NP EN

फिनल्याण्डका राष्ट्रपति र सामोआका प्रधानमन्त्रीसँग भेटवार्ता

९ असोज (२०८१), न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ ।
उहाँहरूबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच पनि आजै भेटवार्ता भएको छ ।
उहाँहरूबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । 
दुबै भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।
यस्तै, प्रधानमन्त्री ओलीसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआडी)का प्रमुख सामन्थ पावरले मङ्गलबार भेटवार्ता गर्नुभएको थियो ।


सम्बन्धित