१५ मङ्सिर (२०८१), काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज जानकारी गराउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री डा. आरजÞु राणा देउवा पनि सहभागी हुनुहुन्थ्यो ।
यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण हुँदैछ ।