NP EN

प्रधानमन्त्रीबाट ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता

६ असोज (२०८१), न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गर्नुभएको छ । 
महासभाको उक्त समिटको उद्घाटनसत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयस्थित ट्रष्टी काउन्सिलमा आयोजित छलफल सत्रको अध्यक्षता गर्नुभएको हो । यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।
यसैगरी, प्रधानमन्त्री  ओलीले स्थानीय समय अनुसार  शनिबार दिउँसो फोसिल फ्युलमुक्त संसदीय सञ्जालको कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । 

सम्बन्धित