NP EN

ती तीन मृत्यु, जसले मलाई छोएर गए

आज म ७१ पूरा भएर ७२ वर्ष लाग्दै छु मैले आजसम्म बाँचिसकेका दिनहरूभन्दा अब बाँच्ने दिन थोरै छन् उसै पनि  धेरै पटक ‘मरें–मरें’ भनेर बाँचेको मान्छे हुँ हुन  सबैको जीवनमा मृत्यु सँगसँगै हिँडिरहेको हुन्छअझ भनौं त्यो जीवनको निकै नजिक भएर हिँडिरहेको हुन्छ


जीवनलाई टिपूँटिपूँलिऊँलिऊँ र खोसूँखोसूँझैं गर्दै हिँडिरहेको हुन्छ फूलबारीमा घुमिरहेको एउटा व्यक्तिलाई फूल टिपूँटिपूँ लागेझैं मृत्युलाई पनि जीवन टिपूँटिपूँ लागिरहेको हुन्छ

म मृत्युको बारेमा खासै धेरै सोच्दिनँ किनकिमर्नलाई कुनै योजना बनाउनुपर्दैन मर्नु भनेको अन्धकारले छोप्नुजस्तै हो मर्नु अज्ञानताजस्तै होअज्ञानी हुन कुनै मिहिनेत गर्नुपर्दैन ज्ञानी हुनलाई पो मिहिनेत गर्नुपर्छ


मृत्युले कहिले नजिकैबाट झम्टिएको भान दिन्छतर त्यसले जितिसकेको हुँदैन कहिलेकाहीँ केही पनि गरेजस्तो गर्दैनतर झम्टिरहेको हुन्छ मेरो जिन्दगीमा धेरै पटक यस्तो घटना भएको  कैयौं पटक मृत्यु मेरो नजिकैबाट गुज्रिएको  त्यसले मलाई धेरै पटक जबर्जस्ती घिच्याएर आफूसँगै लैजान पनि खोजेको छ


डरपोकहरू मृत्युको कुरा गर्न सक्दैनन् त्यस्ता मानिसहरू मृत्युले समाउन खोजेका बेला उम्कन पनि सक्दैनन् मलाई लाग्छमृत्युलाई बुझेर नै मानिस बढी बाँच्न सक्छ मृत्युसँग डराएन भने त्यसले झम्टिहाल्न सक्दैन मैले जीवनमा एक दर्जनभन्दा बढी पटक मृत्युलाई नजिकैबाट नियालेको छुसाक्षात्कार गरेको छु तीमध्ये तीन वटा घटना आज  सम्झन चाहन्छु


हेलिकोप्टर दुर्घटना

२०५२ साउन २९ गते हामी चढेको हेलिकोप्टर  हजार फिट माथिबाट एक्कासि तल खस्न थाल्यो हेलिकोप्टर तल झर्न थालेपछि अब बाँचिँदैन भन्ने लागेको थियो त्यो तल झरुन्जेल छोटो समयका लागि भयानक पीडा भयो यस्तो लाग्थ्योमृत्यु आँखैअगाडि उभिएको छ हेलिकोप्टर जति जमिन नजिक जान्थ्योमृत्यु त्यति नै नजिक आइरहेको भान हुन्थ्यो उडिरहेको हेलिकोप्टर भुइँमा बजारिन ११ सेकेन्डजति लागेको थियो


भुइँमा बजारिएपछि हेलिकोप्टर कोल्टो परेको थियो ढोका माथितिर अर्थात् आकाशतिर फर्किएको थियो आफूलाई जिउँदो पाउँदा एक पटक हातखुट्टा चलाउन मन लाग्योसद्दे छन्/छैनन् भनेर जाँच्न तिनलाई सद्दे पाउँदा आश्चर्य लाग्यो भुइँमा बजारिएको हेलिकोप्टरभित्र धेरैबेर बस्दा आगो लाग्छपड्कन सक्छ भन्ने डर थियो घाइते अवस्थामा बाहिर निस्कन सजिलो पनि थिएन तर हामी जसोतसो हेलिकोप्टरबाट बाहिर निस्कियौं


बाहिर निस्किएर हेरेपछि ढुक्क भयो– वरिपरि मृत्यु थिएन त्यसले हामीलाई केही घाउचोट भने दिएको थियो थप्पड हानेको थियोकसै–कसैको करङ भाँचिदिएको थियो कसैको हात र्काइदिएको थियो तर मृत्यु भने हामीलाई आक्रमण गरेपछि आफैं टाढाटाढा भागेको थियो मृत्युको त्यो आकस्मिक झम्टाई वास्तवमै खतरनाक थियो बाघले बरु त्यसरी झम्टिँदैन होलामृत्युले त्यसरी झम्टेको थियो हामीलाई त्यसबखत


एपेन्डिसाइटिस अपरेसन

२०७६ मंसिर महिनाको एक दिन मलाई अचानक पेट दुख्यो खप्नै गाह्रो भएपछि मलाई अस्पताल पुर्‍याइयो एपेन्डिसाइटिस भएको रहेछ मेरो आन्द्रामा इन्फेक्सनसमेत भएको देखियो त्यसले गर्दा आन्द्रा सुन्निएको थियो पीप निस्केर आन्द्रातिर फैलिएको थियो आन्द्रामा इन्फेक्सन भएपछि त्यसले झन् छिटो पीप निकालेको र पेटभरि फैलिएको पत्ता लाग्यो तर पीप रक्तनलीमा प्रवेश गर्न पाएनछ डाक्टरहरूले हतारहतार मेरो अपरेसन गर्नुभयो शल्यक्रियापछि मेरो ब्लडप्रेसर स्वाट्टै घटेछ यसरी घटेछ कि मलाई बचाउनै सकिँदैन कि भन्ने आशंकामा डाक्टरहरू पुग्नुभएछ प्रेसर बढाउने तेस्रो डोज औषधि दिँदा पनि बढेनछ स्थितिमा कुनै सुधार आएनछ डाक्टरहरूले  माया नै मार्नुभएछ


मलाई अब्जर्भेसनमा राखिएको थियो  नबाँच्नेजस्तो भएपछि अपरेसन गर्दा चिरिएको घाउ नसिलाईकन त्यत्तिकै छोड्ने कि भन्ने पनि कुरा भएछ तर अपरेसन पूर्ण गर्नुपर्छ भनेर घाउ सिलाइएछ केही समय अब्जर्भेसनमा राखेपछि  बौरिएँ अर्थात् बाँच्ने अवस्थामा पुगें


होस खुल्दा भेन्टिलेटरमा थिएँ डाक्टरले मतिर हेरिराखेको देखें मेरो मुखमा केही राखिएको