NP EN

भूगोल बदलिंदैन, भू–राजनीति सम्पन्नताले बदल्न सकिन्छ

मञ्चमा आशीन विभिन्न पार्टीका नेताज्यूहरु, कार्यपत्र प्रस्तोता डाक्टर दिनेश पौडेल, टिप्पणीकर्ता महानुभावहरु र सम्पूर्ण सहभागी दाजुभाइ दिदीबहिनीहरु !

आज नेपाल चीन हिमालयन मैत्री समाजले धेरै महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ । नेपालको वर्तमान भूराजनीतिक अवस्था ः हामीले लिनु पर्ने बाटो’का सम्बन्धमा यहाँ छलफल भइराखेको छ । 

कार्यपत्र प्रस्तोता डाक्छर दिनेश पौडेललाई म धन्यवाद भन्न चाहन्छु । उहाँले धेरै मेहनतका साथ विभिन्न पक्षमा ध्यान पु¥याएर कार्यपत्र प्रस्तुत गर्नु भएको छ । कार्यपत्रले विषयलाई ठीकै ढंगले समातेको छ । म उहाँलाई पुनः धन्यवाद भन्न चाहन्छु । 
टिप्पणीकर्ता मित्रहरुले टिप्पणी गर्नु भयो, त्यसका लागि धन्यवाद दिन चाहन्छु । डाक्टर दिनेशसँग उहाँहरुको के झोक चलेको थियो, मलाई थाहा छैन– कार्यपत्रमाथि टिप्पणी भन्दा अलिक बढी आक्रोस देखाउनु भयोजस्तो लाग्छ । यो कार्यपत्र टिप्पणीभन्दा माथि हुनुपर्छ भन्ने होइन, टिप्पणी त हुन्छ नै । तर, पर्याप्त ज्ञानको अभावमा आयो भन्ने खालको टिप्पणी गर्नु भयो । त्यो कुरासँग म सहमत हुन सकिनँ । त्यो आफ्नो आफ्नो शैलीको कुरा हो । म कार्यपत्रको प्रशंसा गर्न चाहन्छु । कार्यपत्रको प्रशंसा गर्दै टिप्पणीकर्ता महानुभावहरुलाई टिप्पणीका लागि धन्यवाद भन्न चाहन्छु । टिप्पणीले प्रस्तोतालाई आगामी दिनमा अझ सचेत बनाउने छ भन्ने मैले विश्वास लिएको छु । 

आज कस्तो प¥यो भने, सबै साथीहरुले राम्रा राम्रा कुरा गर्नु भयो । गठबन्धनमै रहेका पार्टीका नेताहरु हुनुहुन्छ, गठबन्धनमा रहेका पार्टीका अध्यक्ष समेत हुनुहुन्छ । कुरा राम्रै राम्रो गर्नु हुन्छ । गठबन्धन एकातिर, उहाँहरु अर्कातिर ! गठबन्धन पश्चिमतिर हिँडेको छ, उहाँहरु पूर्वतिर... ! यो निम्ता गर्दाको छनोट देखेर मलाई गज्जब लाग्यो । काँग्रेस भित्र पनि सबैभन्दा राम्रो मान्छे, माओवादी भित्र पनि सबैभन्दा राम्रो मान्छे, गठबन्धन भित्र पनि सबै भन्दा राम्रो मान्छे खोजेर ल्याएको रहेछ । उहाँहरुले आफ्ना दृष्टिकोणहरु प्रस्तुत गर्नु भयो । एक जनाले त भन्नु भयो– यो कुरा बोल्दा टिकट नपाइने भयो । टिकट नपाइने डर भए पनि, त्यो डरलाई छोडेर भए पनि आफ्नो भनाइ भनेरै छोड्नु भयो । उपेन्द्रजी (उपेन्द्र यादव) बाहेक अरुलाई पनि त्यतिकै खतरा छ । अध्यक्ष भएको हुनाले उपेन्द्रजीलाई टिकटको चिन्ता भएन । नारायणकाजी श्रेष्ठजी पनि ढुक्कै हुनुहुन्छ, अहिले ४/५ वर्षका लागि राष्ट्रिय सभामा हुनुहुन्छ । उहाँले पनि अलिक ठोकेरै भन्नु भएको छ । तर साथीहरुले कुरा राम्रा गर्नु भएको छ । म साथीहरुलाई राम्रा विचार व्यक्त गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु । 

तपाईंहरुले गठबन्धन भित्र पनि ठीक कुरा उठाउनु भएको छ कि छैन ? जे भने पनि ताली बजाउने गर्नु भएन । त्यहाँ तपाईंहरुले सहीका लागि लड्नु प¥यो र लड्ने मात्रै होइन । यसो विचार व्यक्त गर्दिएर छोड्ने मात्रै होइन, एउटा नेताको हैसियतले तपाईंहरुको कर्तव्य हुन्छ कि तपाईंको विचारमा आफ्नो पार्टीलाई पु¥याउने र गठबन्धनलाई पु¥याउने । गठबन्धनलाई पु¥याउन सक्नु हुन्न भने पार्टीलाई पु¥याउनु प¥यो । पार्टीलाई पु¥याउन सक्नु हुन्न, विचार मिल्दैन भने त्यो पार्टीमा किन तपाईंहरु हुनुहुन्छ ? विचार मिल्दैन भने पार्टीमा किन ? तपाईंहरु जहाँ अल्झिरहनु भएको छ, पार्टी त त्यो मात्रै छैन होला नि । त्यतापट्टि म नजाऔं, म साथीहरुको प्रशंसा मात्रै गर्न चाहन्छु । औधी धेरै प्रशंसा गर्न चाहन्छु । 

एउटा प्रवृत्ति छ सबैलाई एउटै डालोमा हाल्ने, सबै गोलमोटल बनाउने । एउटाले भ्रष्टाचार गर्छ, त्यसमा होइन भन्ने ठाउँ नै हुँदैन । होइन भन्ने ठाउँ नै नभएपछि त्यसमा अरुलाई पनि त्यस्तै हो कि झैं गरी मुछ्ने । भन्छन् नि– कसैप्रति लक्षित छैन तर कसैको चरित्रसँग मिल्न गएमा संयोग मात्रै हुनेछ । जस्तो भन्नुस् न, एउटाले बजेटमा सेटिङ ग¥यो अरे, बाहिरका मान्छे ल्याइल्याइ बजेटमा करका दरहरु तोक्यो अरे, निःशुल्क त गरेन होला । निःशुल्क त गरेको होइन होला । स्वर्ग जानका लागि त त्यो काम गरेको होइन होला, केही त होला । त्यसमा अझ तथ्य लुकाउनका लागि सीसीटिभीको फुटेज पनि गायब ग¥यो । फुटेज गायब गर्दा त्यो मेसिन फेरि रिभाइभ हुन्छ भन्ने सुनेपछि मेसिन नै गायब गर्दियो । कुनै पार्टीको मान्छेले, कुनै सरकारको मान्छेले त्यो गर्दियो । अब यसमा होइन भन्ने ठाउँ नहोला । त्यसो भएपछि त्यो पार्टीको, सरकारको मान्छे स्वतन्त्र पल्टेर भन्छ– ‘म चाहिँ हेर्नुस्, यस्ता कामको विरोधमा छु । सबै पार्टी उस्तै हुन् ।’ उसले किन त्यसो भन्यो भने आफ्नो त नाइ भन्ने ठाउँ नै रहेन । अनि उ सबैलाई उस्तै हुन् भन्नतिर बल गर्छ । भन्छ– ‘यिनीहरु सबै उस्तै हुन् । हेर्नुस् ! म आफ्नो बचाउने र अर्काको आलोचना गर्ने गर्दिनँ, सबै उस्तै हुन् ।’ यस्ता कामहरु गर्न हुँदैनथ्यो भनेर सबै उस्तै हुन् किन भन्छ भने आफ्नो उम्किने ठाउँ छैन । बेठीक कामको अपजसबाट उम्किने यो बाठो तरिका अपनाउने होइन, हामी तथ्यमा जानु पर्छ, सत्यमा जानु पर्छ । 

एकजना टिप्पणीकार महोदयले भन्नु भयो– जति क्रान्तिकारी धक्कु लगाए पनि, जति कुरा गरे पनि पृथ्वीनारायण शाह ह्यान त्यान के के जाति भन्नु भयो । कसले थाहा नहुनेगरी कुरा ग¥यो ? कसले धक्कु लगायो ? देशभक्तिको कुरा गर्नु क्रान्तिकारी कुरा हो ? म डा. सा’वलाई भन्न चाहन्छु– पृथ्वीनारायण शाहका दिव्यपदेश कहिलेबाट आयो ? कुन ग्रन्थबाट पढ्न थाल्नु भयो डाक्टर (चन्द्र भण्डारी) सा’वले ? पृथ्वीनारायण शाहले दिव्योपदेश कसलाई दिएका हुन् ? दिएको त पृथ्वीनारायण शाहले रहेछ । कसलाई दिएको ? कहिले दिएको ? कस्तो अवस्थामा दिएको ? त्यो दिएको भए उसैबेलादेखि आयो कि २५ साल पुस २७ गतेबाट आयो ? २५ साल पुस २७ गते दिव्योपदेश आयो डाक्टर साव् ? पृथ्वीनारायण शाहको योगदान महान् छन्, एकीकरण गरेका हुन् । एकीकरण आवश्यक थियो, एकीकरण सकारात्मक कुरा हो । पृथ्वीनारायण शाहलाई एकीकरणको नायकका रुपमा प्रशंसा गर्छौं । तर, ओरिजनल बुट्टा कुन थियो, त्यस माथि रंग ककसले भ¥यो ? रंग भरेका कुराहरु अलिअलि हेर्नु पर्छ । मृत्यु शैयामा भएको मान्छेले आरामसँग दिव्योपदेश भनेर मर्न भन्दा पहिले दिएको कि पछि ? चलाख सन्तान भयो भने, शासक सन्तान भए भने यस्ता कुराहरु निस्किन्छन्, पैदा हुन्छन्, उत्पत्ति हुन्छन् । त्यो बेग्लै कुरा हो । 

दिव्योपदेश आउँदा म पनि १७ वर्षको भइसकेको थिएँ । दिव्योपदेश कहिले छापियो भन्ने कुरा नेपालको परराष्ट्र नीतिको कुरा चल्दा अथवा असंलग्न बाङ्डुङ सम्मेलन हुँदा, असंलग्न आन्दोलनको शिखर सम्मेलन हुँदा, प्रथम असंलग्न आन्दोलन हुँदा, यदुनाथ खनालहरुले असंलग्न आन्दोलनका सिद्धान्तहरु तय गर्दा दिव्योपदेशको चर्चा कति ठाउँमा छ ? कहाँ कहाँ छ ? त्यतिबेला त दिव्योपदेश जन्मिएकै थिएन । १९५५–१९६१ का कुरा गर्ने हो भने जन्मिएकै थिएन । त्यो इतिहासको खोजको विषय हुन सक्छ, अध्यनको विषय हुन सक्छ ।

हामीलाई कसैको योगदान एक इन्च बढाउनु छैन । भएको भन्दा बढी बढाउनु पर्ने आवश्यकता पनि छैन । ठीक्क मूल्याङ्कन गर्दा हुन्छ । घटाउनु त झन् एकसुका पनि सकिँदैन । घटाउनु नै हुँदैन, कसैको योगदान किन घटाउनु ? तर जे थाहा भयो, हामी त्यसमा जानु पर्छ । हामी कुनै बनावटी कुरा गरिराखेका छैनौं । हामी देशभक्ति बनावटी हुनुहँुदैन भन्छौं । बनावटी कुराले राष्ट्र हितको संरक्षण र सम्वद्र्धन गर्न सकिँदैन, अहिलेकै सरकारको हालत हुन्छ । बनावटी कुरा ग¥यो भने असंलग्न भन्दै ग¥यो, ढल्किनु हुँदैन भन्दै ग¥यो तर ढ्याक्कै एकातिर पल्टियो । ढल्किन हुँदैन भन्दै ग¥यो, तर अहिलेको सरकारको जस्तो तेर्साे प¥यो ।

मापनको हिसाबले भन्दा नेपालको विदेश नीति २००७ सालदेखि २०१२ सालसम्मको अवधिमा जस्तो तल कहिल्यै गएन । त्यसयता बढ्दै–घट्दै, बढ्दै–घट्दै आयो होला । २००७ सालदेखि २०१२ सालको अवधिपछि अहिले यो गठबन्धन सरकारले राष्ट्रियताको, स्वाभिमानको, हाम्रो भौगोलिक खण्डताको, हाम्रो स्वतन्त्रताको, हाम्रो सार्वभौमसत्ताको अपमान र हुर्मत कहिल्यै पनि लिएको छैन । प्रमाण संगत कुरा गरौं, तथ्यसंगत कुरा गरौं, यही देखिन्छ । २००७ साल पछि सम्झौता ककसले गरे, केके गरे ? दिल्ली सम्झौतामा के थियो ? नेपाली काँग्रेसका नेताहरुलाई थाहा थियो । फेरि एकपटक भन्न चाहन्नुहुन्छ भने म चन्द्रजीलाई माइक दिन्छु । २००८ साल मंसीरतिर होला नेपाली काँग्रेसका सभापति मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए । माघ ४ गते भारत भ्रमणमा गए । माघ ११ गते भारत भ्रमणबाट फर्किए । फर्किंदा नेपालको उत्तरी सिमानामा १७ ठाउँमा भारतीय सैनिक चेकपोष्ट राख्ने भन्ने सम्झौता गरेर फर्किए । भारत गएको ४ गते, फर्किएको ११ गते । नेपाली काँग्रेसका सभापति मातृकाप्रसाद कोइरालाले ११ गते फर्किंदा यो सम्झौता गरेर फर्किए । त्यो कुरा २०२६ सालमा कीर्तिनिधि विष्टले आफ्नो पदलाई जोखिममा राखेर पद छोड्ने सर्तमा फिर्ता गराए । यो सन् १९५२ फेबु्रवरी महिनाको कुरा थियो । सन् १९६२ मा कालापानीमा अर्को फौजी टुकडी राखिएको थियो । त्यो नेपालले पछि थाहा पायो । थाहा पाएपछि शासकहरु बोल्न सकेनन् । त्यसको चर्चा भएन । प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई समेत कालापानीमा फौज छ भन्ने कुरा र त्यहाँ सैन्य पोष्ट छ भन्ने कुरा थाहा भएन । उहाँ त अहिले बित्नु भयो, उहाँले आफ्ना संस्मरणहरु कतै लेख्नु भएको होला । मैले उहाँसँग यो कुरा सोधेको छु– किन तपाईंले १७ वटा फिर्ता गर्नु भयो भने १० वर्ष पछि बिना सम्झौता राखेको किन फिर्ता गर्नु भएन ? उहाँले भन्नुभयो– थाहा नै भएन । नत्रभने सम्झौताबाट राखेको १७ वटा त फिर्ता गर्नेले सम्झौता बिना राखेकोलाई फिर्ता गर त भन्ने थियो । तर त्यो फिर्ता भएन । 

अहिलेको राजनीतिमा के भएको छ हेर्नुस् त ! राष्ट्रियताका निम्ति कोही लड्यो भने त्यसलाई देखाएर प्रभु फलानोलाई हटाएन भने त यस्तो त गरिसक्यो, अझ बढ्ता गर्छ छिटो हटाउनु प¥यो भनेर त्यसमा सौदावाजी गर्ने । ट्रान्सपोर्ट–ट्रान्जिट एग्रिमेन्ट चीनसँग गरे वापत, चीनतिरबाट नाका खोले वापत मैले पहिलोपल्ट प्रधानमन्त्रीबाट हट्नु परेको होइन र ? चीनबाट फर्किने बित्तिकै हटाउने अभियान चलेको होइन र ? १७ वटा चेकपोष्ट हटाएवापत कीर्तिनिधि विष्टले पद छोड्नु परेको थियो । उत्तर तिरबाट बाटो खोले वापत मैले २०७३ सालमा छोड्नु परेको थियो । हामीसँग समय छैन अहिले, यस्तो खालको विषयमा सर्वदलीय बैठक हुन्छ भने यस्तो छलफलमा सहभागि हुन म उत्साही हुनेछु । किनभने मेरो मनमा देश बाहेक, नेपाल बाहेक, नेपालको स्वाधीनता र स्वाभिमान बाहेक, नेपालको हित बाहेक र नेपाली जनताको उन्नति प्रगति बाहेक अरु केही छैन । 

चुच्चे नक्सा छापेपछि यसमा सौदावाजी हुन्छ र त्यसका विरुद्ध एकजुट हुन्छन् ।  चुच्चे नक्सा छाप्दा अपवित्र सत्ता साँठगाँठ हुन्छ र सरकारबाट हटाउन लाग्छन् भन्ने कुरा मलाई थाहा थियो । थाहा भएर पनि मैले गरेको हुँ । यसबारेमा अहिले चन्द्र भण्डारीजीले एकदम ठीक कुरा भन्नु भयो । जेसुकै कुरामा पनि मौनधारण गर्न सकिँदैन, मौनधारण गर्नु हुँदैन र हाम्रो कूटनीति भनेको घुँडा टेकेर सत्ता जोगाउने डिप्लोमेसी होइन । हामी चीनको भूमि कब्जा गरेर, दाबी गरेर जान सक्छौं होला र ? चीनको भूमि दावी गरेर यति मेरो हो भनेर दावी गरेर जान सक्छौं होला र ? हामी भारतको भूमि यो चाहिँ मेरो हो भनेर दावी गर्न जान सक्छौं होला र ? त्यो हाम्रो क्षमता छैन नि ! तर हामीले हाम्रो भूमिलाई त हाम्रो भूमि हो भन्नु प¥यो नि ! हामीले त्यो हिम्मत गर्नु प¥यो– हाम्रो भूमि हाम्रो हो । हाम्रो भूमि भनेको हाम्रो भूमि हो । त्यसलाई जता जसले नियन्त्रणमा लिएको छ, त्यो उसले फिर्ता गुर्न प¥यो, हामीले भनेको यत्ति हो । हामीले अरु ढंगले भनेका छैनौं, हामीले तथ्य प्रमाणका आधारमा भनेका छौं । सुगौली सन्धिको १४६ वर्ष भन्दा अगाडि त हाम्रो अरु टेरिटोरी थियो, त्यो हामीले हा¥यौं । हाम्रो भूभाग गयो । जुन भूभाग कायम रहेर सम्झौता भयो, त्यसको रक्षा हुनु प¥यो । 

अरु ठाउँका सीमानाका कुरा छोड्दिऔं । महाकाली सम्बन्धी यो पहाडी भेगको उद्गमदेखि तराईसम्मको सीमाना जुन छ, त्यो त फेरिएको छैन नि ! १४६ वर्ष हामीले भोगचलन गरिसकेपछि त्यो हाम्रो हो नि ! १९६२ मा भारतीय सेनाको टुकडी बस्नु भारतकोे कारण थियो होला, हाम्रा निम्तिका कारण थिएनन् । तर, त्यहाँ फौज राखियो र अहिले ६० वर्ष भयो । ६० वर्षदेखि हाम्रो भूभागमा भारतीय फौज छ । अब त्यो फिर्ता गर्नुपर्छ भन्ने कुरा हामीले उठायौं । हामीले त्यसको नक्सा नछापेर भारतसँग कुरा गर्न जाँदा लिम्पियाधुरा, लिपुलेक, कालापानी नभएको हाम्रो नक्सा बोकेर हामी जाने । भारतले चाहिँ हाम्रो भूभाग पनि सामेल गरेको नक्सा लिएर आउने । अनि हामी वार्ता के भनेर गर्छौं ? हाम्रो नक्सा पेश गर्दा बुच्चै छ । उनीहरुको नक्सा पेश गर्दा त्यो बुच्चै भएको जमिन चाहिँ उनीहरुकोमा परेको छ भने के भन्ने ? मान्नुस् तपाईं र मेरो सिमानामा विवाद भयो । तपाईंले मेरो भूभाग पनि आफ्नैमा राखेर नक्सा बनाएर दिनुभयो, मैले मेरै भूभाग पनि तपाईंकै नक्सामा हालेर नक्सा बनाएर लगें भने अनि बहस के हुन्छ त ? मैले दावी गर्दा त तपाईंले कब्जा गरेको समेत नक्सा तपाईं ल्याउनु हुन्छ । त्यही छ त, मेरो चाहिँ मेरो भूभाग गएको पनि दावी छैन, नक्सा नै छैन मसँग भन्ने कसरी हुन्छ ? मैले राष्ट्रको लागि नक्सा छापेर जोखिमी मोल्दा दिग्गज हुँ भन्ने नेताहरुले कुटनीतिक सम्बन्ध बिगारेको भने, कुटनीतिक अपरिपक्वता भने । देशको भूभाग छोड्नु परिपक्वता हो ? राष्ट्रिय हितलाई परित्याग गर्नु, भौगोलिक अखण्डता भनिरहने । तर अखण्डताका कुरा नगर्ने, यो परिपक्वता हो ? 

छिमेकी देशसँग समस्या रहिरहने तर समस्यारहित सम्बन्ध छ हाम्रो भन्न सकिने हो र ? त्यसकारण हामीले हाम्रा छिमेकीहरुसँग असल सम्बन्ध राख्नु पर्दछ । दुईवटै छिमेकीसँग एकदमै असल, विश्वस्नीय, भरपर्दो मैत्री सम्बन्ध, मित्रतापूर्ण सम्बन्ध, एकअर्कालाई धोका नदिने गरिको सम्बन्ध, एक अर्का विरुद्ध कार्ड नखेल्ने, षडयन्त्र रहित, आफ्नो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने गरिको सम्बन्ध, बाहिर बाहिर एउटा कुराले ओठेभक्ति देखाउने र भित्रभित्र अर्को खालको कैँची चलाउने व्यवहार छिमेकमा बसेर गर्नु हुँदैन र सफासफी व्यवहार गर्नु पर्दछ । मैले सरकार सञ्चालन गर्दा अपनाएको कूटनीतिक सम्बन्ध त्यो हो । हो, त्यस्तो व्यवहारबाट आ–आफ्नो भूमि, आ–आफ्नो जायज हितहरुको रक्षा, आफ्नो आफ्नो पारस्परिक सहयोग आपसमा र पारस्परिक सम्मानका साथ अगाडि बढ्ने सम्बन्ध स्थापित गरौं । 

तपाईंहरुले आजको यो गोष्ठीमा एकदम महत्वपूर्ण विषय राख्नु भएको छ– ‘नेपालको वर्तमान भूराजनीतिक अवस्था र हामीले लिनु पर्ने बाटो’ । भूराजनीतिक अवस्था भनेको, भूराजनीति भनेको के हो ? भूराजनीतिक राजनीति भन्नु भएको छ । भूराजनीति भनेको एउटा अवस्थिति, अर्को अवस्था । यो दुईवटा कुरा मिलेर भूराजनीति हुन्छ । हाम्रो देश धेरै विकसित भएको भए भूराजनीतिको स्थिति फरक पर्दथ्यो । हामी पछाडि परेका छौं, अल्पविकसित छौं, अविकसित छौं । त्यसकारणले हाम्रा लागि भूराजनीतिको बेग्लै अर्थ छ । हामी ठूलो देश भएको भए फरक पर्दथ्यो होला । बलिया भएका भए फरक पर्दथ्यो होला । 

हामी ठूलाठूला दुईवटा देशका बीचमा छौं । अर्को महत्वपूर्ण कुरा ठूलाठूला दुईवटा देश छन् मात्रै होइन, दुईवटा भिन्नभिन्न राजनीतिक प्रणाली, सामाजिक, आर्थिक, साँस्कृतिक प्रणाली भएका देशहरु छन् । ठूलाठूला दुईवटा देशका बीचमा छौं, एउटा तथ्य यो हो । अर्को हाम्रो अवस्था के छ ? अरुको अवस्था के छ, त्यो कुरा हो । यस अवस्थाले पार्ने असर, प्रभावलाई ध्यानमा राखेर हामीले अगाडि बढ्नु पर्छ । त्यसो गरिरहंदा हाम्रो सार्वभौमसत्ता, हाम्रो स्वाधीनता, हाम्रो स्वतन्त्रता, हाम्रो भौगोलिक अखण्डता, हाम्रा जायज राष्ट्रिय हितहरु र हाम्रो राष्ट्रिय स्वाभिमान, यी कुराहरुलाई हामी छोड्न सक्दैनौं र यी कुराहरुलाई हामीले नछोड्नु अन्याय होइन । यो कुनै ज्यादती होइन । हामीले हाम्रा छिमेकीहरुसँग यसो भनिरहंदा सुमधूर सम्बन्ध कायम राख्न चाहन्छौं र कुनै पनि प्रकारका समस्याहरु छन् भने ती हटाउन चाहन्छौं । डुवान छ भने मौनधारण गर्नु हुँदैन । त्यसैकारण मैले डुवानको सन्दर्भमा कुरा गरेर संयुक्त समिति बनाएको थिएँ । यसले डुवान समस्या अध्ययन गर्ने र कतिपय ठाउँमा खोल्ने काम पनि भयो । हामीले आफ्नो राष्ट्रिय हितलाई ध्यान दिएर उत्तरतिरबाट बाटो खोलौं, उत्तरतिरबाट रेल ल्याऔं, व्यापार उत्तर–दक्षिण तिरबाट बढाऔं भनेर सोही अनुसारका काम ग¥यौं । उत्पादन छ भने न हामीले व्यापार गर्ने हो, आयात गर्ने कुरालाई व्यापार भनिँदैन । खास उत्पादनको विक्रीलाई व्यापार भनिन्छ । हामीले बेसाएका छौं, उपभोग्य वस्तु ल्याउँछौं, उपभोक्ता बजार बनेका छौं, यो कुरा कार्यपत्रमा पनि छ । उपभोग्य बजार, हामी त अहिले उपभोक्ता मात्रै बनेका छौं । हाम्रा अगाडि यत्रो अवसर छ, दुईवटा यति ठूलाठूला बजारहरु छन् । कमी के छ भन्दा खाली हाम्रो उत्पादन छैन । त्यसकारण पहिलो कुरा हाम्रो राष्ट्रिय आवश्यकता, हाम्रो राष्ट्रिय उपभोग, यसलाई पुग्नेगरीको विभिन्न क्षेत्रमा उत्पादन वृद्धि गर्नु प¥यो । जसले आयात घटाउँछ, आत्मनिर्भरता बढाउँछ ।

दोस्रो कुरा, हामीले आपूmलाई चाहिने कुरा भन्दा बढी अथवा कमसेकम टेक्नोलोजी भ्यालु र अरु भ्यालुहरु जोड्न सक्ने खालका उत्पादनहरु बाहिर पठाउन सक्नु प¥यो । त्यो सकिँदैन भने सकभर हाम्रा उपजहरुलाई अन्तर्राष्ट्रिय बजार, त्यसमा पनि पहिले हाम्रा सबैभन्दा छिमेकहरुको बजार लिन सक्यौं भने ठूलो कुरा हुन्छ । किनभने संसारको लगभग ४० प्रतिशत भन्दा बढी जनसंख्या यी दुईवटा छिमेकमा मात्रै छन् । विश्वको ४० प्रतिशत भन्दा बढी जनसंख्या हाम्रो छिमेकमा छन् । हामीले छिमेकी फेर्न सकिँदैन । सुमधूर सम्बन्ध बनाउनु बाहेक अर्को बाटो छैन । सुमधूर सम्बन्ध बनाउने एउटै सुत्र के हो भने–अनुचित र असमान कुराहरु हटाउनु पर्दछ र उचितस्तरमा सम्बन्ध, उचित तरिकाले सम्बन्ध, उचित आधारमा सम्बन्ध र सम्बन्धका आधार औचित्यपूर्ण, तर्कपूर्ण, न्यायपूर्ण हुनुपर्दछ । हामीले भनेको त्यो हो । औचित्यपूर्ण, न्यायपूर्ण आधारमा हाम्रा सम्बन्धहरुलाई सुदृढ गर्नु पर्दछ, विस्तार गर्नु पर्दछ, उचाइमा लानु पर्दछ र आजको समयानुकूल बनाउनु पर्दछ । पुराना मान्यता अनुसार होइन, आजको सन्दर्भ, आजको मान्यता अनुसारका सम्बन्धहरु, संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरु, पञ्चशीलका सिद्धान्तहरु, अहस्तक्षेपको नीतिका आधारमा हाम्रा सम्बनधलाई सुमधूर बनाउन सकिन्छ । अहिले मैले भनिरहनु पर्ला जस्तो लाग्दैन– अहस्तक्षेपको नीति, सहअस्तित्वको नीति यस ढंगले जानु पर्दछ । पारस्परिक सहयोगको नीति, एकअर्काको अहस्तक्षेप र कुनै प्रकारको सुरक्षा चुनौती नहुनेगरी अघि बढ्नु पर्छ । हामीकहाँ कुनै प्रकारको सुरक्षा चुनौती छैन । यो राम्रो पक्ष छ । तर अरु कुरा त उहिले हुने गर्दथ्यो । मन्त्रिपरिषद्मा भारतीय राजदूत बस्नेसम्मको हुने गर्दथ्यो । २००७ सालमा, २००८ सालमा मन्त्रिपरिषद्मा भारतीय राजदूत आएर बस्थे । त्यस स्थितिबाट आजको स्थितिसम्म आइपुगेका छौं । प्रगति छैन होइन, प्रगति छ । तर, फेरि पनि केही इरिटेस, तिनीहरुलाई सही ढंगले, सही तरिकाले न्यायोचित आधरले हामीले ठीक गर्नु पर्दछ ।

एउटा कुरा अघि आयो–नाम नलिइकन तरिकासँग एउटा कुरा अभिव्यक्त भएको थियो । एमसीसी गर्ने, एमसीसी अघि बढाउने, एमसीसी पारित गर्ने र त्यो अघि बढाउने भन्ने शब्द चाहिँ मेरा लागि प्रयोग भएको थियो– नाम नलिइकन । म के स्पष्ट पार्न चाहन्छु भने, म माथिको विरोध एमसीसी अगाडि बढायो भन्ने सम्बन्धमा छ । गर्न खोजेको, त्यस बेला पनि यही गठबन्धनले थियो, जतिबेला उसले यो सम्झौता गरेको थियो । यही गठबन्धनले एमसीसी सम्झौता ग¥यो, अनि कसरी लागू गर्ने भन्दा खस्याङ्खुसुङ भित्रभित्रै गर्ने । संसदमा ल्याउन नहुने । मैले संसदमा ल्याएँ, उहाँहरुको टाउको दुख्यो । संसदमा ल्याउनु पर्छ, हरेक कुरा जनताको जानकारीमा हुनुपर्छ, राष्ट्रिय बहसको विषय हुनुपर्छ । त्यस्ता विषयहरु यस्ता फोरमहरुमा बहस हुनुपर्छ, राष्ट्रिय बहसको विषय बन्नु पर्छ । हामी अनुदान लिऔं कि जेसुकै लिऔं, जनताले थाहा नपाउने, भित्रभित्रै गर्ने, संसदमा ल्यायो भने अगाडि बढायो भन्ने गर्नु हुँदैन । संसद त जनताका प्रतिनिधिहरु भएको ठाउँ हो नि ! अब म के गरुँ ? मसँग बहुमत छैन । अहिले पनि तपाईंहरुको गठबन्धन मिलेर पास ग¥यो त, म के गरुँ ? संसद यस्तै छ । कहिले कहिले म भन्ने गर्छु–राष्ट्रिय आवश्यकता एकातिर हुन्छ तर संसदीय गणित अर्कातिर हुन्छ । त्यो अर्कातिर भएको संसदीय गणित, राष्ट्रिय आवश्यकता र औचित्य भन्दा विपरीत भएको संसदीय गणितले डरलाग्दा नकारात्मक कामहरु गर्दिन्छ । के गर्नु हुन्छ संसद नै त्यस्तो भएपछि ? संसद यस्तो छ, जसले राष्ट्रियताका विरुद्ध काम गर्न गठबन्धन बनाउँछ । भ्रष्टाचारका लागि गठबन्धन बनाउँछ, विकासका काम रोक्नका लागि गठबन्धन बनाउँछ । त्यस्तो संसदको गणित भएपछि के गर्न सकिन्छ ? 

कार्यपत्र प्रस्तोताले हो कि जस्तो लाग्छ अघि एकदमै राम्रो कुरा गर्नु भयो । यदि कसैले गल्ती गर्छ, बेठीक गर्छ भने जनतामा सार्वभौमसत्ता भनेकै त्यही हो निर्वाचनका माध्यमबाट त्यस्तो गल्ती गर्नेहरुलाई ठीक लगाउनु पर्दछ । त्यसकारण म मंसीर पर्खिराखेको छु । यो गठबन्धन सत्ताका निम्ति हो, स्वार्थका निम्ति हो, गठबन्धन देशका निम्ति होइन । सत्ता गठबन्धनका मित्रहरुलाई अहिले माइक दिन तयार छु म, समय दिन तयार छु, १० मिनेट पर्खिन्छु बरु, देशका लागि, जनताका लागि, विकासको पक्षमा, सुशासनको पक्षमा यो गठबन्धनले गरेको एउटा काम भन्दिनुस्, माइक दिन्छु । यसको आतंक एउटै कुरासँग छ– एमाले एमाले । किनभने एउटा पार्टीका विरुद्ध यत्रा पार्टी, ओहो ! साधारण रुपमा भनिन्छ, ‘एक एक आइज लडौं’, ‘वन बाइ वन आइज’ भनिन्छ । सडकमा लड्नेहरुले पनि त्यो भन्छन्, यहाँ त बाबा ! सब मिलेर एमाले...। एमाले किन यस्तो आतंक भयो यिनीहरुलाई भने एमालेले देशका निम्ति केही गरेको छ, विकासका निम्ति केही गरेको छ, जनताका निम्ति केही गरेको छ, राष्ट्रियताको सन्दर्भमा केही गरेको छ । त्यसकारण त्यो खतरा भयो । पहिलोपल्ट केपी  ओलीलाई प्रधानमन्त्रीमा आउन दिन खोजेको थियो र ? नेपाली काँग्रेससँग, सुशील कोइरालाजीसँग सम्झौता थियो–संविधान बनिञ्जेलसम्म सुशील कोइरालाजी, संविधान बनेपछि केपी ओली प्रधानमन्त्री भन्ने सम्झौता थियो । नेपाली काँग्रेसले सम्झौता तोड्यो, सुशील कोइरालाजीले सम्झौता तोड्नु भयो । कहाँको निर्देशमा, कसको इशारामा तोड्नु भयो, म जान्दिनँ । आफ्नै ज्ञान मनले तोड्नु भएको होला । तोड्नु त भयो नि ! हामीले समर्थन गर्दा संविधान बनाउनका लागि समर्थन गरेका थियौं । हामीले संविधान बनायौं पनि । त्यसपछि काँग्रेसले धोका दिन्छ भन्ने अनुमान थियो । किनभने काँग्रेस त्यस्तै पार्टी हो । त्यो पहिलोपल्ट होइन, पहिले पहिले पनि धोका दिएको छ । मैले यहाँ बोलेको कुरा राष्ट्र बैंकले छापेको जस्तो हो, जहाँ यसको भुक्तानी कसैले माग्न आएमा राष्ट्र बैंकले दिन्छ । मेरो कुरा भुक्तानी सहितको हुन्छ । 

पछि हामीले चुनाव लडेर जितेका हौं । त्यो सरकार ढालियो । किन ढालियो मैले अघि नै भनिसकें । एउटा कुरा म भन्न चाहन्छु, कुनैपल्ट सरकारमा जाँदा, कुनै चुनाव  लड्दा नेकपा एमालेको अध्यक्ष, एमालेका नेताहरु, एमाले पार्टीले विदेशबाट पैसा ल्याएर चुनाव लडेको छैन । अस्तिको गएको स्थानीय तहको निर्वाचन पालिका, वडा छानिने ठाउँमा पनि जुन पैसाको खोलो बग्यो, देश भित्रको पैसाले पुग्यो कि पुगेन होला ? यसो विचार गर्नुस् त ! एउटा एउटा पालिकामा समेत, पैसा त कहाँबाट आयो जस्तो । साथीहरुले चिन्ता गर्नु भयो नि, जायज छ यो चिन्ता । एकदम जायज छ । पार्टीमा तपाईंहरुले दह्रैसँग लड्न आवश्यक देख्छु । लड्न आवश्यक छ । नत्रभने हामीले राष्ट्र जोगाउन, राष्ट्रको स्वाभिमान र स्वाधीनता जोगाउन, राष्ट्रिय हित जोगाउन र राष्ट्रलाई उन्नतिको बाटोमा अगाडि बढाउन सहज छैन । अलिकति तटस्थताका लागि साथीहरुले भन्नै पर्छ, उहाँहरु अर्को पार्टीमा हुनुहुन्छ, एमालेको प्रशंसा गर्ने कुरा भएन, एमालेको नेताको प्रशंसा गर्ने कुरा भएन, तर जति बोल्नु भयो, त्यसका लागि धेरैधेरै धन्यवाद भन्न चाहन्छु । यो साहसलाई म एकदमै धन्यवाद दिन चाहन्छु । सत्यप्रतिको साह्रै आँटिलो तपाईंहरुको निष्ठालाई सलाम छ । त्यस्ता पार्टीमा भएर पनि यस्ता कुरा गर्ने तपाईंहरु ....! 

हामीले देशलाई माया गरौं । राष्ट्रिय राजनीतिलाई वास्तवमा विभिन्न ढंगले कहिले जातका नाममा, कहिले भूगोलका नाममा, कहिले अरु कुराका नाममा विभाजित गर्न खोजियो । नेपाली जनतालाई काँक्राको चिरा चिरेको जस्तै मात्रै होइन, त्यो खल्पी बनाउनलाई चिर्छ नि, चारैतिरबाट चिर्न खोजियो । तर, म नेपाली जनतालाई धन्यवाद भन्न चाहन्छु, यस्तो भौगोलिकदेखि वनस्पतीय, जैविक र सामाजिक विविधतायुक्त देशमा चिराचिरा पारेर हामी ध्वस्त हुन्थ्यौं । त्यसबाट सचेत नेपाली जनताले चिराचिरा पर्नबाट देशलाई जोगाए । म नेपाली जनतालाई धन्यवाद भन्न चाहन्छु । मलाई विश्वास के छ भने नेपाली जनताको यस सजगताले नेपालको राष्ट्रियता, नेपालको अस्तित्व, नेपालको राष्ट्रिय हित, नेपालको स्वाभिमान तलमाथि पर्न सक्दैन । किनभने नेपाली जनताले पटक पटक त्यो सचेतनता  देखाएको छ र जोगाएको छ । राष्ट्रियता जोगाउनका लागि एकता चाहिन्छ, पार्टीहरु मिल्नु पर्छ । पार्टीहरु मिल्नु पर्छ केमा ? आधारभूत रुपमा सबै पार्टी मिल्नु पर्छ लोकतन्त्रका प्रश्नमा, राष्ट्रियताका प्रश्नमा, सदाचार र स्वच्छताका प्रश्नमा, भ्रष्टाचार नियन्त्रणका प्रश्नमा, सुशासनका प्रश्नमा, कानूनीराजका प्रश्नमा, अनि विकासको प्रश्नमा । राष्ट्रको रक्षा, सम्वद्र्धनदेखि विकाससम्मका यी तमाम कुरामा पार्टीहरु मिल्नु पर्छ । जनतालाई राहत सहुलियत पु¥याउने कुरामा, जनताको जीवनस्तर उठाउने कुरामा सबै पार्टीहरु मिल्नु पर्दछ । तर, यहाँ के भइरहेको छ ? सरकार बनाउन मिल्नु पर्छ, मिलिजुली खानु पर्छ भन्ने कुरा भइरहेको छ । जनताका हितमा मिलेर हामी जनताका बीचमा जान सक्छौं, जनताका बीचमा जाऔं । 
बामपन्थी मिल्नु पर्छ भनिन्छ नि, म एउटा बेनिफिट अफ डाउट भन्छ नि ! नेपालमा बामपन्थी पार्टीहरु छन् भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोडन, अनि एसपीपी नगर्न र बामपन्थी एकतामा आउन आग्रह गर्छु । छन् कोही बामपन्थी ! चौरीको पुच्छर जस्तै काँग्रेसको पुच्छर भएर हिंड्नेलाई बामपन्थी पार्टी भनेर हुन्छ ? खोई बामपन्थी पार्टी ? कम्युनिष्ट सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्छ भनेर अदालतमा मुद्दा हाल्न ‘बामपन्थी’ गएको होइन ? कम्युनिष्ट सरकार ढालेर शेरबहादुर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउनु प¥यो, गरिपाउँ भनेर, परमादेश जारी गरी पाउँ भनेर, संसदले सकिएन परमादेशबाट मुद्दा लडेर जिताइ पाउँ र सरकार दिलाइ पाउँ भनेर जाने ‘बामपन्थी’ रे ! अनि शेरबहादुर देउवाको नेतृत्वको गठबन्धनको रक्षा गरौं, ‘बामपन्थी’ ! म आग्रह गर्न चाहन्छु, राफसाफ कुरा गरांै– कोही बामपन्थी हुनुहुन्छ भने आउनुस् । बामपन्थी हुनुहुन्छ भने गल्ती भइहाल्यो छोड्दिऔं । बामपन्थी हुनुहुन्छ भने आउनुस् । एमालेसँग मिलेर जाउँ, काँग्रेस विरोधी मोर्चा होइन । देशको पक्षमा, राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, कानूनीराजको पक्षमा उभिएर काम गर्न सक्ने सरकार बनाऔं र अगाडि बढाऔं । चुनावमा बुथ कब्जा गर्ने होइन, विपक्षी उमेदवारलाई गिरफ्तार गरेर थुनामा राखेर बुथ कब्जा गरेर होइन । मत पेटिका फुटाउने, मतपत्र टोक्ने, च्यात्ने होइन, निष्पक्ष ढंगले शान्तिपूर्ण, स्वतन्त्र वातावरणमा चुनाव गराउने लोकतान्त्रिक अभ्यास गर्ने सरकार बनाऔं । आउनुस् बामपन्थीहरु कोही हुनुहुन्छ भने । त्यो खाली भेष मात्रै, बर्को मात्रै, साइनबोर्ड मात्रै बोक्ने राख्ने बामपन्थी होइन । मैले साधुको पहेलो रंगको रामनमी बर्को ओढें भने म एमालेको नेता हटेर साधु भइहाल्छु ? बर्को बेग्लै कुरा हो । बर्को छोडौं, असली असली रुपमा सबै आउँ । म फेरि एकपटक सबैले देशभरी सुन्ने गरी भन्न चाहन्छु, बामपन्थी हुनुहुन्छ भने आउनुस् । 

हाम्रो भूराजनीतिक अवस्था, मैले अघि भनेँ–अवस्थिति र अवस्थाले भूराजनीतिक हुन्छ । त्यसको उपज हो भूराजनीति । त्यसकारण यो अवस्था के छ हामीले थाहा पाइहाल्यौं । कसमेकम राष्ट्रिय प्रश्नमा एकजुट भएर जाऔं, अरु कुराहरुमा एकजुट भएर जाऔं । एउटा सकारात्मक लोकतान्त्रिक बाटोतर्फ राष्ट्रिय राजनीतिलाई लैजाऔं । एमालेको त्यसमा सधैँ सहमति छ । आधारभूत प्रश्नमा नेपाली काँग्रेससँग मिल्न नसकिने होइन । लोकतन्त्रको रक्षा गर्ने, सुदृढीकरण गर्ने सँगै मिलेर पनि लोकतन्त्र ल्याइयो । काँग्रेस कस्तो गर्छ भने संघर्षको मैदानमा कति छ, के छ, तर पछि त्यसको प्रतिफल आइसकेपछि अरुलाई त्यसको अलिकति चुडेर जसको छेउ पनि दिन चाहँदैन । २००७ सालको आन्दोलनको म अहिले व्याख्या गर्न चाहन्नँ । तर काँग्रेसले यस्तो जिम्मा लिएको छ, अलिकति टुक्रा चिमोटेर अरुलाई जिम्मा लगाउन चाहँदैन । म काँग्रेसको इतिहासका बारेमा धेरै जान चाहन्नँ । पछि पार्टीमा चन्द्रजीलाई धेरै गाह्रो पर्छ । त्यस्तो भनेको सुनेर बसीरहिस्, किन उठेर नहिँडेको भनेर पार्टीले सोध्न सक्छ । सपथ ग्रहणमा भनेको जस्तै  (छातीमा हात राख्दै) यस्तो छोएर जसरी भनिन्छ– म साँचो बोल्छु, सत्य बोल्छु, सत्य बाहेक केही पनि बोल्दिनँ । (कसैले गीता छोएर भन्ने कुरा उठाएपछि) होइन किन गीता छुनु प¥यो र ? एउटा मात्रै धर्मशास्त्र किन छुनु ? कसैले बाइबल छुन्छन्, कसैले गीता छुन्छन्, कसैले अरु छुन्छन् । 

म नेपाली जनतालाई मनमा राखेर, नेपाली जनतालाई शिरमा राखेर भन्न चाहन्छु, तर अहिले म इतिहासको विवेचनातिर जान चाहन्नँ । मैले भनेँ, विगतमा जे भए, अब लोकतान्त्रिक मूल्यमान्यता अनुसार चलौं । राष्ट्रिय हितलाई सर्वोपरी राखेर, देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय हितहरुलाई सर्वोपरी राखेर असंलग्न, तटस्थ परराष्ट्र नीति अन्तर्गत अगाडि बढौं । यस कुरामा यदुनाथ खनाल, उहाँ एक ढंगले भन्ने हो भने नेपालको परराष्ट्र नीतिका फाउण्डर जस्ता हुनुहुन्थ्यो । त्यसपछि टंकप्रसाद आचार्यले जुन कुराहरु स्थापित गर्न खोज्नु भयो, ती कुरा र पछिल्लो समयमा हामीले जुन कुराहरु स्पष्ट ढंगले स्थापित गर्न खोजेका छौं, ती कुराहरु असाधारण महत्वका छन् । यी कुराहरुलाई लिएर अगाडि बढौं । अरु कुराहरु केही चाहिँदैन, हामीले गरेका कामहरु छोड्दिऔं । एकछिनका कुराहरु छोड्दिऔं । असंलग्न आन्दोलनमा हामीले गरेका कुरा, संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्न आन्दोलनका नीति, पञ्चशीलका सिद्धान्त, तटस्थता र स्वतन्त्रताका नीति, असंलग्नताका नीति, कतैतिर नझुक्ने, नझुक्किने नीतिका साथ अगाडि बढौं । राष्ट्रिय हितलाई सर्वोपरी राखेर बढौं । हाम्रा आवश्यकता र प्राथमिकतामा वैदेशिक अनुदान, सहायता वा ऋण आफ्ना आवश्यकता प्राथमिकतामा मात्रै लिऔं । छिमेक सम्बन्धमा एक अर्कातिर ढल्किने गल्ती नगरौं । त्यसले हामीलाई अप्ठ्यारोमा पार्छ । त्यो गल्ती गर्नु हुँदैन । 

त्यसकारण म आग्रह गर्न चाहन्छु, राष्ट्रिय राजनीतिलाई अझै पनि सकारात्मक दिशामा फर्काऔं । आजको यस भेलाले पनि हामीलाई यस कुरामा प्रेरित गरोस् । म फेरि एकपटक सबै वक्ता साथीहरुलाई साह्रै राम्रा विचार राख्नु भएकोमा धन्यवाद भन्दै, कार्यपत्र प्रस्तुतकर्ता र टिप्पणीकर्ता महानुभावहरुलाई पनि धन्यवाद दिन चाहन्छु । मलाई पनि यहाँ आमन्त्रण गरेर केही कुराहरु राख्ने अवसर दिनुभयो, यसका निम्ति आयोजक संस्थालाई धेरैधेरै धन्यवाद दिंदै आफ्नो भनाई टुङ्ग्याउँछु । 

(३२ असार, २०७९ मा नेपाल चीन हिमालय मैत्री समाजले आयोजना गरेको नेपालको भूराजनीतिक अवस्था ः चुनौती र अबको बाटो विषायक विचार गोष्ठीमा व्यक्त गर्नुभएको विचारको पूर्णपाठः)


सम्बन्धित