NP EN

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका राजदूतद्वारा बिदाइ भेट

दुईपक्षीय हितका विविध विषयमा  सहयोग आदानप्रदानबारे छलफल

९ भदौ (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आज बिदाइ भेट गर्नुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा राजदूत भोल्कले आफ्नो कार्यकालमा दुई देशका बीचमा भएका महत्वपूर्ण कामबारे जानकारी गराउनुभएको थियो । उहाँ कार्यकाल पूरा गरी सोमबार स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले राजदूत भोल्कलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा आभार व्यक्त गर्नुभयो । सो अवसरमा दुईपक्षीय हितका विविध विषयमा  सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको सहभागिता थियो ।

सम्बन्धित