NP EN

प्रधानमन्त्रीसँग जर्मनीका राजदूतद्वारा शिष्टाचार भेट

३२ साउन(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस पिन्जले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुुई देशबीच विगत ६६ वर्षदेखि हुुँदै आएको कूटनैतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको छ । 
जर्मनी नेपालको एक ठुलो र पुरानो विकास र व्यापारको साझेदार मुलुुक हो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार व्यक्त गर्नुभयो । 
भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित