४ फागुन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री ओलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली प्रथम महिला राधिका शाक्यसहित अस्पताल पुग्नुभएको हो ।
उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराउनुभएको थियोे ।
उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य पोखरामा शनिबार एक कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको सघन उपचार कक्षमा शनिबार भर्ना हुनुभएको थियोे । यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई सोही अस्पतालमा उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।