NP EN

नियमसङ्गत चलाएमा सहकारीहरू डुब्दैनन्, कसैलाई डुबाउँदैनन्ः प्रधानमन्त्री


२९ भदौ (२०८१),  काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसार नियमसङ्गत चलाएमा सहकारी संस्थाहरू नडुब्ने र त्यस्ता सरकारीले कसैलाई नडुबाउने बताउनुभएको छ ।
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको शनिबार (भदौ २९ गते) सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरूको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताउनुभयो ।
अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरूले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार अनियमितता, बेथिति, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो– विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो । स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरूमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरू छन् ।
संसदीय समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस् । । समितिले सरकारलाई निर्देश गरोस् । त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।

सम्बन्धित