NP EN

प्रधानमन्त्रीसँग युएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

१० वैशाख(२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएइ)का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको थियो ।
उपप्रधानमन्त्री नाह्यानले युएइका व्यवसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताउनुभयो ।
नेपालको दुई दिने भ्रमणका लागि मङ्गलबार काठमाडौं आउनुभएका उहाँले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको अवगत गराउनुभयो ।
प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएइले गरेको तीब्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गर्नुभयो ।

सम्बन्धित