NP EN

राष्ट्रपतिलाई राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी


२१ असोज (२०८१), काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ ।
भेटमा राष्ट्रपति पौडेललाई हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९औं महासभामा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका बारेमा जानकारी गराइएको थियो । 
प्रधानमन्त्री ओली संयुुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जानुभएको थियो ।   
भेटका अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित