NP EN

प्रधानमन्त्रीबाट शुभकामना

२५ भदौ (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २८ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४ औं निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनका उम्मेदवार समूलाई शुभकामना दिनुभएको छ ।
इ. प्रा. डा. विष्णुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा सङ्क्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो– यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईंहरूले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौंला ।

सम्बन्धित