NP EN

गौरा पर्व नेपालको मौलिक पर्वः  प्रधानमन्त्री

१० भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएको छ ।
सैनिकमञ्चमा आज आयोजित गौरा पर्व कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको  मेलमिलाप र शान्तिपूर्ण भए पनि  कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताउनुभयो । 
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्विमबाट शुरू भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गर्नुभयो ।

सम्बन्धित