NP EN

पार्टीेको केन्द्रीय कार्यालय भवन शिलान्यास

२५ असोज ( २०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष, प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित पार्टीको केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्नुभयो ।  
पार्टीको नयाँ बन्ने कार्यालय भवन अत्याधुनिक हुने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो । उहाँले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे बताउनुभयो । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा नयाँ भवन बन्न लागेको हो । कार्यालय भवन निर्माणको जिम्मेवारी पनि व्यवसायी गुरुङले लिनुभएको छ । उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर अर्कोबर्ष घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले बताउनुभयो । 

सम्बन्धित