्थापित भइसकेको थियो । त्यो बाहेक १२ औं शताब्दीमा भाष्कराचार्यले गुरुत्वाकर्षणको सिद्धान्त शिरोमणि पुस्तक लेखे । आर्यभटले छिटफुट आफ्ना निष्कर्ष व्यवस्थित गरेका थिए भने ११५० मा भाष्कराचार्यले सिद्धान्त शिरोमणि भन्ने पुस्तक लेखे । जसमा गुरुत्वाकर्षणको सिद्धान्तका बारेमा बृहत र विशेष व्याख्या छ । सिद्धान्त शिरोमणि भन्ने पुस्तक १२१० मा प्रकाशन भयो । त्यस बेलाको चलन अनुसार प्रेस थिएन । जे थियो त्यसैलाई उनले  वितरण पनि गरेका थिए । 

त्रेतायुगमा अहिलेभन्दा करिव ४ हजार वर्ष अघि जनकपुरमा राजा जनकको दरवारमा (ईशापूर्व करिव २ हजार वर्ष अगाडि, यद्यपि मान्छेहरुले १२ हजार, ९ हजार, ७ हजार वर्ष भन्छन् तर विज्ञानले त्यसलाई पुष्टि गर्दैन, विज्ञानले ४ हजार वर्षको आसपास भन्छ) शास्त्रार्थ हुन्थ्यो । मैले अघि भनें–१० हजार वर्ष अगाडि मान्छेहरु बल्ल गहुँ र आलु खेती गर्न सक्दिै थिए । गहुँ छरेका ठाउँमा उम्रिएपछि छक्क पर्दै ‘ए यसरी छर्यो भनेर उम्रिने रहेछ !’ भनेर मान्छेले बल्ल जानेको बेलामा जनकको दरवारमा संसारको ज्ञान विज्ञानको शास्त्रार्थ हुन्थ्यो । त्यस समयमा ज्ञानको बारेमा, दर्शनको बारेमा, राज्य के हो, आदिका बारेमा छलफल हुने गर्दथ्यो । 

सुकरात बुहतै विद्वान थिए, उनका शिष्य प्लेटो र अरस्तु पनि विद्वान थिए । सुकरात बुद्धकालीन हुन् । तर त्योभन्दा कम्तिमा १४ सय वर्ष अगाडि दर्शनका बारेमा यहाँ प्रमाणित हिसाबले छलफल हुने गर्दथ्यो, चर्चा हुने गर्दथ्यो । योगका आविष्कारक भने हामी शिवलाई भन्छौं । आदियोगी शिव यस ठाउँका थिए । जसले जुन २१ अर्थात् सबैभन्दा लामो दिन जहाँबाट सूर्य दक्षिणायन लाग्छ, त्यस दिन आफ्ना ७ जना शिष्य राखेर योगका बारेमा बताएका थिए । अहिले अन्तर्राष्ट्रिय योग दिवस भनेर हामी त्यसैलाई मनाइरहेका छौं । त्यो यहाँ पत्ता लागेको थियो । त्यसको पहिलो व्यवस्थित दर्शन ‘साङ्ख्य दर्शन’ हो । त्यसका प्रणेता कपिलवस्तुका कपिलमुनि थिए । कपिलमुनिका नामबाट बनेको कपिलवस्तु जिल्ला हामीसँग छँदैछ । उनले साङ्ख्य दर्शनका आधारमा योगको विकास गरे । पछि पतञ्जलीले त्यसैलाई व्यवस्थित गरेर अष्टाङ्ग योग भन्ने लेखे । पतञ्जली अर्घाखाँचीका थिए, पाणिनि अर्घाखाँचीका थिए, कपिलमुनि कपिलवस्तुका थिए, बुद्ध  लुम्बिनीका थिए, राम अयोध्यापुरी ठोरीका थिए । यो भन्दा कसैलाई टाउको दुख्नु बेग्लै कुरा हो । सीता जनकपुरकी थिइन्, भृकुटी काठमाडौं गहना पोखरी छेउकी थिइन् । हाँडीगाउँको गहना पोखरी तपाईंहरुलाई थाहा छ नि ! पहिले वेद लिपिमा थिएन । वेदलाई लिपिमा ल्याउने ब्यास तनहुँका थिए । 
अहिलेभन्दा करिव २८ सय वा ३ हजार वर्ष अगाडि पहिलो सर्जरी विधा यहीं प्रयोग भएको थियो । त्यसबेला विरोधी सेनाले नाक काटेको एकजना अधिकृतको सुश्रुत ऋषिले अपरेशन गरेर जस्ताको तस्तै जोड्दिएका थिए । यो तथ्य हामी पाउन सक्छौं । मुटुको सर्जरी कसरी गर्ने, ब्रेनको सर्जरी कसरी गर्ने, पेटको सर्जरी कसरी गर्ने, आन्द्रामा घाउ लागेर क्यान्सर भयो भने समयमै काटेर कसरी हटाउने जस्ता कुराहरु र त्यसका लागि चाहिने औजारहरुका बारेमा सुश्रुत संहितामा उल्लेख छ । अथवा सर्जरी संहिता लेख्ने उनै सुश्रुत सर्जरीका जनक, जो नेपाली थिए । ऋषि विश्वामित्र नेपाली थिए, जसले मन्त्रहरुको मन्त्र गायत्री मन्त्र बनाए । वेदका रचयिता  यहाँका मान्छे थिए । ज्ञानका सर्जक यहाँका मान्छे थिए । 

मैले यो के मात्र भन्न खोेजेको हुँ भने, तपाईंहरु त्यस्ता पूर्खाहरुको सन्तान हो । आफूलाई पाखुराइ, बलियो, म सुरो, बहादुर मात्रै ठान्ने होइन । त्यस्ता पूर्खाहरु, जसले दुनियाँलाई ज्ञान सिकाए, दुनियाँमा ज्ञानको सिर्जना गरे, विज्ञानको सिर्जना गरे, प्रविधिको सिर्जना गरे तिनका सन्तानले आफूलाई बहादुर मात्र होइन, ज्ञानी ठान्नु पर्छ । सबैभन्दा पहिले कपडा बुन्न कहाँ सिकाए, यहाँ सिकाए । कपडा बुन्नु प्रविधि होइन ? त्यसलाई त अहिले विकास गरेका न हुन् । परेवालाई तालिम दिएर टाढा टाढासम्म चिठी पठाइन्थ्यो । त्यो प्रविधि त अहिले छैन, मोबाइलले काम गरेको छ । हाम्रो प्रविधिको विकास त्यहाँसम्मको थियो । म भाइबहिनीहरुलाई भन्न चाहन्छु– हामी त्यस्ता पूर्खाका सन्तान हौं । तिनको जीन हामीसँग छ र तिनको जेनेटिक मेमोरी पनि हामीसँग छ । त्यसकारण मौका पाउने बित्तिकै हामी असाधारण ढंगले सिक्न सक्छौं । 

जेनेटिक मेमोरीको के अर्थ हुन्छ भन्ने कुरा शिक्षक गुरुहरुले पनि प्रयोग गर्नु भए हुन्छ । यी भाइबहिनीहरुसँगै तपाईं एउटा गाईको बाच्छो पनि ल्याएर पढाउनुस् । गाईका पूर्खाको त्यस्तो दुःख गराइ छैन, कष्ट गराइ छैन । तिनीहरुले धेरै दुःख नगरेको हुनाले उसको जेनेटिक मेमोरीमा उसलाई बोल्न आउँदैन । तपाईं जति तालिम दिनुस्, उसलाई बाँ मात्र गर्न आउँछ । चराले अलिकति सिक्छ । कति सिकाएपछि ‘गोपीकृष्ण कहो’ भन्छ । ‘गोपीकृष्ण कहो’ भन्दा त्यो के भनेको उसलाई थाहा हुँदैन । के भनेको हो भन्यो भने ‘गोपीकृष्ण कहो’ भन्छ । के भनेको तैंले, ‘गोपीकृष्ण कहो’ मात्र भन्छस् भन्दा पनि उसले  ‘गोपीकृष्ण कहो’ भन्छ । त्यसको अर्थ उसले बुझ्दैन, नक्कल मात्रै गर्छ । यसमा आफ्नो योगदान चाहिं बहुत सानो प्रतिशत मात्रै छ र पूर्वजहरुको योगदान बहुत ठूलो प्रतिशत छ भनेर मान्नु पर्छ । ‘इफ देयर इज नो बेस अफ जेनेटिक मेमोरी अफ आवर एनसेस्टरस्, देन उइ कुड नट लर्न सो फास्ट ।’ त्यो सम्भव हुँदैन । हाम्रा पूर्वजहरुको जेनेटिक मेमोरीले बहुत धेरै काम गरेको छ । यू ह्याव द जेनेटिक मेमोरी । त्यसकारण यू क्यान वि टप लर्नेस्ट पर्सन्स्, टप रिसर्चर्स, टप साइन्टिस्टस्, टप टेक्नोलोजिस्टस् अफ द वल्र्ड ... । त्यहाँ आत्मविश्वासको आवश्यकता छ । त्यो जेनेटिक मेमोरीले तपाईंलाई असाध्यै साथ दिन्छ, किनभने हामी त्यस ठाउँका मान्छे हौं, ती पूर्खाका सन्तान हौं ।

एउटा चिन्ताको विषय छ– हाम्रो देश गरिब किन छ ? यहाँ हिमाल छ, हिउँ छ । त्यो टल्किने मात्रै होइन, हिमालको धेरै गम्भीर अर्थ छ । हिमाल हाम्रा निम्ति मात्रै होइन, हिमाल यस धर्तीको लागि महत्वपूर्ण छ । त्यो संसारको ‘लार्जेष्ट कुलिङ सेन्टर’ हो । ‘नेचुरल कुलिङ सेन्टर अफ द वल्र्ड’ । यो क्यान्सर (कर्कट) र क्याफ्रिकन (मकर) रेखाको बीचमा छ ।  कर्कट रेखा र मकर रेखको बीचमा जुन उष्णता हुन्छ, त्यस उष्णताले हावा बहन्छ । हावा जति हिमालको नजिक हुँदै जान्छ, त्यति चिसो हुँदै जान्छ । हिमालमा ठक्कर खाँदा त्यो बरफ बन्छ र पछि पग्लिन्छ । त्यो आफैं पानीको रुपमा भुइँमा खस्न थाल्छ । हावामा जो पानी छ, त्यो खस्न थाल्छ । जुन तातोपन छ, त्यो समाप्त हुन्छ ।

जंगलमा बोट विरुवा किन उम्रिन्छन् ? पानी नपरेका बेला पनि बोट विरुवा कसरी उम्रिराखेका छन् ? कसरी हाम्रा पहाडहरु, हाम्रा मैदानहरु उर्वर छन् ? किन यहाँ मरुभूमि छैन ? यहाँको जमिन किन उर्वर छ ? किनभने हामीसँग हिमाल छ । हाम्रा नदी हिमालका उपज हुन् । नत्र पानी पर्छ, पानी परेका बेलामा भेल जान्छ, सिद्धिन्छ । तर हाम्रा नदीहरु त सधैं बग्छन् । हिमालले आफ्ना काँधमा बोकेर बसेको हिउँले यहाँका नदीहरु सधैं बग्छन् । हिउँ विस्तारै विस्तारै चुहिंदै जान्छ । यो प्राकृतिक रिचार्ज सिस्टम असाधारण छ । हामीले वातारण र जलवायु परिवर्तनमा हिमालको महत्वका बारेमा विश्वलाई बताउन सकेका छैनौं । उनीहरुले यस मामलामा पर्याप्त ध्यान दिइरहेका छैनन् । हामीले उनीहरुको ध्यानकर्षण गर्नु पर्ने छ । 

हामीसँग हिमाल छ, जहाँ चट्टान छ । चट्टानहरुको काम के हो ? तिनीहरुले पानी बोकेर बसेका हुन्छन् । पानी परेका बेला चट्टानले पानी बोक्छ । चट्टान भिज्छ, चट्टानभित्र पानी पस्छ । अनि चट्टानले पानी थोपाथोपा गर्दै छोड्दै जान्छ । त्यसपछि पानीका मुलहरु फुट्छन् । मुल फुट्ने भनेको के हो ? भित्र पानी पोखरी भएर बस्ने होइन । जहाँ चट्टान छ, त्यो चट्टानमा पानी बस्छ । चट्टानबाट पानी थोपाथोपा गर्दै आउँछ र मुल फुट्छ । सतहबाट हिउँ पग्लिएर खोल्सी बग्छ । मिनरल वाटर माथिबाट होइन, भित्रबाट निस्किन्छ । हिउँ पग्लिएर आएको पानीमा धेरै मिनरल हुँदैन । मिनरल वाटर चाहिं चट्टान भित्रका मिनरल हुँदै, मिनरलसँग खेल्दै आएको पानी हो । यसरी नेचुरल वाटर रिचार्ज सिस्टम हुन्छ । यस्तो धर्तीमा हामी छौं । यो धर्ती बिगारेर मात्रै बिग्रिएको हो । त्यसकारण म हाम्रा भाइबहिनीहरुलाई हाम्रो धर्ती चिन्न, हाम्रो देश चिन्न, हाम्रो इतिहास चिन्न, हामी कसका सन्तान हौं भन्ने कुरा बुझ्न, कस्तो भूगोलका सन्तान हौं भन्ने कुरा बुझ्न आग्रह गर्न चाहन्छु । मैले यत्रो ब्याख्या गर्नुको अर्थ त्यही हो ।

अघि मैले अरस्तुको एउटा किस्सा सुनाएँ । अरस्तुको समयमा २५ सय वर्ष अगाडि युरोपमा एउटा बृहत विद्वत भेला भएको थियो । त्यो साह्रै ठूलो भेला थियो । युरोप भरिका विद्वान सबै वरिपरि बसेका थिए । अरस्तु (अहिले म जस्तै मञ्चमा) अगाडि बसेका थिए । युरोपका विद्वानहरुले दर्शन बारे, राज्य बारे, जनता बारे, राज्य कसरी चलाउने, कर कसरी उठाउने, सुशासन के हो, कसरी कार्यान्वयन गर्ने, दण्ड के हो, पुरस्कार के हो, यी यावत विषयमा उनीहरु छलफल गरिराखेका थिए । दर्शनका, अर्थतन्त्रका, राजनीतिका सबै विषयमा छलफल गरेका थिए । त्यसको निष्कर्षतिर पुगेपछि एकजना विद्वानले अरस्तुलाई सोधे– महापण्डित अरस्तु, म एउटा अन्तिम प्रश्न तपाईंसँग गर्न चाहन्छु । अरस्तुले के प्रश्न हो भन्नु भयो । हामी युरोप भरिका यत्रो विद्वान, एक से एक विद्वान यहाँ आएका छौं । कोहीभन्दा कोही कम छैन । आफ्ना आफ्ना विषयका, क्षेत्रका असाधारण विद्वान, ख्यातिप्राप्त विद्वानहरु छन् । सबै विद्वान मात्रै भनिन्छ । सबै एकसेएक  पण्डितहरु छन्, विद्वान छन् । तपाईंलाई महापण्डित भनिन्छ । एकसेएक गुरुहरु छन्, तपाईंलाई किन महागुरु भनिन्छ ? यहाँ भएका विद्वानहरुले नजानेको तपाईंले के जान्नु भएको छ ? के बढी जानेको छ र तपाईं महापण्डित हुनुभयो, बताइदिनुस् गुरु ! अरस्तुले मुस्कुराएर भने–सायद यो ठिकै होला, तपाईंहरुले नजानेको कुरा सायद मैले एउटा जानेको छु होला जस्तो लाग्छ । त्यसकारण तपाईंहरु विद्वान्, म महाविद्वान्, तपाईंहरु पण्डित, म महापण्डित हो कि जस्तो  लाग्छ । फेरि प्रश्न आयो–हामीले भन्दा बढी तपाईंले जानेको कुरा के हो त ? अनि अरस्तुले भने–तपाईंहरुलाई विद्वान छु भन्ने लाग्छ, जानेको छु भन्ने थाहा छ । तर मलाई म केही पनि जान्दिनँ भन्ने थाहा छ । त्यसकारण म तपाईंहरुले भन्दा बढी मैले एउटा विषय पक्का जान्दछुु, त्यो के हो भने म केही पनि जान्दिनँ । यो भनेको के हो भने यो संसारमा ज्ञानको अथाह भण्डार छ । हामीले जानेको कुरा एकदम थोरै हो । जिरो जिरो जिरो टाढासम्मको जिरो हालेर १ लेख्नु भयो भने हाम्रो नलेज त्यो भन्दा पनि कम हुन्छ ।

संसार जान्न सजिलो छैन । ज्ञान प्राप्त गर्न सजिलो छैन । हामी एक क्षेत्रको, एक तहको, एक समयको, एक विधाको कुरा जान्दछौं । त्यसलाई हेरेर हामीले महाविद्वान भयौं भन्ने ठान्यौं भने ज्ञानको त्यहीं मृत्यु हुन्छ । तसर्थ जान्दछु, जान्दछु दिमागमा घमण्ड राख्दै नराख्नु । दैलोबाट नपस्नेगरी नफुल्नु । मान्छे फुल्दा फुल्दा घर जाँदा कस्तो भइसक्छ भने दैलोमा नै नअट्ला जस्तो, भित्तो फोर्लाजस्तो हुन्छ । त्यस्तो नहुनु । ती (पीएचडी गरेर मलाई भेट्न आउने) बाबुले मसँग कुरा गरेको भिडियो लुकुेर खिचेछन् र अरु सबै कुरा कटाएर पीएचडी गर्दैमा केके न जानिन्छ, सबै कुरा जानिन्छ भन्ने होइन भन्ने मात्रै राखेर भिडियो बाहिर पठाए । मैले यसो  विचार गरें, ती बाबु खास “विद्वान” भइसकेकै रहेछन् । मलाई थाहा भएन । मैले त उनलाई भरसक राम्रै बनाउन खोजेको हो, तर बनिसकेको घरमाथि इँटा थपेको जस्तो भएछ । छतमा इँटा राख्न गएको जस्तो । जगमा राख्नु पर्ने ठाउँमा छतमा राखेको जस्तो भएछ, त्यो भिडियो भाइरल ! मलाई आरोप आयो, आपूm बज्रस्वाठ छ, पढेलेखेको छैन, अनि पढेलेखेको मान्छे देख्यो भने पीएचडी गर्दैमा सबै जानिन्छ भनेर होच्याउँछ ... । मैले कहाँ होच्याएको छु ? 

एउटा कुरा म तपाईंहरुलाई भन्न चाहन्छु– कोही पनि मानिस ठूलो हुँदैन । हामी ठूला मान्छे भन्छौं नि, तर कोही पनि ठूलो हुँदैन । उमेरले ठूलो होला, पद ओहदामा होला, तर मान्छे मान्छेको रुपमा ठूलो र सानो हुँदैन । कोही पनि मान्छे सानो हुँदैन । हामीले कसैलाई सानो देख्ने, हेप्ने, होच्याउने, आपूmलाई ठूलो देख्ने गर्नै हुँदैन । कोही पनि ठूलो छ भन्ने पनि ठान्नु हुँदैन । उसले राम्रो काम गरेको हुनसक्छ, ठिकै छ । राम्रा कामको प्रशंसा गर्दिऔं । तर, मान्छे सानो पनि हुँदैन, ठूलो पनि हुँदैन । मान्छे मान्छे हो । जवाफदेही ठूलो हुनसक्छ । उसले कामको अलिक ठूलो जवाफदेही लिइराखेको हुनसक्छ । हो त्यो काम उसले गर्छ । अर्कोले सानो काम लिएको होला, त्यो काम उसले गर्छ । गेट पाले सानो काम होला । तर गेटपाले भएन भने तपाईंको कलेज चल्दैन । उसको पढाइ कम होला । तपाईंको कलेजको महत्वपूर्ण मान्छे गेट किपर हो ।  किनभने उ नभए चल्दै चल्दैन यहाँ । सरसफाई गर्ने मान्छे महत्वपूर्ण हुन्छ, नत्र यहाँ फोहोरको डंगुर हुन्थ्यो । त्यसकारण आफ्ना आफ्ना ठाउँमा सबैको आफ्नो काम छ । कुनै पनि काम सानो छैन । सानो काम नगरेको भए यहाँ धुलोको डंगुर हुन्थ्यो नि । खाना पकाउने काम सानो हो भन्ने ठानियो भने भोकैले मरिन्छ । लुगा धुने काम सानो हो भन्ने ठानियो भने फोहोर भएर खत्तम हुन्छ । कुनै पनि काम सानो हुँदैन । 

मैले अलिकति प्राक्कथनमै समय लिएँ । अब म तपाईहरुको प्रश्नतिर जान चाहन्छु ।

मैले विद्यार्थी र विद्यार्थी भएकै नाताले यस प्रश्नमा ध्यानकर्षण गराउन चाहें, सामाजिक सञ्जालमा विदेश पलायन हुन बाध्य दुई युवकको तस्विर भाइरल भएको थियो । यी दुई युवक नेपाली युवकका प्रतिनिधि पात्र हुन् । त्यसैगरी अब अहिले बोलिरहंदा त्रिभुवन विमानस्थलमा आफ्ना झोलाभित्र आमाको फोटो र देशको माटो राखेर कयौं युवाहरु विदेशिंदै छन् । साँच्चै हामी युवाका लागि देशमा सम्भावना नभएको हो कि हामीले सम्भावना देख्न नसकेका हौं ?

मलाई लाग्छ, यस प्रश्नको जवाफ मैले सविस्तार दिइसकें । हाम्रो देशको प्रकृति कस्तो छ, सम्भावना कस्तो छ, हामी कस्ता पूर्खाका सन्तान हौं, उर्वरता, ‘इनोभेसन, क्रियसन अफ नलेज, एक्सपानशन अफ नलेज’, बुद्धले त्यही काम गरे । विश्वमा ज्ञान छरे, ज्ञान छर्दै हिंडे । बुद्धले जस्तो कसैले ज्ञान छर्दै हिँडेको अन्त कहीं सुन्नु भएको छ ? विश्वव्यापि रुपमा जहाँ जहाँ सके बुद्ध ज्ञान छर्दै हिंडे । यस्तो देश यहाँ सम्भावनाहरु छन् । जम्माजम्मी दरिद्रता, पछौटेपन, शासकीय स्वार्थ, निजी स्वार्थ, पारिवारिक स्वार्थ र मिस म्यानेजमेन्टले हामीलाई पछि धकेलेको छ । यो देश कमजोर भएको मिस म्यानेजमेन्टले हो । यहाँ राजनीतिक व्यवस्थापन, आर्थिक व्यवस्थापन, सामाजिक व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, शिक्षाको व्यवस्थापन, विभिन्न क्षेत्रको व्यवस्थापन भएन । नेशन विल्डिङ प्रोसेस निड्स भेरी एक्सिलेन्ट एण्ड गुड म्यानेजमेन्ट इच एण्ड एभ्री फिल्ड । यो कलेजको व्यवस्थापन ठीक भएन भने व्यवस्थापन विषय पढाउने कुरा पनि सम्भव हुँदैन । कलेजको व्यवस्थापकीय कुरा, व्यवस्थापनको कुरा ठिक छ भने तपाईं व्यवस्थापनको विषय पढाउन सक्नु हुन्छ । जुनसुकै विषय पढाउनुस्, व्यवस्थापन आवश्यक छ । त्यसै गरेर राष्ट्र चलाउन पनि उचित व्यवस्थापन हुनुपर्छ । व्यवस्थापन खुस्कियो भने एकथोक हुन खोजेको अर्को थोक हुन्छ । अहिले सरकार परिवर्तन भएको देख्नु भयो नि ! मिस म्यानेजमेन्ट भएछ । गठबन्धन भनेको तपाईंहरुले सुन्नु भएको हुँदो हो । गठबन्धनभित्र ‘प्रपर म्यानेजमेन्ट भएन, मिस म्यानेजमेन्ट’ भयो, गठबन्धन टुट्यो । तपाईंले खान भनेर चियाको कप समाउनु भयो, राम्ररी समाउनु भएन भने खुत्रुक्क झरेर कप पनि गयो, चिया पनि गयो । त्यसकारण खाली सिसाका, काँचका चिजहरु मात्रै ‘ह्याण्डल विथ कियर’ होइन, ‘ह्याण्डल विथ कियर एभ्रिथिङ’ हो । 

हाम्रा अगाडि सम्भावना छन् । समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा हो । ‘अल अफ अस’– ‘उइ वान्ट प्रस्परस नेपाल एण्ड ह्याप्पी नेपाली’। हामी त्यही चाहन्छौं, नेपाल समृद्ध हुनुप¥यो र नेपालीहरु सुखी हुनुप¥यो । अङ्ग्रेजी शब्द ह्याप्पीको नेपालीमा खुशी हुन्छ । सुखी’को अङ्ग्रेजी पनि ह्याप्पी हुन्छ । हामीले चाँहि खुशी भनेको होइन सुखी भनेको हो । खुशी भनेको क्षणिक कुरा हुन्छ । फेबु्रवरी १४ आउँदै छ । एउटा खुट्टा खुम्च्याएर, अर्को घुँडा टेकेर एउटा पूmल यसो साथीले दियो भने मान्छे खुशी हुनसक्छ । त्यो खुशीको क्षण हो । साथीले आउ न चिया खाउँ भन्यो, आत्मियता देखायो भने खुशी हुन्छ । राम्रो व्यवहार ग¥यो भने मान्छे खुशी हुन्छ । मान्छेलाई ठूलो कुरा होइन, एउटा सानो गिफ्ट दिनुस्, मलाई यस्तो माया ग¥यो भनेर साथी खुशी हुन्छ । खुशी भनेको इस्युवाइज हुन्छ, आवधिक हुन्छ । त्यसमा समयको सीमा हुन्छ । ह्याप्पीनेस त्यस्तो होइन । यो जीवनको कुरा हो । लाइफलङको कुरा हो । खुशी भनेको एकछिन्का लागि मात्रै हो, यसबाट सुख प्राप्त हुन्छ भन्ने छैन । तपाईंले पूmल बोकेर जानु भयो, तर तपाईंको घरमा पकाएर खाने चामल छैन भन्ने बित्तिकै तपाईं हातको पूmल फत्त भुइँमा राख्नु हुन्छ । अब पेटको समस्याले अघिको त्यत्रो खुशी भुइँमा झ¥यो । के गर्ने, पूmल त दिएको थियो, अहिलेलाई खाने कुरा छैन । त्यो पूmल कहिले फक्रिने हो थाहा छैन । फक्रिन्छ कि फक्रिंदैन त्यो पनि थाहा छैन । तर यहाँ अहिलेलाई खाने चामल छैन भनेपछि तपाईंसँग सुख छैन । सुख समग्रता हो । त्यसकारण हामी समाजलाई सम्मुनत बनाउन चाहन्छौं, समृद्ध बनाउन चाहन्छौं र सिंगै नेपाली जनता र जातिलाई सुखी बनाउन चाहन्छौं । 

तपाईंहरु अहिले पढ्दै हुनुहुन्छ । पढ्दै गर्दा तपाईंहरुले कुनै पुलको इन्जिनियरिङ ठीक भइराखेको छ कि छैन हेर्न सक्नु हुन्न । त्यो त्यहाँको मान्छेले गर्ने हो । तपाईंहरुको अहिलेको काम पढ्नु हो । पढाइ कहिल्यै टुंगिंदैन, एक लेबलमा टुंगिन्छ । तपाईंहरुले मेरो पढाई टुंगियो भनेर कहिल्यै नभने पनि हुन्छ । मैले मास्टर्स सकें भन्नुस्, मैले स्नातक सकें भन्नुस्, मैले पीएचडी सकें भन्नुस् । त्यो मात्र सकिएको हो । तर तपाईंले मेरो पढाइ सकियो, मैले पढाइ सिध्याएँ, पूरा भयो भन्दा भाषा मिल्दैन । ज्ञान आर्जन गर्ने कुरा भनेको लगातारको प्रक्रिया हो । मैले मास्टर्स सकें, फलानो विषयमा पीएचडी सकें भन्ने हो । हाम्रा युवाहरुलाई हामीले विदेश जानबाट बलजफ्ती रोक्न सक्दैनौं, रोकिने परिस्थिति निर्माण गरिनु पर्दछ । हामीले यहाँ रोजगारीका अवसर सिर्जना गर्नु पर्दछ । अर्को कुरा आकर्षक रोजगारीको अवसर यहाँ चाहिन्छ । रोजगारीको अवसर भन्दैमा पनि हुँदैन । तुलनात्मक रुपमा रोजगारीको अवसर यहाँ उपलब्ध हुनुप¥यो, अनि मात्रै उनीहरु यहाँ बस्छन् । बाहिर जाँदैनन् ।

राजनीतिमा युवाको चासो बढ्दो क्रममा देखिन्छ । हाम्रो स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा युवाको संलग्नता लोभ लाग्दो थियो । युवा देशका लागि कर्णाधार हुन् भन्ने सबैलाई अवगत नै छ । युवाको यस्तो चासोलाई कसरी बुझ्नु भएको छ र आगामी दिनमा युवाको राजनीतिमा भूमिका के कस्तो होला ?

म २०२२ सालमा १४ वर्षको थिएँ । त्यस बेला बोल्न नपाइने, लेख्न नपाइने, छाप्न नपाइने (पञ्चायती) व्यवस्था थियो । यस्तो कुरा थाहा पाएपछि मलाई त्यो व्यवस्था मन परेन । राजतन्त्र निरंकुश थियो । त्यसको विरोध कसरी गर्ने, त्यसका विरुद्ध कसरी जाने र त्यसलाई ठीक पारेर कसरी जनताको व्यवस्था ल्याउने, जनतालाई अधिकारसम्पन्न कसरी बनाउने भन्ने कुरामा म सरिक भएँ । २०२३ सालबाट यसका लागि संगठित हुनुपर्छ जस्तो लाग्यो । मैले नै एउटा सानो आफ्नो साथीहरुको ग्रुप बनाएर सांगठनिक जीवनको सुरुवात गरें । कसैसँग संगठनको केही अनुभव थिएन । संगठन बनाएपछि एउटा नेता चाहिन्छ, अरु सदस्य बनाउनु पर्छ भन्ने कसरी सिकियो, कसरी लागियो, थाहा छैन । त्यहाँ एउटा मिनट (माइन्युट) पनि लेखियो । पछि मैले थाहा पाउँदा पहिलो मिनट (माइन्युट) नोट मैले ठिकैठिकै लेखेको रहेछु । मलाई अचम्म लाग्यो । २०२५ सालमा म राजनीतिमा पूर्णकालिक कार्यकर्ताको रुपमा उभिएँ । 

मेरो काम दुईवटा थियो, एउटा अध्ययन गर्नु, अर्को, आपूmले अध्ययन गरेका कुराहरुको विस्तार गर्नु । म अध्ययन गर्थें र त्यो विस्तार गर्थें । म २१ वर्ष  पूरा भएर २२ वर्ष लाग्दा मलाई फासीको सजायको माग गरेर गिरफ्तार गरियो । गोलघरमा हालेर मुद्दा चलाइयो । संयोगको कुरा हो मलाई फासीको सजाय भएन । मैले ५३ वर्ष जेल सजायको फैसला सुनें । मलाई ५÷७ वटा नक्कली मुद्दाहरु लगाइयो । केही वर्ष मुद्दामा राखियो । ती मुद्दाहरु सिद्धिए । मुद्दा सिद्धिएपछि पञ्चायती व्यवस्थाले आफ्नो आचरण देखायो । मुद्दा केही छैन, तर १४ वर्षसम्म मलाई थुनेको थुन्यै ग¥यो । किन थुनेको भन्दा कसैसँग पनि त्यसको जवाफ छैन । तपाईं छुट्दा शान्ति सुव्यवस्था खलबलिने हुँदा थुनामा राखिएको छ भनेर पूर्जी लेखेर पठायो । मलाई पोखरा जेलमा लगेर थुनेको छ भने पोखरा नगर पञ्चायत वडा नं ५ मासवार डेरागरी बस्ने तपाईंले शान्ति सुव्यवस्था खल्बल्याउने देखिएको हुँदा यो पुर्जी जारी गरिएको छ भनेर लेख्थ्यो । तपाईंलाई गिरफ्तार गरी थुनामा राखिन्छ भनेर पठाएको हुन्छ । म जेलभित्रै छु । म पोखरा गएकै छैन, पोखरा घुमेकै छैन । पोखरा नगर पञ्चायत वडा नं ५ मासवार डेरागरी बस्ने भनेको छ । कसका घरमा डेरागरी बस्ने ? म पोखरा पञ्चायत वडा नं ९ मा भएको जेलमा बस्थें । मेरो बसाइ जेलमा छ, ठेगाना राख्छ मासवार ५ । त्यसबेला मासवार वडा नं ५ मा पर्दथ्यो भन्ने कुरा त्यही पूर्जीबाट मैले थाहा पाएको हुँ । अहिलेसम्म मलाई अरु थाहा छैन । मेरा दिन त त्यसरी बिते । 

जेलमा मैले एकदुईवटा कुरा जारी राखें । जेलमा म असाध्यै धेरै बिरामी भएँ, सायद अत्याधिक चुटाइको कारणले होला । मलाई चिप्ले कीराले सिङ बाहिर भित्र गरेजस्तो गर्न आउँदैन । चिप्ले कीराले अनुकूल अवस्था आउने बित्तिकै सिङ टाउको बाहिर निकाल्छ, यसो बाहिर हेर्छ, केही खतरा देख्यो भने फुत्त भित्र तान्छ । मलाई त्यस्तो गर्न आउँदैन । राजतन्त्रको विरोध गरेको हो भनेर सोध्छन् । म भन्छु– हो त । गणतन्त्रवादी हो ?– हो । राजतन्त्र फाल्नु पर्छ भन्ने ठान्ने हो ?– हो । मलाई कसले गणतन्त्रवादी बनायो भनेर सोधियो । मलाई गणतन्त्रवादी बनाएको कुनै कम्युनिष्ट वा कसैले होइन, संयुक्त राष्ट्र संघले हो ।  मैले सन् १९४५ मा जारी भएको संयुक्त राष्ट्रसंघको वडापत्र २०२३ सालमा पढें । त्यसले मलाई समानता सम्बन्धी कुराहरु धेरै बतायो । त्यो माक्र्सवाद जत्तिको पनि जटिल छैन, सजिलो छ । डिसेम्बर १९४८ मा जारी भएको विश्व मानवअधिकार घोषणा पत्रमा कोही पनि व्यक्ति कुलघराना, जात अथवा रंग, वर्ण, लिङ्ग, भूगोल कुनै पनि आधारमा जन्मसिद्ध सर्वश्रेष्ठ र कोही निच भनेर जन्मिएको हुँदैन भनिएको छ । सबै मानव जाति जन्मबाटै बराबर छन् । ‘वाई वर्थ अल द ह्युमन विइङ्स् आर इक्वयल ।’ कुनै पनि आधारमा जन्मसिद्ध श्रेष्ठता वा निचता हुँदैन । कोही जन्मिंदै शासक हुन जन्मिन्छ, जन्मिंदै ठूलो हुनका लागि जन्मिन्छ वा जन्मिंदै ठूलो भएर जन्मिन्छ भन्ने कुरा विज्ञानले पुष्टि नगर्ने, तर्कले पुष्टि नगर्ने, वैज्ञानिक आधार नभएको, कुनै सत्यता नभएको कुरा हो । यो एउटा हिपोक्रेसी हो । यो वकवास हो । संयुक्त राष्ट्र संघ मानवअधिकारको विश्वव्यापी घोषणा पत्रले मलाई यो सिकायो । यदि म बदमास भएको हुँ भने मलाई संयुक्त राष्ट्र संघको मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रले मलाई यस्तो बनायो । मैले सही कुरा त भन्नु प¥यो । 

राणा शासनमा कोही जन्मिंदै जर्साप् जन्मिने । राजतन्त्रमा कोही जन्मिंदै युवराज जन्मिने । यो व्यवस्था अस्तिसम्म थियो । जन्मिंदै हामीले शासक पाउने अचाक्ली भयो । यसको वैज्ञानिक आधार केही छैन, यसमा तर्क छैनन् । मैले ती कुराहरुलाई नमानेको हो । तैपनि मलाई मृत्युदण्ड भएन र फौजदारी अभियोगमा थुनियो । राजकाज मुद्दामा थुनेर यसलाई किन ठूलो मान्छे बनाउने भनेर मलाई चोर मुद्दा, ज्यानमारा मुद्दा, डाँका मुद्दा लगाए । एकपटक मेरो छातीमा ज्यानमारा, डाँका लेखेर टाँस्न स्लेट ल्यायो र फोटो खिच्न खोज्यो । ज्यानमारा डाँका लेखेको प्लेट ल्याएर मेरो छातीमा राख्नु पर्ने अरे, अनि उसले फोटो खिच्छ अरे । अनि मैले त्यो स्लेट यो छातीमा राख्ने भनेर मागें । अनि त्यो स्लेटलाई लौजा भनेर भुइँमा फाल्दिएँ । म १४ वर्ष जेल बसेर छुट्दा ३७ वर्ष लागेको थिइनँ ।आइ वाज थर्टी सिक्स । त्यति युवा उमेरमै मलाई जेलमा राखेको थियो । मैले अहिले सजिलो अवस्थामा राजनीति थालेको भए मेरो के हुन्थ्यो ? त्यतिबेला नेपालमा केही पनि थिएन । वर्ष भरिमा एउटा पनि पर्चा छरिंदैनथ्यो । कुनै विरोध हुँदैनथ्यो, कसैको बोल्ने आँट थिएन । संगठन ध्वस्त थिए । त्यस्तो बेला हामीले न्यायका लागि, अधिकारका लागि भनेर एउटा झण्डा उठायौं । अलिकति सजाय भोग्नु प¥यो । तर हामीले लड्यौं, उठ्यौं धुलो टक्टक्यायौं फेरि अगाडि बढ्यौं र सफलता प्राप्त ग¥यौं । आजका युवाहरु सचेत छन् । यू आर वेल एडुकेटेड नट एडुकेटेड, वेल एडुकेटेड । त्यसकारण तपाईंहरुले पढाइ छोडेर, पढाइ बिगारेर राजनीति गर्नुस् म भन्दिनँ । मेरो एउटा समय थियो, त्यतिबेला मैले फर्मल एडुकेशन छोडेर आन्दोलनमा हाम फाल्दैन्थेँ भने आज यो परिवर्तन म कल्पना गर्न सक्दिनथें । 

सानो हुँदा म सरदर नराम्रो विद्यार्थीभित्र पर्दैनथें । तर, मैले पढाई छोड्नु प¥यो, मैले क्याम्पस छोडेर हिंडेको हुँ । क्याम्पसको पढाइ छोडेर हिंडेको हुँ । म आज तपाईंहरुलाई त्यो गर्नुस् भन्दिनँ । किनभने आज त्यो परिस्थिति छैन । ‘यु ह्याव डेमोक्रेसी नाउ, अफ कोर्स दियर आर विकनेस एण्ड सर्ट कमिङ्ग्स्, उइ क्यान करेक्ट देम ।’ आज लोकतन्त्र छँदैछ, लोकतन्त्रका लागि सब कुछ छोडेर हिंड्नु परेको छैन । महात्मा गान्धीले तमाम विश्वविद्यालय, क्याम्पस र विद्यालयका शिक्षक कर्मचारीहरुलाई इन्डिपेन्डेन्स मुभमेन्टका लागि एक वर्षको पठनपाठन रोक र इन्डिपेन्डेन्स मुभमेन्टमा लाग, अंग्रेजलाई खेदौं अनि फेरि अर्को वर्षबाट पढाइ सुरु गरौं भनेर एक वर्षको पढाइ त्याग्न शैक्षिक जगतसँग मागेका थिए । त्यसबेला तमाम शिक्षक, विद्यार्थीले महात्मा गान्धीको त्यस आह्वानलाई मानेर स्वाधीनता संग्राममा सहभागि भएका थिए र ब्रिटिसलाई लखेटेका थिए । कहिले कहिले इतिहासमा यस्ता मोड (जङ्चर) हरु आउँछन् । राजनीतिज्ञहरुले समाजका विभिन्न हिस्साहरुलाई यसरी आह्वान गर्नु पर्छ । महात्मा गान्धीले शिक्षाको क्षेत्रमा मात्रै त्यो आह्वान गरेको होइन । उहाँले समाजका विभिन्न क्षेत्रलाई अपील गर्नु भएको हो । कहिले कहिले त्यस्ता समयहरु आउँछन् । एक वर्षको समय बलिदान गर्नु पर्ने हुनसक्छ । तर म तपाईंहरुलाई बलिदान मात्रै सिकाउँदिनँ । दिमागका दुईचारवटा स्टेज हुन्छन् । रेड, ग्रे, ग्रिन, ब्ल्याक । खराब मान्छेहरु ब्ल्याक माइन्डका हुन्छन् । कहिले कहिले विद्रोह परिवर्तनका लागि आन्दोलन आवश्यक हुन्छ, त्यतिबेला रेड माइन्डको आवश्यकता हुन्छ । कोही कोही अलमल अलमलमा कता जाऔं, कता जाऔं भन्ने ग्रे माइन्डका हुन्छन् । ग्रिन माइन्डका मान्छे धेरै सिर्जनशील काममा लाग्छन् । सधैँ लाग्ने भनेको सिर्जनशील काममा नै हो । हामीसँग ग्रिन माइन्ड हुनुपर्छ । आजभोलि ग्रिन रिभुलेशनको, ग्रिन एग्रिकल्चर लगायतको ग्रिन आएको छ । अहिले त प्रोडक्टिभ माइन्ड, ग्रिन माइन्ड हुनुपर्छ । राजनीतिमा चाख राख्ने र सहभागि हुन खोज्ने युवाहरुलाई हामीले स्वागत गर्नै पर्छ । तर एउटा कुरा के बुझ्नु पर्छ भने– युवाले राजनीतिमा लाग्नु भनेको ‘ह्या अब राजनीतिमा लाग्नु प¥यो, क्याम्पस के पढ्ने, राजनीतिमा लाग्ने, १२ पढ्दै छु, प्रधानमन्त्री हुन मन लाग्यो, म प्रधानमन्त्री हुने अब !’ यो अलिक गफ हुन्छ फेरि । त्यसो गरिहाल्ने होइन । 

राजनीतिमा लाग्नु युवाको अधिकार हो । ‘११ नै किन पढ्ने, १२ किन पढ्ने ? स्नातक किन पढ्ने ? स्नातकोत्तर किन पढ्ने ? ए बाबा.. ! एकैपटक पीएचडी गरे भैगो नि ! एसइइबाट म डाइरेक्ट पीएचडी ! अथवा ११, १२ मलाई त्यति मन लाग्दैन के, व्याचरल पनि मन लाग्दैन, म मास्टर्समा एकै पटक जान्छु । मेरो हक हो ।’ यस्तो खालको कुरा अव्यवहारिक सेन्टिमेन्ट हुन्छ । कतिपय मान्छेहरुले बिथोल्नका लागि यस्ता कुराहरु गर्दिन्छन् – ‘सानो तहबाट के जागिर खान्छौं, म्यानेजरबाट जागिर खाउ न एकैचोटी ! शिक्षकमा के सुरु गर्छौं, प्रिन्सिपल होउ न एकैचोटी ! यो लेक्चररबाट के सुरु गर्ने, वाइयात ! प्रोफेसरबाट सुरु गर न ।’ यस्तो अलिक हुँदैन । यो व्यवहारिक कुरा होइन । ‘सगरमाथा बेसक्याम्पबाट त जो पनि चढ्छ यार ! म बेसक्याम्पबाट चढ्दै जाने ? बेकार ! म त टप्लक्क टुप्पामा जान्छु ।’ यस खालका कुराहरु व्यवहारिक अलिक हुँदैनन् भन्ने कुरा हाम्रा भाइबहिनीहरुले बुझ्नु पर्छ । कुनै पनि कुराको प्रक्रिया हुन्छ । अनुभवको प्रक्रिया हुन्छ । एकैचोटी एम्बाप्पे हुन्छु, एकैचोटी मेस्सी हुन्छु, एकैचोटी अरु हुन्छु भनेर हुँदैन । ‘अब जिल्लाका खेलकुद प्रतियोगिता म खेल्दिनँ, एकैचोटी इन्टरनेशनलमा जाने हो भनेर हुँदैन । फिफा छोडेर गाउँका फुटबल बेकार कुदाइ छ । फिफा जाने, अर्कोपल्ट एम्बाप्पेसँग मेरो पर्छ के मेरो !’ खेल्नु छैन, सिक्नु छैन एम्बाप्पेसँग मेरो पर्छ भन्ने सपना देखे मेन्टल डिसअर्डरमा पुग्ने खतरा हुन्छ । पुग्ने हो, एम्बाप्पेलाई टक्कर दिने हो, एम्बाप्पेलाई हराउने हो । तर इट टेक्स टाइम, इट निड्स प्रोसेस । यी कुराहरुलाई समय लाग्छ, अभ्यास चाहिन्छ, प्रोसेस हुन्छ । कतिपटक टिमबाट धकेल्दिएर टिमबाट बाहिर निकालिदिन्छ खेल्न नदिएर । अझ राम्रो गरेर आउनु प¥यो र स्वागत गर्ने स्थिति बनाउनु प¥यो । म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु, ‘प्यासन’ मात्रै केही कुरा होइन, ‘प्यासेन्स’ हुनुपर्दछ । मलाई लाग्छ भाइबहिनीहरुले राजनीतिमा युवाको सहभागिता बुझ्नु भयो होला । यो मेरो धारणा हो ।

नेपालमा सामाजिक रुपान्तरणको आवश्यकता हामी सबैले महसुस गरेका छौं । नेपालमा हुने विभिन्न प्रशासनिक अवरोध हटाउँदै देशलाई रुपान्तरणतर्फ लैजान कसरी सम्भव छ ? यहाँले यसका निम्ति के कस्ता योजना तयार पार्नु भएको छ ?

एउटा कुरा, तपाईंहरुले समृद्ध नेपाल– सुखी नेपाली भनेको सुन्नु भएको होला । त्यो हाम्रो संकल्प हो, गन्तव्य हो, त्यो हाम्रो उद्देश्य हो । त्यस उद्देश्यका लागि हामी काम गरिराखेका छौं । त्यसलाई कसरी प्राप्त गर्ने, राजनीतिको क्षेत्रमा कसरी गर्ने, आर्थिक क्षेत्रमा कसरी गर्ने, सामाजिक क्षेत्रमा कसरी गर्ने, सांस्कृतिक क्षेत्रमा कसरी गर्ने, आन्तरिक राजनीतिमा कसरी गर्ने, बाह्य राजनीतिमा कसरी गर्ने, विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध कसरी राख्ने भन्ने विषयमा हामीले स्पष्टताका साथ आफूलाई प्रस्तुत गरेका छौं । यी सबै कुरालाई कसरी ‘ह्याण्डल’ गर्ने र कसरी ‘ट्याकल’ गर्ने ? 

सबैभन्दा पहिले राजनीतिक नेतृत्व सफा हुनुपर्छ, स्वच्छ हुनुपर्छ । एकजना कवि, हरिभक्त कटुवाल अहिले वित्नु भयो, उहाँले एउटा कविता लेख्नु भएको थियो । त्यसको दुई लाइन म साथीहरुलाई सुनाउन चाहन्छु । 

जुनलाई टाढैबाट हेर प्रिय, नजिकैबाट हे¥यो भने दागका धब्बा देखिन सक्छ! त्यसैगरी मलाई पनि टाढैबाट हेर प्रिय, नजिकबाट हे¥यौ भने दागका धब्बा देखिन सक्छ । हरिभक्त कटुवाल कवि हुनुहुन्थ्यो । उहाँको काँधमा के कति जिम्मेवारी थियो, त्यो कति उहाँले पूरा गर्नु भयो, त्यो आफ्नो ठाउँमा होला । तर, उहाँले लेख्नु भयो, जुनलाई टाढैबाट हेर, मलाई पनि टाढैबाट हेर । नजिकबाट हे¥यौ भने दाग धब्बा देखिन सक्छ । मैले तपाईंहरुका अगाडि उभिंदा माग गर्नु पर्दछ– म जे भनिरहेको छु, मैले त्यस अनुसारको अभ्यास आचरण गरेको हुनु पर्दछ, गरेको छु र गर्छु । यदि छैन भन्ने लाग्छ भने इफ देइर इज एनी ल्याक्स अर डिफरेन्सेज्, यु क्यान रेज द क्वैस्चन  । यु क्यान प्वाइन्ट आउट माइ विकनेसेस, ..ह्वाटइभर यु सी एण्ड यु फिल ।यु ह्याव द्याट राइट । मैले डिमाण्ड गर्नु पर्छ कि तपाईं मलाई नजिकैबाट हेर्नुस्, मेरो विचारमा, मेरो व्यवहारमा, आचरणमा, अभ्यासमा, क्रियाकलापमा, बोलीवचनमा । कहीं कतै कमीकमजोरी देख्नु हुन्छ भने प्वाइन्ट आउट गर्नुस्, देखाउनुस् । मैले तपाईंहरुका अगाडि उभिएर भन्न सक्नु पर्छ । म यो कुरा सार्वजनिक रुपमा भनिराखेको छु । 

विरोध गर्नेले विरोध गर्नका लागि विरोध गर्नु त बेग्लै कुरा हो । गठबन्धन हिंड्न जानेन, आफ्नै खुट्टामा अल्झिएर लड्यो । दोष मलाई लगाइराखेका छन् । त्यो त म के गरुँ ? विरोध गर्नेले त यसै पनि विरोध गर्छ । तर, साँच्चै मैले जनताले मन नपराउने, देशका लागि अहितकर, जनताका लागि अहितकर, सुशासन, सुव्यवस्थाका लागि अहितकर, नेपाली नेपाली बीचको एकता टुटाउने खालको हानिकारक केही काम गरेको छु ? साम्प्रदायिक विद्वेष मच्चाएर मिलिराखेका मानिसलाई यो जात र त्यो जात, यो धर्म र त्यो धर्म, यो भाषा र त्यो भाषा, यहाँ बस्ने र त्यहाँ बस्ने, डाँडावारी र डाँडापारिको भनेर कलह लगाएको छु ? त्यस्तो कुरा कुनै छ भने वा देश र जनताको हितमा नहुने खालको, जनताको पक्षमा नहुने खालको, जनताले मन नपराउने खालको, सामाजिक मूल्यमान्यता, समाजले, नियमले, कानूनले तोकेको भन्दा पृथक खालका व्यवहार वा सामाजिक मूल्यभन्दा पृथक व्यवहार यदि मैले गरेको छु भने भन्नुस् । नेताले गर्न पाइँदैन । पहिलो कुरा त समाज सुधार गर्नका लागि मेरो आलोचना केही छ भने गर्नुस् भन्ने हिम्मत नेतासँग चाहिन्छ । म तपाईंहरुसँग त्यो आग्रह गर्न चाहन्छु । अहिले भ्याउनु हुन्न भने घर गएर लेखेर पठाइदिनु भए पनि हुन्छ । मेरो पार्टी कार्यालय त्यहाँ (च्यासलमा) छ । मेरो इमेल ठेगाना र मोबाइल नम्बर टिपाइदिन्छु । यसमा तपाईंले आफ्नो आलोचना÷टिप्पणी पठाउन सक्नु हुन्छ । तपाईंहरुको आलोचनामा अलिकति मात्रै दम भेट्टाएँ भने त्यहीं एक्लै भए पनि नतमस्तक भएर शीर झुकाउने छु, स्वीकार गर्ने छु । 

आफ्ना मातहतका मान्छेलाई कमिशन उठाएर लेउ भन्ने, सरुवा बढुवामा कमिशन खाने नेताले कुन नैतिकताले कर्मचारी तन्त्रलाई सच्याउँछ ? यसर्थ पहिले नेता क्लिन हुनुपर्दछ, नेता पारदर्शी हुनुपर्दछ, नेता देशको हितको पक्षमा उभिन सक्नु पर्दछ । जनताको हितको पक्षमा उभिनु पर्दछ, राष्ट्रिय स्वाभिमानको पक्षमा हुनुपर्दछ र राष्ट्रिय हितको पक्षमा उभिनु पर्छ । विकासका निम्ति उसले सोच्नै पर्छ र विकासका अभियानमा उ सरिक हुनु पर्दछ । नेताले विकास अभियानको, सामाजिक सुधारको, रुपान्तरणको, परिवर्तनको अगुवाइ गर्नु पर्दछ । मैले मेरो पार्टीको चुनावी घोषणा पत्रमा ट्वान्टी ग्यारेन्टी भनेको छु । त्यो भन्नको लागि मात्रै भनेको होइन । मान्छेले सोचेका थिए– एमाले सरकारमा आउँदैन, त्यसकारण जथाभावी ग्यारेन्टी भन्छ । सिद्धिन्छ एमाले भन्ने ठानेर उनीहरु यसो भन्थे । चुनावको परिणाम आएपछि मान्छेले सोचेका थिए– गठबन्धनले अब सधैँ खायो खायो । तर अहिले हामी सरकारमा जाँदैछौं, गएका छौं । हामीले भनेका २० ग्यारेन्टी, ती ग्यारेन्टी नै हुन् । नेपाली शब्द प्रत्याभूतिभन्दा बढी गाउँमा पनि ग्यारेन्टी बुझ्छन् । प्रत्याभूति अलिक जटिल खालको शब्द भयो । यसमा ‘ग्यारेन्टी भयो क्या’ भनेपछि जनताले बुझ्छन् । त्यसो भएर हामीले जोड दिन कतिपय शब्दहरु अंग्रेजी नै प्रयोग गरेका छौं– ट्वान्टी ग्यारेन्टी । २० ग्योरन्टी भित्र हामीले हाम्रा विचार र हाम्रा योजना राखेका छौं ।

यहीं पढिरहेका अधिकांश विद्यार्थी डाक्टर, इन्जिनियर, सीए पढ्न चाहन्छन् । विद्यार्थीको जीवनमा राजनीतिक चेतना किन र कत्तिको आवश्यक छ ? 

ज्ञान सबै चिजको चाहिन्छ, राजनीतिको पनि चाहिन्छ । राजनीतिले समाज, संस्कृति, अर्थतन्त्र, विकास, प्रशान र कर्मचारी तन्त्रलाई निर्देश र नियन्त्रण गर्छ । त्यसलाई बुझ्दै नबुझेर, त्यसबाट अलग भएर हामी बस्न सक्दै सक्दैनौं । त्यसबारे बुझेर साथीहरुलाई पनि सेयर गर्ने र कमजोरी छन् भने बताउने पनि गर्नु पर्दछ । तपाईंहरु जेजे बन्न चाहनु हुन्छ, त्यो असाध्यै राम्रो कुरा हो । रुचिको विषय पढ्न पाउनु पर्दछ । 

यस धर्तीमा असाधारण पोटेन्सल (क्षमता) छ । त्यो हामीले अहिलेसम्म कति थाहा पायौं, कति पत्ता लगायौं । थाहा पाएको जति विज्ञान भएको होला, प्रविधि भएको होला, ज्ञान भएको होला । थाहा नपाएको अथाह छ । रुल्स् अफ नेचर, पोटेन्सियालिटी अफ द नेचर... इट्स अनलिमिटेड । यो असिमित पोटेन्सियालिटी र विकास भनेको हामीले मानव जातिलाई धर्तीमा रहेको, प्रकृतिमा रहेको क्षमतालाई चिन्ने, बुझ्ने, त्यसलाई उत्खनन्, उजागर र प्रदर्शन गर्ने क्षमताको अभिवृद्धि गर्ने हो । शिक्षा भनेको ‘हुइच सपोर्ट टु अन्डरस्ट्याण्ड एण्ड युटिलाइज द पोटेन्सल अफ द नेचर’ हो । त्यस्तो क्षमता हामीले विकास गर्ने हो । द्याटस् सट अफ क्यापिसिटी उइ ह्याव टु बिल्ड । 

सबैमा सबै चिज हुँदैन । म राजनीति गर्छु, म इन्जिनियर होइन । इन्जिनियरिङ मलाई थाहा छैन । म डाक्टर होइन, मलाई मेडिकलको बिषयमा थाहा छैन । मलाई सर्जरी गर्न पठाइयो भने बिरामी फर्किँदैन भन्ने कुरा निश्चित छ । तपाईंहरुले मलाई सम्मान गर्नु हुन्छ, तपाईंहरुले मलाई माया गर्नु हुन्छ । तर त्यसो भन्दैमा म सर्जरी गर्न तयार हुने ? त्यो मेरो विषय होइन । कसैको ज्ञान वाद्यवादनमा हुन्छ, कसैको विज्ञानमा हुन्छ, कसैको गणितमा हुन्छ, कसैको इतिहासमा हुन्छ, कसैको दर्शनमा हुन्छ, कसैको इन्जिनियरिङमा हुन्छ, कसैको वकालतमा हुन्छ । विभिन्न विधाहरु हुन्छन् । त्यसकारण सबै कुरामा उत्तिकै मस्तिष्क विकास भएको हुँदैन । मस्तिष्कको क्षमता कुनकुन विषयमा हो, त्यसै आधारमा छनोट गर्नु पर्छ । राम्रो कसले पढ्छ भनेर कलेजले हन्टिङ गर्छ । ट्यालेन्ट फस्ट सेकेण्ड भएको विद्यार्थी कलेजले हन्टिङ गर्छ । एसइइमा राम्रो नम्बर ल्याएको मेरो कलेजमा छ, सेकेण्ड भएको मेरो कलेजमा छ भनेपछि प्रिन्सिपलको नाक यसै बढ्छ । आपूmले पढाएको होइन, तर राम्रो विद्यार्थी हाम्रो कलेजमा छ भनेर नाक बढाउँछ । हामीले हन्टिङमा धेरै ध्यान दिने होइन, विकास गर्ने कुरामा ध्यान दिनुपर्छ । विकास गर्नलाई कुन विधामा, कुन विषयमा विद्यार्थीको सम्भावना बढी छ, त्यसको एकदमै परामर्श गरेर रुचि अनुसारको विधामा पठाउनु पर्दछ । त्यसो भयो भने उसले सफलता प्राप्त गर्छ । मलाई बच्चादेखि अहिलेसम्म संगीत सिकाएको भए पनि म एउटा गीतको पनि लय जान्दैन्थें होला । एउटा गीत पनि मैले गाउन जान्दैनथें । मादल बजाउन जिन्दगीभरि कसैले सिकाएको भए पनि मैले बजाउन जान्दैन्थें । कसैले बच्चैदेखि राम्ररी बजाइदिन्छ । उसको मस्तिष्कले कुन विधालाई समाउँछ । उसको रुचिको विषय बुझेर हामीले पढाउनु पर्दछ । यसरी विद्यार्थीहरु प्रतिभावान् हुन सक्छन् । तपाईंहरु रुचिका विषयमा पढ्नुस् । रुचिको विषयको छनोट गर्नुस्, लहलहैमा साथीको लहडमा लागेर होइन । मेरो साथी फलानो क्याम्पसमा पढ्ने भयो, म पनि त्यहीं पढ्छु, मेरो साथी फलानो विषय पढ्ने भयो, म पनि त्यही पढ्छु भन्ने होइन । आफ्नो रुचिको विषय पढ्नुस्, साथीका लागि तपाईं असफल नहुनुहोस् । कहिले कहिले के हुन्छ भने मेरो साथी फलानो कलेज पढ्ने भयो, त्यहाँ फलानो विषय पढाउँछ, म पनि त्यहीं पढ्न पर्ने भयो । त्यसैमा जिद्दी गरेर गइयो, तर त्यो आफ्नो क्षमताको विषय नै हुँदैन ।

नालान्दा विश्वविद्यालयले छैटौं शताब्दीमा पनि अहिलेका विश्वविद्यालयमा जस्तो प्रणाली परीक्षा आदिको अभ्यास ग¥यो । तक्षशीला विश्वविद्यालयमा अहिलेभन्दा २६ सय वर्ष अगाडि एकजना ऋषि दिइन्थ्यो र ऋषिसँग २÷४ विद्यार्थी हुन्थे । ऋषिले आफ्नो विद्यार्थीलाई पारंगत बनाउँथ्यो । २ वर्ष, ४ वर्ष, ६ वर्ष, ८ वर्षको कोर्ष हुन्थ्यो । सामान्यतया ८ वर्षको कोर्ष हुन्थ्यो । त्यहाँ अलिक हुर्केका विद्यार्थीलाई पढाइन्थ्यो । ८ वर्षको कोर्ष पढाएर उनीहरुलाई विद्वान बनाइन्थ्यो । ८ वर्षमा विद्वान बनाउन सकिन्छ भन्ने थियो र सकिंदो रहेछ भन्ने कुरा चाणक्य जस्ता विद्वानबाट थाहा भयो । सानैमा प्रतिभावान भएको हुनाले उनलाई कौटिल्य पनि भनिन्थ्यो । कौटिल्यजस्ता विद्यार्थीहरु ८ वर्षमा तयार हुँदा रहेछन् । भाष्कराचार्य जस्ता विद्वान ८ वर्षमा तयार हुँदा रहेछन् । आर्यभट जस्ता विद्वानहरु ८ वर्षमा तयार हुँदा रहेछन् । ८ वर्षको कोर्ष हाम्रा अग्रजहरुले मानेको कोर्ष हो । त्यसबेला विद्यार्थीलाई पढाएर, सिकाएर हेर्ने गरिन्थ्यो । अनि उसको चालढाल गतिविधि के विषयमा उपयुक्त हुन्छ भनेर बुझिन्थ्यो । अनि ऋषिले विद्यार्थीलाई भन्थे, बाबु मैले तिमीलाई एक महिनासम्म पढाउन खोजें, तर तिमी मेरो विद्यार्थी होइनौ । तिमी फलानो प्रोफेसरकहाँ जाउ । तिम्रो पढ्ने विषय त्यहाँ’को हो । किनभने तिम्रो मैले पढाउने विषयमा रुचि छैन । यो विषयमा तिमी सफल हुन सक्दैनौ । त्यो विषय पढ, त्यहाँ जाउ र मैले पठाएको भनेर भन । उसले फलानो गुरुले मलाई यहाँ पठाउनु भएको हो भनेपछि उनले केही दिनको फेरि परीक्षा लिन्थे । त्यसपछि उसको रुचिको विषय, उसको मस्तिष्को विषय रहेछ भने त्यहाँ मेरोमा ठीकै मान्छे पठाएको रहेछ, मसँग विषय मिल्दो रहेछ भन्ने हुन्थ्यो । त्यसकारण च्वाइस अफ सब्जेक्ट इज भेरी इम्पोर्टेन्ट । रुचिको विषय मिलेन भने दक्षभन्दा दक्ष शिक्षक पनि फेल हुन्छ । विद्यार्थीभन्दा पहिले शिक्षक फेल हुन्छ, अनि मात्रै विद्यार्थी फेल हुन्छ । त्यसकारण शिक्षकले पनि विषय छनोटमा सहयोग गर्नुपर्छ । यसमा भन्दा यसमा राम्रो हुन्छ भनेर भन्नु पर्छ । गणित हेर्ने, गणितमा उ कत्तिको फास्ट छ, विज्ञानमा कत्तिको फास्ट छ, त्यो बुझ्नु पर्छ । शिक्षकमा राजनीतिक चेतना हुनु पर्छ र सबैभन्दा बढी सामाजिक चेतना हुनु पर्दछ । सामाजिक चेतनाको एउटा अंग हो राजनीतिक चेतना । 

यहाँलाई रोगले च्याप्दा च्याप्दै पनि आफ्ना सन्तानका लागि होइन, हामीजस्ता नयाँ युवालाई सन्तान ठानेर उच्च मनोबल र आत्मविश्वासका साथ देशको विकासका लागि निरन्तर लागिराख्नु भएको छ । यो प्रतिवद्धता पछाडिका कारणहरु के हुन् त ? हामी विद्यार्थीहरुले यस प्रतिवद्धताबाट के सिक्न सक्छौं ? 

म मेरा सन्तानका लागि नभएर वास्तवमा तपाईंहरुका लागि काम गर्दैै छु । मैले मेरै लागि पनि काम गरिराखेको छैन । म प्रधानमन्त्री पनि भइसकें । म दुईपटक प्रधानमन्त्री भएँ, श्रेस्तामा ३ पटक भइसकें । मलाई प्रधानमन्त्री हुने कुनै ख्वाब छैन । एउटा कलेजको प्रिन्सिपल भएको मान्छेलाई फेरि प्रिन्सिपल हुन पाए हुन्थ्यो भन्ने हुँदै हुँदैन । किनभने त्यो भइसक्यो त । अब तपाईंहरुलाई एसइइको परीक्षा दिन पाए हुन्थ्यो भन्ने लाग्छ ? लाग्दैन नि ! त्यो त पार गरिसकेको कुरा हो । मैले भनेको थिएँ– म २०५१ सालमा गृहमन्त्री भएँ । मलाई फेरि मन्त्री हुन पार्टीले धेरै पटक भन्यो । मैले भनें–दोहो¥याएर कक्षा त मैले विद्यार्थी हुँदा पनि पढिनँ बाबा ! मैले दोहो¥याएर कक्षा पढिनँ । म २०६३ सालमा उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री भएँ । त्यो त ठिकै थियो । अर्कोपल्ट फेरि उपप्रधानमन्त्री र फलानो मन्त्री भएर जा भने । मैले पहिले नै भनेको होइन, मैले दोहो¥याएर कक्षा पढेको छैन, पढ्दिनँ भनेर ! त्यही उपप्रधानमन्त्री खान किन जाने, भनें । २०७२ सालमा प्रधानमन्त्री भएँ । फेरि २०७४ मा प्रधानमन्त्री हुनुपर्ने अवस्था आयो भनेर साथीहरुले भने । अब दोहो¥याएर पढ्दिनँ भनेको पीएचडी गरेपछि किताब नै पढ्न छोड्छस् कि के गर्छस्, भनेर सोधे । पढ्न त प¥यो नि !  यो निरन्तरको प्रक्रिया हो । सरकार चलाउन जानै पर्ने अवस्था बन्यो । त्यसकारण जा भने । मेरो रुचिको विषय होइन । तर म के खुशी छु भने, मैले प्रधानमन्त्री भएर देशका लागि, जनताका लागि, विकासका लागि, सुशासनका लागि, भ्रष्टाचार नियन्त्रणका लागि काम गरेको छु । स्वास्थ्य क्षेत्रमा भन्ने हो भने कोभिडका बेला कोभिडको भाइरस परीक्षण गर्ने एउटा पनि ल्याब नेपालमा थिएन । पहिलो परीक्षण गर्न हामीले हङकङ पठाएका थियौं । दोस्रो परीक्षण तत्काल आफैंले देशभरि ल्याब स्थापना गरेर ग¥यौं । अहिले हामीसँग सयभन्दा बढी ल्याब छन् । पालिका पालिकामा अस्पतालहरु थिएनन् । मैले एकैचोटी ३ सय ९६ हस्पिटलको एकै ठाउँबाट शिलान्यास गरें । एक एकवटा बनाउँदै लाने हो भने, एउटा फलानो ठाउँमा बनाएँ, अर्काे फलानो ठाउँमा बनाएँ भन्दै जाने हो भने यो देश कहिले बन्छ ? त्यसकारण एक वर्षमा ३६५ दिन हुन्छ, मैले एक दिनमा ३ सय ९६ वटा अस्पताल एकैचोटी बनाउन सुरु गरें । हामीले त्यो रफ्तारमा काम गर्ने हो । 

मैले भनें– हाम्रा बालबालिका खाते हुन सक्दैनन्, खाते भनिन सक्दैनन् । म हाम्रा छोराछोरीलाई खाते भनेको सुन्न सक्दिनँ । त्यसकारण सबैको व्यवस्थापन गर्छु । सडक बालबालिका भन्ने कुरा हुन हुँदैन । उनीहरु सबैको व्यवस्थापन हुन्छ भनेर मैले व्यवस्थापन गर्ने प्रबन्ध मिलाएँ । देख्दा मसिनो र सानो कुरा होला, तर काठमाडौंका गल्लीमा कुुकुरसँग लडाइँ गर्दै प्लास्टिक टिपिरहेका हाम्रा बालबालिका नेपालको इज्जतका लागि धब्बा थिए । अघि चेलीले दुई प्रतिनिधि युवा भनेजस्तै ती प्लास्टिक टिपेर सडक बालबालिका भएकाहरु हाम्रो गरिवीलाई संसारभर देखाउने प्रतिनिधि पात्र थिए । तिनीहरुको फोटो खिचेर लग्यो र यो नेपाल हो भन्दै देखाउने गर्छन् । गरिवी त अन्त पनि हुन्छ नि ! तर अन्तको चर्चा हुँदैन । हाम्रो ३ करोड जनसंख्या छ, भारतमा ३२ करोड गरिवीको रेखामुनी छन् । गरिबी अन्त पनि छ । तर, हाम्रोमा बढी चर्चा हुन्छ । 

यो कृषिप्रधान देश हो । यस्तो उर्वर देश, यहाँ मान्छे भोकभोकै मर्छ भन्ने म सुन्न पनि चाहन्नँ । त्यसकारण नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने हाम्रो नारा हो । भोकले मर्ने कुरालाई भोकमरी भन्छ । त्यो हुनु हुँदैन, त्यसबाट बचाउने प्रबन्ध सरकारले गर्छ । 

नेपाल भिखमंगाको देश होइन । त्यसकारण भिखमंगा सडकमा राख्ने होइन, जो साँच्चैका भिखमंगा छन्, उनीहरुको व्यवस्था सरकारले गर्छ । नक्कली भिखमंगालाई घर पठाइदियौं, त्यतिबेला भिखमंगा पनि हटे । 
फेरि म त्यो कुरा दो¥याउँछु–
पहिलो ः नेपालमा हाम्रा बालबालिका खाते हुन सक्दैनन्, सडकमा हुन सक्दैनन् । उनीहरुको प्रबन्ध गरिन्छ । 
दोस्रो ः नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।
तेस्रो ः आवासविहीन कोही हुनुपर्ने छैन । 
चौथो ः यहाँ भिखमंगा हुनु पर्दैन, यो भिखमंगाको देश होइन । 

यी कुरा सरकारले बन्दोवस्त गर्छ । अनि मान्छे भिखमंगा हुँ भनेर सडकमा उत्रिए भने के गर्ने भनेर मलाई सोधे । कोही नक्कली भिखमंगा हुँ भनेर सडकमा उत्रिन्छ ? कोही कोही जड्याहहरु उत्रिन्छन् । भिख माग्यो बेलुका भएपछि रक्सी खायो । जाँड खानका लागि भिख माग्ने चलन हटाइयो । भात खान भिख माग्नेको प्रबन्ध सरकारले ग¥यो । जाँड खानका लागि भिखमंगा कोही हुन्छ भने एकदुई रात हिरासतमा भात खान्छ, त्यसपछि घर गएर भात खान्छ । 

मेरो अहिलेको जिन्दगीबारे तपाईंहरुले सुन्नु भएको छ । संसारमा दुईवटा किड्नी बोकेका मान्छे हुन्छन् । म दुईपटक किड्नी फेरेको मान्छे । एक पटक किड्नी फेरेको मान्छेले (निन्याउरो तरिकाले) मैले त किड्नी फेरेको छु भन्छ । अहिले कुरा चल्दा मैले सम्झिएँ, मैले किड्नी फेरेको थिएँ (जोशिलो तरिकाले) । अदरवाइज नेभर रिमेम्बर । कहिल्यै मैले किड्नी प्रत्यारोपण गरेको भनेर आफूलाई सम्झिन्नँ । म अरुजति फ्रेस पनि छु र त्योभन्दा बढी पनि छु होला । म अहिले पनि कम्तिमा १८ घन्टा काम गर्छु । मलाई कसैले यति घन्टा काम गर्नु पर्छ भनेर भनेका छैनन् । कहिले कहिले १८ घन्टाभन्दा बढी पनि काम गर्छु । कहिले कहिले २२ घन्टाभन्दा बढी काम गर्छु । कहिले कहिले पूरा रातभरि पनि काम गर्छु । नोबडी कम्पेयर मि, नोबडी कम्पेलिङ टु वर्क लाइक द्याट । नोबडी इज कम्पेलिङ मि, बट माइसेल्फ इज माइ ड्युटी, इट्स माइ वन रेस्पोन्सविलिटी टु वर्क लाइक द्याट । म त्यस ढंगले काम गर्छु । त्यसवापत मैले केही पाउँछु ? होइन केही पाउँदिनँ । त्यो मैले जनतालाई सचेत बनाउनका लागि, जनतालाई संगठित बनाउनका लागि, जनतालाई एकतावद्ध बनाउनका लागि, राष्ट्रिय एकता कायम गर्नका लागि, साम्प्रदायिक विद्वेष र पछौटेपन हटाएर आधुनिक, विकसित र समृद्ध नेपाल निर्माणका लागि म काम गर्छु । 

म यस्तो ठाउँमा छु, जसका विचारहरु, जसका कामहरु सजिलोसँग जनताका बीचमा पुग्छन् र कार्यान्वयन गर्ने ठाउँमा पुग्छन् । त्यो ठाउँमा म भएको हुनाले म बढी सक्रिय हुनुपर्दछ । जोसुकै नेतालाई बोलाएर तपाईंहरुले यसरी कुरा त सुन्नुहुन्न । म फ्रि स्टायलको छु, त्यसकारण तपाईंहरुले कुरा सुन्नुहुन्छ । म फ्रि स्टायलमा बोल्छु, म खुला छु । त्यसकारण तपाईंहरुले कुरा सुन्नुहुन्छ । मैले तपाईंहरुसँग मिल्दा कुरा गर्छु । कहिले मैले प्रेम दिवसको कुरा गर्छु, कहिले मैले बुद्ध, गान्धी, माओ, सुकरात, प्लेटोका कुरा गर्छु । कहिले म आयुर्वेदका विद्वानका कुरा गर्छु । चरक संहिताका कुरा गर्छु, सुश्रुत संहिताका कुरा गर्छु, अथवा कहिले वेदका कुरा गर्छु र उपनिषद्का कुरा गर्छु । कहिले आइन्सटाइनका कुरा गर्छु भने कहिले एड्म स्मिथका कुरा गर्छु । त्यसकारण म फ्रि स्टायलको भएको हुनाले तपाईंहरुले कुरा सुन्न खोज्नुहुन्छ । मलाई देशको सेवा गरेर स्वर्ग जान्छु भन्ने छैन । मलाईं जिन्दगीको अन्त्य कहाँ हो भन्ने कुरा राम्ररी थाहा छ । 

एकपटक मेरो खुट्टामा घाउ भयो । ६ महिना, वर्ष दिनसम्म निको हुँदैन । म पनि दिक्क भएको थिएँ । एकजना साथीले सोध्नु भयो, तपाईंको खुट्टाको घाउ निको भएन कि क्या हो ? मैले भनें, निको होला । निको भएन भने अन्तिममा सेकेपछि निको हुन्छ भनें । के गरेर सेक्ने ? पशुपतिमा सेकेपछि ठीक हुन्छ भनें । मैले त ठट्टामा भनें, तर त्यो साथीले अलिक नमाज्जा मान्यो । उसलाई मर्ने कुरा अलिक डर लाग्दो रहेछ । उ उमेरकै थियो । तपाईंंहरुजस्तो उमेरको मान्छेलाई मर्न कति डर लाग्छ ? उमेरमा मर्न एकदमै डर लाग्नु बाँच्ने लक्षण हो । त्यो जवानीको लक्षण हो, त्यो जीजिविषा हो । त्यसमा जीवन अडिएको हुन्छ । त्यसकारण मर्ने कुरा तपाईंहरुलाई सुन्न पनि मन लाग्दैन । एकदिन मरिन्छ, यो अत्यन्तै तीतो सत्य हो । तर त्यसको चर्चा गर्न मन लाग्दैन । चर्चा नगरौं, तर होसियार हौं । भ¥याङबाट ओर्लिंदा होसियार भएर ओर्लिने गरौं । प्यान्टको खल्तीमा हात हालेर भ¥याङबाट नझर्नुस् । प्यान्टको खल्तीमा हात हालेर झर्दा लड्नु भयो भने तपाईं केले टेक्नुहुन्छ ? दाँत खुस्किन्छ, अनुहारमा चोटपटक लाग्छ । भ¥याङबाट झर्दा हात खुला राख्नुस्, त्यति त कमसेकम होस् गर्नुस् । जतन गरेर मात्रै जिन्दगी जोगिन्छ । जतन गरेर मात्रै बाँचेको हो । तर कातर हुने होइन । भ¥याङ नओर्लिने होइन ओर्लिने, तर होसियारीसाथ । गाडी ÷ बाइक नचढ्ने होइन, होसियारीसँग चढ्ने । आफ्नो गल्तीले मात्रै दुर्घटना हुन्छ भन्ने छैन, अर्काको गल्तीले पनि दुर्घटना हुन्छ । अर्काले पनि आपूmमाथि गल्ती गर्न नपाओस्, सजग हुनुपर्छ । जीवन जोखिममा हुन्छ । तपाईंहरु बाँच्नु पर्छ, हरेकले बाँच्नु पर्छ । बाँच्नका लागि बेठीक काम, बेठीक कुरा, बेठीक विचार नबनाउनुस् । राम्रा कुरा, राम्रा तरिका, राम्रा शैली अपनाउनुस् । सुन्दर संसार देख्ने आँखाहरु होसियारी नगरे एकैछिन्मा फुट्न सक्छन्, होसियार हुनैपर्छ । बाथरुममा चिप्लिएर ज्यान जाला, होस गर्नुहोला । जिन्दगी बडो नाजुक हुन्छ । बुढेसकाल लागेका मान्छेसँग मरिन्छ भन्ने कुरा चर्चा गर्दा खासै फरक पर्दैन । उनीहरुले मर्ने दिन आयो भनेर एक खालको मनस्थिति तयार गरिराखेका हुन्छन् । युवाहरु, किशोर किशोरीहरु त्यसरी सोच्न सक्दैनन्÷सोच्नु पनि हुँदैन । त्यो सोच्दा उनीहरुमा अल्छिपना, आशावादीता नभएर पेसिमिजम बढ्न सक्छ । त्यसकारण यू ह्याव टु बि अप्टिमिस्टिक एण्ड एक्टिभ । तपाईंहरुको आत्मविश्वास जहिले पनि माथि हुनुपर्छ–आइ क्यान डु । ‘आइ क्यान डु’को कथा म यहाँ सुनाइदिन्छु । यो कथा मैले धेरै ठाउँमा भन्ने गरेको छु । मैले भनेको कुरा तपाईंहरुले सुनेको पनि होला– युरोपमा जमर्नी भन्ने एउटा देश छ, यो युरोपको सबैभन्दा ठूलो देश हो । त्यहाँ भाग्यवादको जगजगी थियो । जे छ भाग्यले हुन्छ, जसो हुन्छ भाग्यले हुन्छ, दुःख गरेर के हुन्छ, मेहेनत गरेर के हुन्छ, भगवानले छैटीमा के लेख्दिएको छ, त्यही हुन्छ भन्ने थियो । अनि विद्यार्थीले पढ्ने भयो त ? नतिजा भाग्यबाट आउँछ भनेपछि किन राम्रो लेख्ने ? तीन तीन घन्टा लेखेर के गर्ने ? भाग्यमा जे छ त्यही आउँछ । नलेखी हिंड्यो, भरे रिजल्ट डल्लो ! बिग्रिदैन ?  त्यसकारण निकम्मा भाग्यको भर पर्ने होइन, हामी कर्मवीर हुने हो । 

जर्मनी युरोपको सबैभन्दा ठूलो र बलियो देश थियो । त्यो देश १९औं शताब्दीको सुरुमा अत्यन्तै कमजोर भयो । त्यस देशलाई छिमेकका ससना १६ वटा देशले छेउछेउबाट चोक्टा लुछेर आफ्ना जमिनमा मिलाए । जर्मनीलाई चोरचार पार्दिए । १६ टुक्रामा विभाजित गर्दिए, अथवा अरुले क्याप्चर गर्दिए । १६ तिरका १६ भाग ससाना छिमेकीले ठूलो जर्मनीलाई चुँडचाँड पार्दिए । जर्मनी अविकसित, पछौटे भयो । अरु अगाडि बढेका छन्, जर्मनी पछाडि परेको छ । किनभने भाग्यमा जे छ, भाग्यले हुने हो भन्ने थियो । जर्मनी किन गरिब भयो ? अब भाग्यमै गरिब हुन लेखेको रहेछ के गर्ने ? त्यहाँ भाग्य लेख्ने भगवान, सबैको भरोसा भगवान भन्ने कुराले सबै दिक्क थिए । यस्तो निकम्मा कुरा हुन्छ ? आपूmले गर्नु पर्छ, आपूmले मिलाउनु पर्छ । यही कर्मवादमा विश्वास गरेर जर्मन साम्राज्यका निर्माता र गणतन्त्र जमृनीका पहिला चान्सलर विस्मार्कले जर्मन एकीकरण मात्रै होइन, जर्मन साम्राज्य नै खडा गरे । 

त्यसैताका बर्लिन विश्वविद्यालयमा नित्से भन्ने एकजना प्राध्यापक थिए । उनले परालको पुतला बनाए । त्यसलाई बोके र कटबाँसको बलियो डण्डा हातमा लिएर विश्वविद्यालयबाट बाहिर निस्किए । प्रोफेसर नित्से बाहिर निस्किएको देखेर विद्यार्थीहरु छक्क परे । हातमा कलम हुने प्रोफेसरसापले आज त डण्डा बोकेको छ । किताब बोक्नु पर्ने ठाउँमा एउटा पुतला बोकेका छन् । गुरु कहाँ गएका हुन् भनेर विद्यार्थी पनि पछि पछि लागे । गुरु बोल्दैनन्, फटाफट हिंडेका छन् । उनी चौराहमा पुगे र त्यहाँ उभिए । वरिपरिका मान्छेहरु चौरका बीचमा एउटा प्रोफेसरले हातमा डण्डा र पुतला लिएको देखेर छक्क परे । उनलाई विद्यार्थी र अरु मान्छेहरुले घेरेका छन् । ‘यो जर्मनीको विकास हुन नदिने, भाग्य लेख्ने यो भगवानको म आज यहाँ अन्त्य गर्दैछु, खत्तम गर्दिन्छु’ उनले कराएर भने । उनले त्यो परालको पुतलालाई भुइँमा पछारे र डण्डाले हाने । त्यसपछि उनले भने– मेरा विद्यार्थीहरु, तिमीहरुको भाग्य लेख्ने जुन भगवान् हो, मैले आज त्यसलाई मार्दिएँ, तिमीहरुले देख्यौं ! ‘आइ किल्ड द गड’ । नित्सेको यो एउटा प्रख्यात, कुख्यात जे भन्नुहुन्छ, भर्सन हो । ‘आइ किल्ड द गड’ मैले भगवान्लाई मारिदिएँ । अब तिम्रो भाग्य लेख्ने कोही छैन । जर्मनी गरिव छ, जर्मनी पछाडि परेको छ, भर्खरै खडा गरिएको जर्मन साम्राज्य आफैं पनि भावनात्मक रुपमा खण्डखण्डमा विभाजित नै छ । हु वील स्टेन्थेन द युनिफाइड जर्मनी ? नाउ देएर इज नो गड, आइ किल्ड द गड । हु वीइल युनिफाइड, हु वील डेभलप ? अब जर्मनीलाई कसले अगाडि बढाउँछ ? त्यहाँ तपाईंहरुजस्तै एउटा विद्यार्थी थियो । त्यसमध्ये एकजना विद्यार्थी अलिकति अगाडि स¥यो र भन्यो– म बनाउँछु म । अर्काे पनि म बनाउँछु भन्ने विद्यार्थी निस्कियो । अरु यस्ता धेरै विद्यार्थी जर्मन बनाउन निस्किए र कयौं विद्यार्थीले साथ दिए । भगवानले अब तिम्रो भाग्य लेख्दैन, तिमी आफैं लेख्छौ भनेर सोध्दा सबैले लेख्छौं भने । तिमी आफैंले गर्नुपर्छ, गर्छौ भन्दा गर्छौं भने । 

चान्सलर विश्मार्क यही दर्शन र नीतिका व्यक्ति थिए । सबैभन्दा ठूलो कार्यकारी पोष्टको मान्छेलाई त्यहाँ चान्सलर भन्छन् । विश्मार्क लेटर अन बिकेम द चान्सलर अफ जर्मनी एण्ड हि वाज कल्ड एन आइरन म्यान । उनले १६ वटा टुक्रामा बाँडिएको जर्मनीलाई एकीकृत गरे र थप विस्तार पनि गरे । उनले पछाडि परेको जर्मनीलाई अगाडि बढाए । गरिब जर्मनीलाई धनी बनाए, समृद्ध बनाए, अविकसित जर्मनीलाई विकसित जर्मनी बनाए । कमजोर जर्मनीलाई बलियो बनाउने काम भगवानले होइन, विश्मार्कले गरे । प्रोफेसर नित्से विस्मार्कबाट अत्यधिक प्रभावित पनि थिए ।

म तपाईंहरुलाई भन्न चाहन्छु, सोध्न चाहन्छु, नेपाललाई अरु कोही आएर बनाइदिने होइन, कसैले बनाइदिने होइन । एमोंङ यू, यू ह्याब टु डु अल दिज थिङस् । नेपाल तपाईंहरुले नै बनाउनु पर्छ, तपाईंहरु नै आइरन म्यान, आइरन लेडी हुनु पर्छ । 
एउटा कार्यक्रममा गायक शिशिर योगी र म सँगै थियौं । शिशिर योगीले मीठो गीत गाउनु भयो– 
छोडेर काम सारा, यै काम रोजिरहेछु, 
यो देशमा म एउटा, मानिस खोजिरहेछु । 

उहाँले स्टेजमा गएर गाउनु भयो, त्यसपछि दर्शकदीर्घामा आएर बीचमा बस्नु भयो । त्यसपछि मेरो बोल्ने पायो । मैले भनें– योगीजी यो देशमा जुन मान्छे तपाईंले खोजीरहनु भएको छ, त्यो मान्छे म आज चिनाइदिन्छु ।’ उहाँले हुन्छ चिनाइदिनुस् भन्नुभयो । मैले चिनाउँ भनेर सबैलाई सोधें । चिनाउनुस् भन्नु भयो । अनि मैले भनें–तपाईंहरु हरेकलाई हाम्रो देश बनाउने मान्छे म चिनाउँछु । म हाम्रा विद्यार्थी भाइबहिनीहरुलाई पनि आज हाम्रो देश बनाउने मान्छे चिनाउन चाहन्छु । चिनाउँ होइन त ? चिनाउँ त्यस्तो मान्छे ? त्यो मान्छे को हो भने– एक जना मान्छे तपाईं बसेको सिटको जस्ट अगाडि छ? छ । हो, त्यो जस्ट अगाडिको सिटभन्दा पछाडि जो बसेको छ, त्यही मान्छे हो देश बनाउने । तपाईंको सिटको बायाँ एउटा मान्छे छ ? छ । त्यो भन्दा दायाँ बस्ने मान्छे हो देश बनाउने । तपाईंको सिटको दायाँपट्टि एउटा मान्छे बसेको छ होइन ? छ । हो, त्योभन्दा बायाँपट्टी बसेको मान्छे हो देश बनाउने । तपाईंको सिटभन्दा पछाडि एउटा मान्छे छ ? छ । हो, त्योभन्दा अगाडि बसेको मान्छे नै हो देश बनाउने । यू ह्याव टु ट्रस्ट, क्यान यू ट्रस्द म्यान ? यू क्यान यू ट्रस्ट द लेडी ? एस । द्याट्स् द गाइ, हु क्यान ब्रिङ चेन्ज । हु क्यान ट्रान्सफर्म द सोसाइटी । आज यहाँ ठूलो समस्याको समाधान भयो । नित्से बूढाले हामीलाई सिकाएका छन्, विश्मार्कले पनि हामीलाई सिकाएका छन् । पछि निर्णय गर्छु भनेर हुँदैन, यू ह्याव टु डिसाइड, यू ह्याव टु टेक डिसिजन नाउ । पढाइ बिगारेर होइन, तपाईं विद्यार्थी हो । पहिलो, तपाईंले तपार्इंको पढाइमा ध्यान दिनुपर्छ । यू ह्याव टु सक्सेस थ्रो योर सब्जेक्ट, योर स्टडी । 
मैले त एउटा बाटो देखाउने हो । म सरकारमा हुँदा यस देशलाई धेरै विकसित देशमा पु¥याउनेगरी अलिकति थिति बसाउने हो । तर मसँग समय छैन । यदि १४ वर्ष जेल बसेको समय मैले जोड्न पाउने हो भने हुन्थ्यो । त्यो समय मेरो जेलमा घट्यो । ६ वर्ष मैले भूमिगत भएर काम गर्नु प¥यो । त्यो घटाउन पाएको भए २० वर्ष हुन्थ्यो । यदि मसँग २० वर्ष हुन्थ्यो भने म अहिले ५० वर्षको हुन्थें । अहिले म ५० वर्षको हुन्थें भने म तपाईंहरुको अगाडि देश बनाउने मान्छे छ, साथ देउ भाइबहिनी हो भन्थें । तर म अहिले ७१ वर्षको भइसकेँ । मसँग इच्छा, संकल्प र आत्मविश्वास छ । तर, आत्मविश्वासले मात्र पुग्दैन । म पहिले जवानीमा हाइजम्प, लङजम्प गर्थें । आज त्यही हाइजम्प, लङजम्प आत्मविश्वासले गर्न थाले भने मेरों खुट्टा भाँचिन्छ । किनभने यस उमेरको हड्डीमा क्यालसियम कम भइसकेको हुन्छ । मनोबल बेग्लै कुरा हो । मनोबल र खुट्टाको क्यालसियमका बीचमा तालमेल नमिल्नेगरी चलियो भने हस्पिटल पुगिन्छ, होइन भने अन्तै पुगिन्छ । 

म तपाईंहरुलाई केही सिकाउन भनेर आएको होइन, लागेका कुरा भन्न आएको हुँ । मैले भनेका कुनै कुराहरु काम लाग्ने जस्ता भए भने लिनू । म कक्षाको शिक्षक होइन, जसले कोर्स बुकको आजको च्याप्टर पढाउँछ । मैले कुनै च्याप्टर विशेष पढाउने होइन, सिकाउने होइन । मलाई आपूmलाई लागेका कुराहरु तपाईंहरुसँग भेट्दा भनेको हुँ । म तपाईंको प्रश्नमा अलिकति प्रवेश मात्रै गर्दै गएको हुँ । अरु आपूmलाई लागेको कुरा तपाईंलाई सुनाएको हुँ । 

म अब कचौरामा राखेका गोप्य प्रश्नहरु हेर्छु ः 

सुशान्त शाह कक्षा ११ ः सरकारी स्कूल र निजी स्कूलका बीचको अन्तर के छ ? 

थुप्रै कुराको अन्तर छ । भौतिक पूर्वाधारको र औजारहरुको अन्तर छ । शिक्षाका लागि योग्य शिक्षक, तालिम प्राप्त शिक्षको अन्तर छ । यस्ता कलेजहरुले उच्च तलब दिएर राखेको हुन्छ, छानेर राखेको हुन्छ । अनुभवी शिक्षक राखेको हुन्छ । अनेक खोलामा पौडी खेलेर पार गरिसकेकालाई शिक्षक राखेको हुन्छ । डाइभ गरेर तल गएर निस्किएकालाई शिक्षक राखेको हुन्छ । तल जाने, माथि जाने र उद्दार गर्न सक्नेलाई राखेको हुन्छ । त्यसकारण डुब्ने खतरा हुँदैन । खोलै नदेखेका ठाउँका र पौडी खेलेका बीचमा फरक पर्छ । अर्थात् अवसरको उपलब्धताको भिन्नता छ । मुख्य कुरा के हो भने यी अवसरहरुलाई कसरी समान गर्ने, शिक्षाको स्तर त्यस कुरामा बढी निर्भर गर्छ । म भन्छु, निजी स्कूलको शिक्षालाई इस्र्या गर्ने होइन । म भन्ने गर्छु, निजी स्कूलमा विद्यार्थी जाँदै नजाने बनाइदिउँ न ! कसरी भने बिना शुल्क गुणस्तरीय शिक्षा, सरकारी र सामुदायिक स्कूलमा पढाइदिऔं न ! त्यसपछि को  जान्छ पैसा तिर्न ? कोही पनि जाँदैन । आफू गुणस्तरीय शिक्षा दिन नसक्ने, अनि विद्यार्थी त्यहाँ गए भनेर हुँदैन । सक्ने अभिभावकका छोराछोरी त यहाँ आएर पढेका छन् र गुणस्तरीय शिक्षा प्राप्त गरेका छन् । म धन्यवाद भन्न चाहन्छु । कम्तिमा त्यति विद्यार्थीले त गुणस्तरीय शिक्षा पाएका छन् नि ! अहिले एसइइमा जुन प्रतिशतमा विशिष्ट श्रेणी, फस्ट डिभिजन आएको छ, त्यो यही प्राइभेट सेक्टरले गर्दा हो । अनुत्तीर्णको मात्रा हेर्ने हो भने निजीमा त छँदै छैन । फेलको सबै हिस्सा त सरकारी स्कूलले लिन्छ । विशिष्ट श्रेणीको हिस्सा निजीले लिन्छ । फस्ट डिभिजनमा अलिअलि सामुदायिक वा सरकारीले लेला, बाँकी निजीले लिन्छ । सकेण्ड डिभिजनदेखि अलिअलि पास हुन्छन् । त्यस्तो अवस्था छ, त्यसलाई व्यवहारिक तरिकाद्वारा भौतिक संरचनादेखि सेवासुविधा उपलब्ध गराउने कुरा, शिक्षकलाई तालिम दिने लगायत अनेक कुराहरुमा ध्यान दियो भने हामी सुधार गर्न सक्छौं । कति समय लाग्छ होइन, कति बेला कस्ता कदम चाल्छौं भन्ने कुरामा बढी भर पर्छ । कुखुराले २१ दिनमा अण्डाबाट चल्ला कोरल्छ, तर उचित तापक्रम भएन भने त्यसले पनि कोरल्दैन । समय निर्धारण गरिएका कुरा त उचित वातावरण मिलेन भने हुँदैन भने समय निर्धारण नभएकामा हुनै कुरै भएन ।

अशेष न्यौपाने कक्षा १२ ः अहिले अर्थतन्त्रका थुप्रै परिसूचक र सेयर बजार तल्लो बिन्दुमा पुगेको छ । यसलाई समाधान गर्न सरकारले कस्तो भूमिका निर्वाह गर्ने छ ? 

एमालेले पनि केही भूमिका खेल्छ कि यसमा भन्ने रहेछ । यस स्थितिमा सुधार हुन प्रारम्भ भइसकेको छ । हामीले मेजर्स अपनाउन थालेका छौं, स्टेप अपनाउन थालेका छौं र यसको सकारात्मक परिणाम पनि प्रकट हुँदै जानेछ । सेयर बजार पनि सुधारतर्फ फर्किसकेको छ । अरु कुराहरु पनि आइसकेको छ । त्यसकारण यसमा छिटै सुधार हुन्छ ।

सक्षम घिमिरे कक्षा ११ ः नेपालको प्रशासनिक प्रणाली निकै महंगो सावित भएको छ । अनि कर्मचारी र मन्त्री पाल्न समेत गाह्रो हुने परिस्थितिमा तपाईंको र हामी सर्वसाधरणको समृद्ध नेपाल, सुखी नेपालीको सपना कसरी साकार हुनसक्छ ? कि यो कुरामा मात्रै सिमित छ ?  

यो कुरामा मात्रै सिमित होइन । समृद्ध नेपाल, सुखी नेपाली सम्पूर्ण नेपालीको राष्ट्रिय आकांक्षा हो, हामीले यसलाई गन्तव्य बनाएका छौं । अहिलेको सरकारको यो गन्तव्य हो । यो नेकपा एमालेको गन्तव्य हो । कर्मचारीतन्त्र राज्य संयन्त्रलाई बढी महंगो भयो, भैसीभन्दा लामा र ठूला सिङ हुने स्थिति भयो । जसले गर्दा कहिले कहिले गाह्रो हुन्छ । कहिले कहिले भेडाको सिङ पछाडिबाट घुमेर फेरि त्यही सिङले टाउकोमा घोचेर आफ्नै कारणले भेडा मर्छ । यसमा ध्यान दिन जरुरी छ । प्रशासनिक पुनःसंरचना सम्बन्धी हामी केही आयोगहरु बनाउँदै छौं र प्रशासनिक पुनःसंरचना र खर्च कटौती सम्बन्धी, मितव्ययिता सम्बन्धी नीतिहरु अपनाउँदा के के गर्न सकिन्छ भनेर हामी नयाँ सिराबाट अध्ययन पनि गर्दैछौं ।

सुशान्त पाण्डे कक्षा १२ ः हजुरले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई सामेल गरेको घोषणा त गर्नु भयो तर, त्यस ठाउँमा भारतीय सरकारले सडक बनाइसक्दा नेपाल सरकारद्वारा गोरेटो बाटो मात्रै निर्माण भएको कुरा सुनिएको थियो । त्यहाँ भारतीय बैंक पनि सञ्चालनमा आइसकेको छ रे । त्यहाँका मानिसहरुलाई चाहिने सबै पूर्वाधार भारतको सरकारले दिने भए नेपाल सरकारको दावीले मात्रै त्यहाँको मानिसको मन जित्न सकिन्छ त ? 

यसमा दुईवटा कुरा छ । एउटा ः लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अहिले पनि भारतको नियन्त्रणमा छ । हामीले यो हाम्रै हो भनेर हाम्रो नक्सामा छाप्यौं र हाम्रो हो भनेर हाम्रो संविधानमा पनि सर्वसम्मतिले संसदले संविधान संशोधन ग¥यो । यसलाई नेपालको लोगो(निशान छाप)मा पनि सामेल ग¥यो । हामी गम्भीर कुटनीतिक वार्ताबाट यस समस्याको छिटो समाधान गर्ने र जमिन फिर्ता ल्याउने काममा लागिराखेका छौं । दार्चुलाको सदरमुकाम जाने बाटो पनि थिएन । त्यस ठाउँमा हामीले अहिले बाटो बनाएका छौं । अहिले दार्चुलाको सदरमुकामसम्म कालोपत्रे सडक पुगेको छ । महाकाली करिडोर हामीले विकास गरेका छौं । गोकुले विमानस्थल, चमेलिया हाइड्रोपावर र अरु यस्ता महत्वपूर्ण योजनाहरु छन् । बैतडी र दार्चुलाको सिमानामा विमानस्थल पनि छ । त्यहाँबाट दार्चुला सदरमुकाममा बाटो पु¥याउन सजिलो थिएन । त्यहाँ पहरो खोलेर लैजानु पर्दथ्यो । त्यसलाई हामीले २÷३ वर्ष लगाएर सफल बनाएका छौं । अब पक्की बाटो पुगेको छ, गाडी पुगेको छ । दार्चुलाको उत्तरी भाग धेरै चट्टानी भएकाले बाटो बनाउन सजिलो छैन । सिमानामा पु¥याउनका लागि कमसेकम ७५ किलोमिटर चट्टान खोल्नु पर्दछ । १ किलोमिटर चट्टान खोल्न वर्षैं लाग्छ । १४ किलोमिटर किमाथाङ्कामा खोल्नलाई हामीलाई २÷३ वर्ष लागेको छ । त्यसकारण ७५ किलोमिटर बनाउन सजिलो छैन । त्यो दुर्गमतालाई हामीले चिरेका छौं र अब हाम्रा सबै जिल्ला सदरमुकाम जोडिएका छन् । हाम्रा रिभर करिडोरहरुले नेपाललाई जोडेको छ । अब दुर्गम क्षेत्र भन्ने हट्दै छन् । साँच्चैका दुर्गम क्षेत्र त छँदै छन् । सगरमाथालाई कहिले सुगम बनाउने ! दुर्गम त दुर्गम रहिहाल्छ । तर, साधारणतया सघन मानव वस्तीलाई दुर्गमबाट अब सुगम बनाएका छौं । त्यहाँका जनतालाई सेवा सुविधा पु¥याउने काम हामीले गरेका छौं । 

मैले अघि भनेको थिएँ कि तराईमा शीतलहरका कारणले जाडोमा मान्छे कठ्याङ्ग्रिएर मर्ने र हिमालमा हिउँको चिसोले कठ्याङ्ग्रिएर मर्ने स्थिति अन्त्य गर्न हिमाली भेगमा ज्याकेट बाँड्ने र तराईमा कम्बल बाँड्ने काम म प्रधानमन्त्री हुँदा सुरु गरेको थिएँ । त्यो अहिले रोकिएको छ, यसपटकबाट फेरि सुरु गर्छु ।
(ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरुसँग १७ पुस २०७९ मा भएको अन्तक्र्रिया कार्यक्रममा व्यक्त विचार)


सम्बन्धित