NP EN

प्रधानमन्त्री र फुटबल खेलाडी कार्लोसबीच भेटघाट

१० वैशाख (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो । विश्वविजेता कार्लोस नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आउनुभएको हो ।
प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उहाँको नेपाल आगमनले यहाँका खेलाडी र युवालाई उत्साह मिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुबै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई माउन्टेन फ्लाइट र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गर्नुभयो । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताउनुभयो ।

सम्बन्धित