NP EN

हामी सबै एक भएपछि नै नेपाल हुन्छ, नेपाली हुन्छन्

About

यस कार्यव्रmमका सभापति महोदय, हजी साथीहरू, खुशी मनाउन उपस्थित भएका दाजुभाइ दिदीबहिनीहरू, 

आज हामीले तपाईंहरूको सफल हजको सन्दर्भमा यहाँहरूलाई बधाइ ज्ञापन गरेका छौँ, शुभकामना भनेका छौँ । म यहाँहरू सबैलाई नेपाल सरकारकै तर्फबाट र सिङ्गै नेपाली जनताको तर्फबाट धेरैधेरै बधाइ र शुभकामना भन्न चाहन्छु । 

जीवनका महत्वपूृर्ण उपलब्धिहरू, सफलताहरूमध्ये हज यात्रा एउटा महत्वपूर्ण कार्य, महान कार्य र पवित्र कार्य मानिन्छ । यसमा यहाँहरूले सफलता प्राप्त गर्नुभएको छ । म यहाँहरूलाई बधाइ भन्न चाहन्छु । यहाँहरूको जीवन आगामी दिन सुखमय रहन सकोस्, शुभकामना व्यक्त गर्न चाहन्छु । यस काममा सहयोग पुरयाउने काश्मीर मस्जिद तकियाका प्रमुख, इत्तिहाद एयरलाइन्सका प्रतिनिधिज्यू, सबै धन्यवादका पात्र हुनुहुन्छ । 

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो । सबै जातिका जनता, सबै भाषा बोल्ने जनता, विविध प्रकारका संस्कृति र धार्मिक विविधताले युक्त, विविध भौगोलिक विशेषता भएको यस देशमा– हिमाल, पहाड, तराई सबैतिर बस्ने जनता अधिकारसम्पन्न हुनुपर्छ, सबैले अवसर प्राप्त गर्नुपर्छ । सबैको सुरक्षा र सम्मान हुनुपर्दछ । सबैले उन्नतिको अवसर पाउनुपर्छ । बहस, विवादहरू हुनसक्दछन्, छलफलहरू हुन सक्दछन्, विचारका भिन्नताहरू हुन सक्दछन् । विचारका भिन्नताहरू चल्दै गर्छन् र अधिकारको भिन्नता, अवसरको भिन्नता, भिन्नभिन्नका लागि सुरक्षाको भिन्नता वा बेग्लैबेग्लै प्रकारको सम्मानको स्थिति हुनसक्दैन । सबैलाई समान अधिकार हुन्छ, सबैलाई समान अवसर हुन्छ, सबैलाई उत्तिकै सुरक्षा हुन्छ र सबैको उत्तिकै अवसर हुन्छ, चाहे जुनसुकै भूगोलमा बस्ने जनता होस्, जुनसुकै जातका हुन्, जुनसुकै धर्म मान्ने हुन्, जुनसुकै भाषा बोल्ने हुन्, जुुनसुकै पेसा व्यवसाय गर्ने हुन् । जुनसुकै पेसा व्यवसाय गर्नेको पनि सम्मान उत्तिकै हुनुपर्छ । सबै जनता बराबरी हकको हकदार छ । 

मुस्लिम समुदाय नेपालका अनेक समुदायहरूमध्येको एक समुदाय हो जो बराबरीको हक राख्दछ । यो देश मुस्लिमहरूको पनि देश हो, हिन्दूहरूको पनि हो, क्रिस्चियनहरूको पनि हो । अरू पनि सबैको हो । धार्मिक आस्था ती व्यक्तिहरूको विषय हो, तर यो देश सबैको साझा हो । यो देश हिमाली भेगमा बस्ने, पहाडी भेगमा बस्ने, तराईमा बस्ने सबैको साझा हो । आफ्ना–आफ्ना विश्वास, आफ्ना–आफ्ना सांस्कृतिक परम्परा, आफ्ना–आफ्ना रीतिरिवाज, आफ्ना–आफ्ना विश्वासहरू, आफ्ना–आफ्ना प्रचलित मूल्य–मान्यता र परम्पराहरू जुन समाजका लागि हानिकारक छैनन्, समाजको एकताका लागि हानिकारक छैनन्, जो अरूका हकअधिकारलाई उल्लङ्घन गर्दैनन्, जसले अरूप्रति पनि सम्मान गर्छ, सिङ्गै समाजलाई सम्मान गर्नुपर्छ । एउटा समुदायको हकको नाममा अर्को समुदायको हक खोसिनुहुँदैन । एउटा समुदायको सम्मानका नाममा अर्को समुदायको सम्मान तलमाथि पारिनु हुँदैन । 

यो देश हरेक समुदायको साझा हो, उत्तिकै हकका हकदार हामी जनता हौँ । मैले धेरै भनिरहनुपर्छ जस्तो लाग्दैन, जबसम्म यस देशका विभिन्न जाति, भाषा, धर्म, संस्कृतिका जनता सुखी हुँदैनन्, सम्पन्न हुँदैनन्, तबसम्म नेपाल सुखी हुँदैन, सम्पन्न हुँदैन । नेपाल सुखी हुनु भनेको सबै जनता सुखी हुनु हो । नेपालमा बेरोजगारी हट्यो भन्नका लागि सबै पेसा–व्यवसायका जनता, सबै भाषा, जाति, धर्म, संस्कृतिका जनता र सबै ठाउँमा बस्ने जनता रोजगार हुनुपरयो, अनि बेरोजगारी समाप्त हुनुप¥योे । सबै जनता सम्पन्न हुनुपरयो, तब नेपाल सम्पन्न भएको मानिने छ ।  

एउटा फेसन छ, मान्छेहरूले कुरा उछालिहाल्छन् । एउटा मुस्लिम प्रतिनिधिमण्डल मसँग आएको थियो । एकजना मुस्लिम महिला साथी मेरो व्यक्तिगत तवरमा पनि राम्रो सम्बन्ध रहेको छ, श्रीमान्सहित आउनुभएकोमा मैले खुसी व्यक्त गरेको थिएँ । भरे त एसएमएस देखियो, सातवटा श्रीमान् हुनुपर्ने, कसरी एउटामात्र श्रीमान् भयो भनेर बोल्यो भन्ने । म आफैँ छक्क परेँ । महिलाहरूप्रति मेरो मनमा सदैव सम्मान छ । म अत्यन्त सम्मान गर्छु । महिलाहरूप्रतिको अपमान म आफ्नै आमाप्रतिको अपमान ठान्छु । महिलाको छोरो हुँ म । मेरी हजुरआमा महिला हुनुहुन्थ्यो, मलाई असाध्यै माया गर्ने दिदीबहिनीहरू महिला हुन् । अत्यन्त सम्मान गर्छुु । अनि मैले त्यस्तो कुरा बोलेँ भनेर म आफैँ आश्चर्यचकित भएँ । मैले सुनेँ, पार्लियामेन्टमा पनि एक–दुईजना साथीहरूले कागले कान लग्यो भनेपछि कान छाम्नु भएन, कागको पछि कुद्नुभो भनेर पनि हामीले सुन्यौँ । 

समाजमा महिला र पुरुषको समान उत्थान नभईकन समाजको पनि उत्थान हुँदैन । महिला र पुरुषको उत्तिकै विकास हुनुपर्दछ । समाजका विभिन्न उन्नति प्रगतिमा नेकपा (एमाले) निक्कै अगाडि छ । अहिले पनि नेकपा (एमाले) का तीनजना महिला सभासद्हरू हाम्रो अगाडि बस्नुभएको छ । मुस्लिम समुदायलाई अलिकति कसोकसो लागेको होला, चित्त नबुझेको होला । केपी ओलीजस्तो मुस्लिमहरूको मित्र, मुस्लिमलाई अत्यन्त मनपराउने, माया गर्ने मान्छे प्रधानमन्त्री भएको बेला मुस्लिम किन परेन भनेर । अलि चित्त नबुझेको होला । थुप्रै छौँ हामी नेपालमा, धेरै भाषा, जाति, धर्म, संस्कृति छन् । कहिले कहिले अलिकति मिल्दो रहेनछ । पहिला मिलाउन खोजिएको हो । हल्ला नहुने भएदेखि, मान्छे नकराउने भएदेखि आजै थपिदिन्थेँ होला । अलिकति पर्खनुपर्छ, पालो आउँछ । म कतिमात्र भन्छु भने मुस्लिम समुदायप्रति, कुनै धार्मिक समुदायप्रति, कुनै जातिप्रति, कुनै भाषाप्रति, कुनै प्रकारको किञ्चित वैरभावले मेरो मनमा प्रवेश पाउँदैन । त्यहाँ ढोका खुल्ला छैन, खुल्ला हुँदैन, वैरभावका लागि । साम्प्रदायिक विद्वेष, कलह, झगडामा म विश्वास गर्दिनँ । सामाजिक सद्भावमा विश्वास गर्छु, एकतामा विश्वास गर्छु । म बाल्यावस्थादेखि नै मुस्लिम साथीहरूसँग खेलेर हुर्केको हुँ । भूमिगत हुँदाखेरि पनि म मुस्लिम साथीहरूसँग बसेको छु । जेलमा बस्दा पनि मुस्लिम साथीहरूसँग बसेको छु । अहिले कामको दौरानमा र संसदमा पनि मुस्लिम दाजुभाइ दिदीबहिनीहरूसँगसँगै छौँ । त्यसकारण मेरो त जिन्दगीभरि सधैँ मुस्लिम साथीहरूसँग अत्यन्त आत्मीयता छ । मैले मुस्लिमका समस्याहरू बुझेको छु, हिजोआजका समस्याहरू बुझेको छु, मस्जिदका कुराहरू बुझेको छु, मदरसाका समस्याहरू बुझेको छु । म आफू गृहमन्त्री हुँदा २०५१ सालमा मदरसा बोर्ड गठन गरेर त्यससम्बन्धमा अध्ययन गराएको थिएँ । म यहाँहरूलाई भन्न चाहन्छु – अहिले पनि नेपालका सबै जाति, भाषा, धर्म,संस्कृतिका जनतामा कुनै भेदभाव हुन नदिईकन पछाडि परेको समुदायलाई अगाडि बढाउने सन्दर्भमा काम गरेको छु । 

पहिलेको संविधानमा मुस्लिम समुदायलाई मधेसीभित्र राख्ने र केही हिन्दूवादी ब्राह्मणहरूले त्यसको लाभ लिने चलन थियो । अहिलेको संविधानमा मुस्लिम समुदायलाई बेग्लै अल्पसङ्ख्यक समुदायको रूपमा व्यवस्था गरिएको छ । हामी सबै जातका जनतालाई, सबै भाषाभाषी जनतालाई उचित प्रतिनिधित्व, समानुपातिक प्रतिनिधित्वको कुरा गर्छौ भने वास्तविक समानता, समावेशिता, समानुपातिक प्रतिनिधित्व वास्तविक अर्थमा हुनुपर्छ । नाम एउटाको, फाइदा अर्कोको हुनुहुँदैन । यसो भन्दा कसैलाई चित्त दुख्नुपर्ने कुनै कारण म देख्दिनँ । 

मुस्लिम समुदाय भावनामा बग्न हुँदैन भन्ने मलाई लाग्छ । मैले बुझेअनुसार दान आफ्नो सम्पत्तिबाट गरिनुपर्छ । सबै दानको महत्व यही हो । तपाईंहरूको कुरामा मैले प्रतिवाद गरेको हैन । हज, हाजीहरूले आफ्नो सम्पत्ति, आफ्नो खर्च गर्नुपर्छ, त्यसबाट पुण्य हुन्छ । सरकारका तर्फबाट के गर्नुपर्छ म तयार छु । के गर्नुपर्छ, कसो गर्नुपर्छ म तयार छु तर मैले ठानेको, मैले बुझेको आफ्नो खर्चमा गरेको हज साँच्चै हज हुन्छ । अरूको खर्चमा हुँदाखेरि पुण्य यता जाने कि उता जाने ? अल्लाहलाई पनि गाह्रो पर्छ । खर्च हालिदिनेलाई पुण्य दिने कि त्यहाँ पुरयाउन जानेलाई पुण्य दिने ? मेरो सोझो हिसाब हो । यसको अर्थ तपाईंहरूले खर्च गर्नुभयो भनेर सरकारले कञ्जुस्याइँ गर्न खोजेको होइन । सरकारको तर्फबाट के गर्नुपर्छ म तयार छु, गर्छु । 

मुस्लिम समुदायको समस्या, मुस्लिम समुदायको मात्र समस्या होइन नेपालको समस्या हो, नेपालीको समस्या हो, नेपालीहरूको एउटा समुदायको समस्या हो । नेपाली भनेको त यता बस्ने नेपाली, त्यता बस्ने अनेपाली होइन । यो पनि, त्यो पनि सबै भएपछि बल्ल नेपाल हुन्छ, नेपाली हुन्छ । हामी सबै भएपछि नै नेपाल हुन्छ, नेपाली हुन्छ । हामी सबैका समस्या समष्टिमा नेपालीे समस्या हो, सबैका समस्याको समाधान नेपालका समस्याको समाधान हो । सबैको उद्धार नेपालको उद्धार हो । 

हजमा जाने पाँच जनाको निधन भएको छ । धार्मिक हिसाबले भन्ने चलन छ, – खुदाका प्यारा हो गए ।  खुदाका प्यारा भए पनि छँदाखाँदाका मान्छे दुर्घटनामा बित्नु साह्रै दुःखको कुरा हो । इस्लामभित्र, मुस्लिम रीतिरिवाजमा यस्तो बेलामा दुःख व्यक्त गर्नु हुन्छ कि हुँदैन, थाहा छैन । वास्तवमा दुःखको कुरा हो । म दुखका साथ श्रद्धाञ्जलि व्यक्त गर्दछु । उहाँहरूको परिवार दुःखित छ । परिवारलाई राहत पुरयाउन जरुरी छ । केही राहत पुगेको छ भन्ने मैले सुनेको छु । म कुरा बुझेर के कसो थप गर्न सकिन्छ, या जरुरी छ, त्यस सम्बन्धमा जानकारी लिनेछु । सम्बन्धित पदाधिकारीहरूसँग सल्लाह गरेर निर्णय दिने काम गरौँला । 

अन्तमा, तपाईंहरू जीवनको एउटा ज्यादै खुसीको काम सम्पन्न गरेर फर्कनुभएको छ । फर्किएका हजी सबै साथीहरूलाई म बधाइ, शुभकामना भन्न चाहन्छु । तपाईंहरूलाई सरकारका तर्फबाट धेरैधेरै स्वागत छ, धेरैधेरै बधाइ छ, धेरैधेरै शुभकामना छ । मलाई यहाँ आमन्त्रण गर्नुभयो, खुसी लागेको छ । म सबैलाई, आयोजक संस्थालाई धन्यवाद भन्न चाहन्छु । 

(हजबाट फर्किएका मुस्लिमहरूको समारोहलाई सम्बोधन)

सम्बन्धित