९ साउन (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद्)को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गर्नुभएको थियो ।