NP EN

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

२७ साउन(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग  नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटका अवसरमा दुईपक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । 
भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा   
प्रधानमन्त्री ओलीले विदेश सचिव मिस्रीमार्फत भारतका प्रधानमन्त्री  नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।
भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित