NP EN

पर्टीको लोकप्रियतामा महिलाको योगदान रहेको अध्यक्ष ओलीको विश्लेषण

About


काठमाडौैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महिलाहरुको महत्वपूर्ण योगदानका कारण पार्टीेले पहिलो लोकप्रियता कायम गर्न सकेको वताउनु भएको छ । अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले चक्रव्यूह सिर्जना गरी नेकपा (एमाले)लाई समाप्त पार्न खोज्दा पनि पार्टी जोगाएकोमा अनेमसंघ र महिला कार्यकर्ताहरुलाई धन्यवाद दिनु भयो  । 


उहाँले नेकपा (एमाले)ले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य निर्धारण गरेको वताउँदै पार्टी विरुद्धका भ्रम चिर्ने काममा अनेमसंघ लाग्नुपर्ने वताउनुभयो । ‘जसरी नेकपा (एमाले) लाई बचाउन र बलियो बनाउन यसका अगाडि महिला दिदीबहिनीहरु हुनुहुन्छ, त्यसैगरी तपाईहरूका पछाडि पनि पहराजस्तो भएर एमाले उभिएको छ’ अध्यक्ष ओलीले भन्नु भयो, ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य निर्धारण गरेका छौं, त्यस गन्तव्यमा पुग्न पार्टी विरुद्ध फैलाइएका भ्रम चिर्न तपाईंहरु सक्षम हुनु पर्छ ।’ 


यसअघि अध्यक्ष ओलीले संघको सातौं राष्ट्रिय सम्मेलनको भव्य समारोहबीच उद्घाटन गर्नु भएको थियो । अध्यक्ष ओलीले विचार, संगठन, आन्दोलन, योगदान, वर्तमान र सुदूर भविष्यका हिसावले अनेमसंघलाई श्रेष्ठ संगठनका रुपमा निर्माण गर्ने सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । 
अनेमसंघका अध्यक्ष देशको पहिलो महिला राष्ट्रपति हुनुभएको र उहाँको सातबर्षको सफल कार्यकालको स्मरण गर्दै ओलीले संगठनको ऐतिहासिक विरासतप्रति गौरव गर्नु पर्ने वताउनु भयो । उहाँले सम्मेलन आत्मसमीक्षा गर्ने दिन पनि भएको र त्यसका आधारमा भविष्यका निम्ति तयारी गर्ने अवसर भएको वताउनु भयो ।  

सम्बन्धित