NP EN

प्रधाानमन्त्रीद्वारा शिक्षकहरूलाई शिक्षण र समाज जागरणमा लाग्न आग्रह

१ भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गर्नुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औं राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीले शिक्षकहरूले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूूर्ण योगदान गरेकाले उनीहरूका कुनै समस्या भए आपसी सम्वादबाट समाधान गर्नुपर्नेमा जोड दिनुुभयो । 
यसअघिको सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै उहाँले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गर्नुभयो । 
उहाँले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी सम्वादबाट समयानुकूूल सुधारका लागि सरकार तत्पर रहेको जनाउनुुभयो । 
‘राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए’, प्रधानमन्त्री ओलीले भन्नुुभयो–वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुता राख्नुपर्ने कारण देख्दैन । शिक्षकहरूले आफ्नो कर्म र दायित्वलाई इमान्दाररूपमा निर्वाह गरिदिए पुुग्छ । कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरू समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ । शिक्षक हुनुु भनेको जागिरे हुनुु होइन, एक प्रकारको जागरण हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न शिक्षक सङ्गठनबाट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गर्नेहरूलाई खादा लगाई प्रवेश गराउनुुभयो भने रिमोटका माध्यमबाट सो सङ्गठनको ललितपुरस्थित नयाँ भवनको उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित