NP EN

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

५ भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुुईपक्षीय हितका विविध विषयमा  सहयोग आदानप्रदानबारे छलफल भएको थियो । 
प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको थियो । राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।

सम्बन्धित